जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा संचालनमा ल्यायो नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा संचालनमा ल्यायो नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले भद्रपुर नगरपालिका वडा नम्बर ५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएको जनाएको छ। योसँगै बैंकको शाखा संख्या २७२ पुगेको छ। नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ।

बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा गजुरेलले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए। हाल बैंकको २७२ शाखा कार्यालय, ६४ वटा एक्स्टेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम छन्।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका