![नबिल बैंकले आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने](http://aarthikbazarnews.com/wp-content/uploads/2022/06/unnamed-2022-06-08T165348.963-e1654687012341.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ ।
काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ, जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।
शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ । यो सम्झौता ५ वर्षको हुने छ ।