जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • नेपाल बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा आयोजित निर्जीवन बीमा कम्पनीसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा आयोजित निर्जीवन बीमा कम्पनीसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले निर्जीवन बीमा कम्पनीका प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशमा रहेका निर्जीवन बीमा कम्पनीहरुका समस्या समाधान गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख पूर्ण बहादुर थापाले गरेका हुन् ।

कार्यक्रममा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रदेश प्रमुख र बीमा प्राधिकरणका कर्मचारीहरुको बाक्लो सहभागिता रहेको प्रदेश प्रमुख थापाले जानकारी दिए । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले बीमा प्राधिकरणले लुम्बिनी प्रदेशमा देखिएका समस्या तथा समाधानका विषय र बीमा प्राधिकरणले बीमकबाट गरिएको अपेक्षाका बारेमा बताएका छन् । साथै, उनले उक्त प्रदेशमा आफ्नो सक्रियता बढाउनुको साथै बीमा कम्पनीहरुको समस्या समाधान र बीमितको हकहितका काम गर्दैै आएका छन् ।

प्राधिकरणले निम्नअनुसार रहेका समस्याहरुको समाधान गर्ने उद्देश्यले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । प्राधिकरणले उक्त समस्याहरुले गर्दा कर्मचारीको क्षमता विकास नभएको र बीमितहरुलाई पनि समस्या परेको कारण चाँडोभन्दा चाँडो समस्या समाधान गर्न निर्देशन समेत दिएको छ ।

१ सुशासनमा देखिएका समस्याहरु

–शाखा कार्यलयहरुको स्तर घटाई कार्यालय बन्द गर्न स्वीकृति माग गर्ने गरेको
–बीमा सम्बन्धी बिषयमा अनुसन्धान नभएको
–सम्पूर्ण स्थानमा बीमकहरुको साइनबोर्डमा ‘नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त’ भनेर नलेखिएक

२ उजूरी तथा गुनासो सम्बन्धी समस्या

–तोकिएको समय सीमा अवधि भित्र उजुरीको प्रति उत्तर प्राप्त नहुने
–प्राधिकरणबाट भएको फैसलाको आधारमा उस्तै प्रकृतिको दाबीमा समेत दाबी भुक्तानी नदिने देखिएको
–उजुरीको विषयवस्तुसँग सम्बन्धित जवाफ पेश नगरेको पाईएको
–उजुरी सम्बन्धमा दुई पक्ष बिच मेलमिलाप भई दाबी भुक्तानी भईसकेको जानकारी प्राधिकरणलाई नहुने
दाबी भुक्तानी सम्बन्धी भएका निर्णय कार्यान्वयन नहुनु

३ मध्यस्थकर्ता ब्यवस्थापनमा देखिएका समस्याहरु

–बीमा अभिकर्ताहरुलाई पूर्ण बीमा सम्बन्धी ज्ञान तथा तालिम प्रदान नगरी बीमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन पेश हुने गरेको
–संयुक्त बीमा सर्भेयर नियुक्ति गर्दा सम्बन्धित बिषयको बिशेषज्ञता नभएको सर्भेयर नियुक्तिको लागि सिफारिस माग गरेको
–सर्भेयरलाई कार्य जिम्मेवारी दिदाँ नियमसंगत एक आर्थिक बर्षमा तोकिएको संख्यामा ज्यमि गर्न पाउने भन्दा बढी दिने गरेको
–दाबी भुक्तानी मार्गदर्शन, २०७६ ले तोकेको सीमा भन्दा बढी पेन्डिङ्ग फाइल रहे पनि पुनः सोहि सर्भेयरलाई जिम्मेवार दिएको पाइयो

४ स्थलगत तथा गैरस्थलगत निरीक्षणबाट देखिएका समस्याहरु

–त्रैमासिक आन्तरिक लेखापरिक्षण प्रतिवेदन समयमा प्राप्त नभएको
–प्रत्येक आन्तरिक लेखापरिक्षण प्रतिवेदनमा दोहोरिरहने समस्या देखिएको
–सर्भेयर प्रतिवेदन पेश गर्नमा ढिलाई हुने गरेको
–तथ्याङ्क दिन अलमल गर्ने, सत्य तथ्य तथ्याङ्क प्राप्त नहुने, शाखाहरुको तथ्याङ्क आउन समय लाग्ने
–निरीक्षणको समयमा वेबसाइट/आइटी अपडेट गर्ने
–समयमा लेखापरीक्षण प्रतिवेदन पेश नहुने

५ कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा देखिएका समस्याहरु

–बीमकले कृषि, पशुपंछी तथा जडीवुटी बीमा गर्न नमान्ने गुनासो प्राप्त भएको
–बीमकलाई अनिवार्य तोकिएको जिल्लामा शाखा कार्यालय नभएको
–अत्यधिक बीमाङ्क रकम राखेर बीमालेख जारी गर्ने गरेको (विशेष गरी माछामा अधिक मूल्याङ्कन गर्ने)
–ऋण प्रयोजनका लागि गरिने बीमालाई मात्र प्राथमिकता दिएको
–कृषि, पशुपंछी तथा जडीवुटी बीमा निर्देशिका बमोजिम बीमकमा प्राविधिक कर्मचारीको व्यवस्था नभएको
–कृषि, पशुपंछी तथा जडिबुटी बीमाका प्राविधिक र अभिकर्तालाई कमिशन रकम उपलब्ध नगराउने गुनासो रहेको

अन्तमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उठेको समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका