जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • अभिनेत्री प्रियंका कार्की सिआइबीको सोधपुछमा, ‘क्रिप्टोकरेन्सी’ जोडिएको घटनामा अनुसन्धान

अभिनेत्री प्रियंका कार्की सिआइबीको सोधपुछमा, ‘क्रिप्टोकरेन्सी’ जोडिएको घटनामा अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानका लागि कलाकार प्रियंका कार्कीलाई बोलाएको छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्न उनलाई बोलाएको हो।

आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी छिन्।

‘अहिले सोधपुछ भइरहेको छ। के भएको हो भन्ने बुझ्दै छौँ,’ एक प्रहरी अधिकृतले भने।

सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा तानिएकी हुन्। उनी आफैँले बनाएर पोस्ट भएको हो वा अन्य मानिसले नै बनाए पोस्ट गरेको भन्ने बुझ्नको लागि उनलाई प्रहरीमा बोलाइएको हो।

यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुनेछ। कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

3710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका