![फागुनदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत पुग्ने](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/All-banks-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
फागुनदेख बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको संघको बैठकले व्यक्तिगत तर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।
बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।
बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।