![बीमा प्राधिकरणमा बोर्ड सचिवको जिम्मेवारी सुवेदीलाई](http://aarthikbazarnews.com/wp-content/uploads/2024/06/Sushil-Dev-Subedi.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी दिइएको छ ।
प्राधिकरणका निर्देशक सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् ।
प्राधिकरणका प्रवक्ता समेत रहेएका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी तोकिएको सह-प्रवक्ता पुनम ज्ञवालीले जानकारी दिइन् ।