जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल सेट बरामद, दुई पक्राउ, ग्रे मार्केट फेरि सक्रिय !

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल सेट बरामद, दुई पक्राउ, ग्रे मार्केट फेरि सक्रिय !

अवैध मोबाइल सेटको कारोबार निरुत्साहित गर्न प्रविधि भित्र्याएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाइरहँदा तस्करी भने नरोकिएको खुलेको छ। भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेपछि यसको खुलासा भएको हो।

पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब ७८ लाख रुपैयाँ पर्ने जानकारीमा आएको गिरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरेको उनले बताए। ती मोबाइल सेटहरु प्रहरीले शुक्रबार भन्सार कार्यालय पठाउने भएको छ।

भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजना दुम्किबास प्रहरीको हिरासतमा छन्। रासस

2125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका