![नेपाल बंगलादेशलाई गाभेसँगै नविलको सञ्चालक हेरफेर](http://aarthikbazarnews.com/wp-content/uploads/2022/06/NabilBangaladesh_20220617102428-1-1024x576.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल बंगलादेशलाई गाभेसँगै नविलको सञ्चालक हेरफेरबैंकिङ खबर/ नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेसँगै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक हेरफेर गरेको छ ।
नविल बैंकका उदय कृष्ण उपाध्याले राजीनामा दिनुभएको छ । उहाँले दिनुभएको राजीनामा साउन १३ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएको छ ।
उहाँको सट्टामा बैंकले आईएफआईसी बैंकको तर्फबाट ए.आर.एम नजसुस शकिबलाई नियुक्त गरेको छ । बैंकको आगामी साधारणसभासम्मको लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
बैंकको संस्थापक शेयरधनी एन.बी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदावधि साउन ३१ र मंसिर ५ गतेसम्म मात्रै रहेको हुँदा उहाँको पदा पनि आगामी साधारणसभासम्म कायम रहने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।