![सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा कडेल नियुक्त](http://aarthikbazarnews.com/wp-content/uploads/2021/12/Sundar-prasad-kadel-521x521_1_hBzO1A9jru.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् ।
सोमबार बसेको बैंक संचालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो ।
योसँगै सीईओ कडेलले अब २०७८ मंसिर २७ गतेदेखि चार वर्ष बैंकको नेतृत्व सम्हाल्नेछन् । यसअघि उनी सोही बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (डपुटी सीईओ) रहेका थिए । गत साउन, २०७८ मा कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।
गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै उक्त पद खाली रहँदै आएको थियो । करिब चार महिनापछि बैंकले नयाँ सीईओ पाएको हो ।