![ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य](http://aarthikbazarnews.com/wp-content/uploads/2023/06/823-1686306590Agg1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ।
ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिसहोमले लिएको छ। ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अब डिसहोमको पे पर भ्यू र एक्सक्लुसिभ च्यानलहरुमा डिसहोमका ग्राहकहरुले हेर्न पाउनेछन्।
यसबाट ग्राहकले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरुको मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।