जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बीमा समितिको यस वर्षको कार्यक्रम: एनएफआरएस लागु गर्नेदेखि बीमा कलेज खोल्नेसम्म

बीमा समितिको यस वर्षको कार्यक्रम: एनएफआरएस लागु गर्नेदेखि बीमा कलेज खोल्नेसम्म

बीमा समितिले चालु आर्थिक वर्षमा विभिन्न ४ वटा कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । समितिले सोमबार चालु आर्थिक वर्षका लागि कार्यक्रम सार्वजनिक गरेको हो।

समितिले  चालू आर्थिक वर्षमा बीमा नियमावली, नीति तथा रणनीतिक योजना, बीमा सम्बन्धी कार्यविधि तथा ढाँचा र बीमा मार्गदर्शन एवम् निर्देशिक तयार गर्ने तथा परिमार्जन गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यस्तै NFRS 17 लागू गर्ने र Risk Based Capital and Risk Based Solvency Directives सम्बन्धी कार्य गरिने उल्लेख गरेको छ ।

त्यस्तै चालू आर्थिक वर्षमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, बीमा कम्पनी र आर्थिक पत्रकारहरूसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने उल्लेख गरेको छ ।

राष्ट्रिय सूचना आयोग, वित्तीय क्षेत्रका नियामक निकायहरू, बीमकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतहरू, कानून व्यवसायी, बीमित, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स लगायत सरोकारवालाहरूसँग समेत छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बीमा समितिले जनाएको छ । समितिका अनुसार चालू आर्थिक वर्षमा बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि देशभर नै बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू संचालन गरिने छन्।

बीमा सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा माध्यमिक विद्यालय र CTEVT का पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र बीमा सम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाउने लगायतका कार्य चालू आर्थिक वर्षमा गरिने समितिले जनाएको छ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका