![एलआईसी नेपालद्धारा ५३ लाख ३० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/unnamed-12-2.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एलआईसी नेपालले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । यस कम्पनीमा बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई घरमै पुगेर मृत्यु दाबी बापत ५३ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ निवासी कृष्णहरी श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाका अभिर्कता टेक बहादुर खड्काबाट ५० लाख बीमांकको जीवन बीमा गराएका थिए । बीमा गराएको ११ महिना नपुग्दै उनको ब्रेनह्याम्रेजको कारण मृत्यु भएको थियो ।
निजको मृत्यु पछि श्रीमती सजना श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापत ५३ लाख ३० हजार रुपैयाको चेक ललितपुर शाखा मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेक बहादुर खड्काले सयुक्त रुपका मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन ।