![पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द](http://aarthikbazarnews.com/wp-content/uploads/2019/10/Pashupatinath_Temple.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कोरोनाको नयाँ भेरियन्टको जोखिम तीव्र भएपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपात क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायक लगायतका मन्दिरमा मानिसको बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजा मात्र गर्ने गरी दर्शन बन्द गरिएको हो ।
भक्तजनका लागि मन्दिर बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ ।
यसअघि नेपालमा पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।