![नेशनल लाइफको कलंकी शाखा एकै दिनमा १ सयवटा बीमा पोलिसी बिक्री गर्न सफल](http://aarthikbazarnews.com/wp-content/uploads/2024/03/kalanki-shakha-11-1024x597.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्ने बताएको छ ।
हाल कम्पनीको कलंकी शाखा प्रमुखमा आरसी घिमिरे रहेका छन् । उनलाई यसअघि कम्पनीले बेस्ट म्यानेजरको अवार्डबाट पनि सम्मानित गरेको थियो । एजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र व्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनको समुहले एकै दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो ।
कम्पनीले कर्मचारीको कार्यक्षमता तथा मनोबल बृद्धिको लागि विभिन्न समयमा तालिम तथा भ्रमण योजनाहरु सञ्चालन गर्दै आएको छ ।
![](https://www.beemapost.com/wp-content/uploads/2023/08/rc-ghimire-.jpg1_.jpg)