![ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ६० प्रतिशतले घट्यो, बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ](http://aarthikbazarnews.com/wp-content/uploads/2021/05/Oriental-Insurance-company.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २६ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ६६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा भने उल्लेख बृद्धि भएको छ । कम्पनीले गत बर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन २९.७५ प्रतिशतले बढाएर ८६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि १६.८६ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
खुद दाबी भुक्तानी पनि यस वर्ष ३२ प्रतिशलते बढेको छ । कम्पनीले ४८ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको हो । यसै अवधिमा कम्पनीले ३१ हजार ५८३ वटा पोलिसी बिक्री गरेको छ । भारतीय कम्पनी ओरिएण्टलको शाखा कार्यालयको रुपमा रहेको यस कम्पनीको चुक्ता पूँजी छैन । कम्पनीको जगेडा तथा कोषमा १३ करोड ९८ लाख रुपैयाँ मात्रै छ तर बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।
दिर्घकालिन लगानीमा पनि उल्लेख बृद्धि भएको देखिन्छ । कम्पनीले एक अर्ब २८ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । मुनाफामा गिरावट सँगै कर्मचारीहरुले प्राप्त गर्ने बोनस रकममा पनि भारि गिरावटा आएको छ । कम्पनीले कर्मचारीहरुको बोनसका लागि तीन करोड ७५ लाख रुपैयाँ छुट्टाएको छ ।