जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा नयाँ आदेश जारी

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा नयाँ आदेश जारी

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् । मंगलबार मध्यरातिदेखि लागू हुने गरि नयाँ आदेश जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ आदेश जारी गर्दै मंगलबार मध्यरातिदेखि लागू हुने गरि माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको जनाएको छ । त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत प्रवेश गर्न नदिने भएको छ ।

नयाँ आदेशमा भनिएको छ, ‘जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ को परीक्षण गर्नु पर्नेछ । साथै, विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।’ 

त्यस्तै, सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ । 

त्यसैगरि, नयाँ आदेशमा संस्थाको साधारणसभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितीलाई समेत गणपुरक संख्या मान्ने भनिएको छ । नयाँ आदेशमा लेखिए भन्दा भिन्न कुनै आकस्मिक परिस्थिती सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउनु समेत भनिएको छ । 

4240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका