जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिनुभएको छ । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले वर्तमान आर्थिक अवस्था सुध्रिने गरी नीति ल्याउन आग्रह गर्नुभयो। राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा छलफल गर्नुभएको हो ।

गभर्नर अधिकारीले मुलुकको आर्थिक क्षेत्रमा अहिले देखापरेका समस्या सम्बोधन हुने गरी मौद्रिक नीति तयार भइरहेको जवाफ प्रधानमन्त्री देउवालाई दिनुभएको थियो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छलफल गरेको बताउनुभयो। गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की उपस्थिति हुनुहुन्थ्यो । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएको छ ।

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?