बीमा
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति
![सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति](http://aarthikbazarnews.com/wp-content/uploads/2022/07/Screenshot_20220713-142830_Gmail-1024x655.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । आज बिहान ९ बजे होटल मेरियटमा दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन केहि प्रतिशत हकप्रद शेयर जारी गर्नु पर्नेछ ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।
बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमलायन जनरल इन्स्योरेन्स कम्पनीले तथा प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफले मर्जरको सहमति गरेका छन । तर अहिलेसम्म जीवन तर्फ कुनै पनि बीमा कम्पनीले एकिकृत कारोबार भने गरेका छैनन्