जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने भन्दै लगानीकर्ताहरु ब्याक टु ब्याक भेटघाटमा

नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने भन्दै लगानीकर्ताहरु ब्याक टु ब्याक भेटघाटमा

बिहीबार सेयर लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्ज खोल्न ढिलाइ गर्न नहुने भन्दै कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।

भेटमा उनीहरुले नयाँ स्टक एक्सचेन्जका साथै नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी काम छिटो सक्न आग्रह गरेका छन्।

लगानीकर्ताहरुले १२ करोडको सेयर कर्जाको सीमा फिर्ता गर्न, कर्जा जोखिम भारलाई १०० प्रतिशतमा झार्न र लगानीकर्तालाई दुई भागमा विभाजन गरेर पुँजीगत लाभकर लगाउनुपर्ने माग देउवासँग राखेका छन्।

उच्च ब्याजदरका कारण लगानीकर्ता निरुत्साहित भएको भन्दै उनीहरुले त्यसलाई पुनरावलोकन गर्दै एकल अंकमा झार्नुपर्ने बताएका छन्।

यसअघि लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटर नयाँ स्टक एक्सचेन्ज संचालन गर्ने प्रक्रियामा विलम्ब नगर्न आग्रह गरेका थिए। प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा नयाँ स्टक एक्सचेन्जको प्रक्रिया रोकिएको छ।

थप अध्ययन आवश्यक देखिएको भन्दै सरकारले धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज सम्बन्धी कामकारवाही रोक्न लगाएको थियो।

1220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका