![क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा](http://aarthikbazarnews.com/wp-content/uploads/2024/05/unnamed-9-e1715783917890.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।
निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।
अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएकाले अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराएका छन् ।
हेर्नुहोस् क्यानको विज्ञप्ति
![](https://ci3.googleusercontent.com/meips/ADKq_NZQCpj8aQu3tF77sLoQBl7foQ_Qjg0IDN65iTLoK66WNnthtIKJ_V5q1BxwwumCsjPBI3IENE4bvdACK8Val0S1KE1luXfnuhVYmvgIBzUWMRuQMVXD7OVU0gGMMfRRNbsOxXo1=s0-d-e1-ft#https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/Cricket-association.jpg)