![साढे ५ करोड आयकर र भ्याट छलीको आरोपमा ३ व्यवसायी विरुद्ध मुद्दा दायर](http://aarthikbazarnews.com/wp-content/uploads/2022/09/unnamed-56.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा तीन जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।
काठमाडौंको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरु बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।
मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसंग सत प्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।