होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
आइतवार, पुस २१, २०८१
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • नबिल बैंकमा ज्ञवाली सिनियर डिसिईओ !

नबिल बैंकमा ज्ञवाली सिनियर डिसिईओ  !

अहिले नेपाली बैंकिङ क्षेत्रमा चर्चित नाम हो मनोज ज्ञवाली । ज्योति विकास बैंकको सिईओबाट अप्रत्याशित छाडेर घर बसेका ज्ञवालीलाई कर्मले डो¥याउँदै नविलजस्तो नम्बर १ बैंकमा प्रवेश गरायो । उनी नायब महाप्रबन्धक रूपमा नबिल बैंक प्रवेश गरेका मनोज ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीइओ) बनेका छन् ।

नविल बैंक प्रवेश गरेको पाँच वर्ष नपुग्दै ज्ञवालीले वेटिङ सिईओको स्थानमा पुगेका छन् । उनले बैंकमा पुराना भेट्रान बैंकरलाईनै उछिन्दै सिनियर डिसिईओ बन्न सफल भएका छन् । पुस ११ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीको बढुवा गरेको हो । ज्ञवालीले आज अर्थात् पुस १४ गते बढुवाको पत्र बुझेका छन् ।

उनी हाल डेपुटी सीइओको जिम्मेवारी थिए । उनी २०७७ जेठमा ज्योति विकास बैंकको सीइओबाट राजीनामा दिएका थिए । त्यसपछि नायव महाप्रबन्धकको रूपमा नबिल बैंकमा गएका थिए ।

अब नबिल बैंकमा ज्ञवालीसँगै दुई जना सिनियर डीसीओ भएका छन् । यसअघि बैंकले सुजित कुमार शाक्यलाई सिनियर डीसीओ बनाइसेको छ । नेप्सेको सिईओको लागी छनोट भएर अन्त्यमा पैसा दिन इन्कार गरेर नियुक्त नभएका ज्ञवालीलाई छिट्टै नविल बैंकको सिईओमा देख्न सकिनेछ ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका