जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • क्यासलेस बन्दै भाटभटेनी सुपरमार्केट, एनसीएचएलले सुरु गर्‍यो नेपाल पे क्यूआरबाट भुक्तानी

क्यासलेस बन्दै भाटभटेनी सुपरमार्केट, एनसीएचएलले सुरु गर्‍यो नेपाल पे क्यूआरबाट भुक्तानी

नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ। नेपाल पे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको बताइएको छ। उक्त स्टोरमा डाइनामिक नेपाल पे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने बताइएको छ।

हाल उक्त सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, दुईवटा वालेट र कनेक्टआइपीएस मोबाइल एपमा उपलब्ध रहेको एनसीएचएलले जनाएको छ।

नेपाल पे क्यूआरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत हालसम्म स्ट्याटिक क्यूआर, डाइनामिक क्यूआर, क्यूआर गेट वे र क्यूआर पोसमार्फत ७० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेको बताइएको छ।

2615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?