![महालक्ष्मी विकास बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/unnamed-2021-08-03T184457.011-1024x698.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन आग्ह गरेको छ । बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश केहि शेयरधनीले हालसम्म नलिएका शेयरधनीलाई बैंकले बुझिलिन आग्ह गरेको हो ।
कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखी लिन भनेको छ ।
उक्त लाभांश समयमानै बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत बैंकले सुचनामा उल्लेख गरेको छ ।