![सानिमा बैंकद्धारा लाभांश घोषणा, बोनस शेयर कति ?](http://aarthikbazarnews.com/wp-content/uploads/2022/09/1663920751114_sanima10-1024x682.webp)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सानिमा बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।