जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • बैंकिङ कसुरमा पक्राउ परेका ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

बैंकिङ कसुरमा पक्राउ परेका ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

दरबारमार्गस्थित ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।

अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

4475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका