![रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान](http://aarthikbazarnews.com/wp-content/uploads/2022/03/unnamed-2022-03-29T192117.953-1024x740.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुबिधा बुझाएर मात्र बीमा गराउनु पर्ने कुरामा जोड दिए । साथै बीमाको पहुंच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको समेत उनले बताए ।
संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने जनाए । गलत तरिका र बिश्लेषण बाट बीमा गराएमा सम्बन्धित सबैलाई समस्या हुनुको साथै सिगो व्यबसाय प्रति नकारात्मक असर पर्ने हुनाले अभिकर्ताले बीमा बारे भरपुर जानकारी लिएर मात्र बीमा गराउनुपर्ने बताए ।
![](https://ci3.googleusercontent.com/proxy/OeE5VUGnOuN7_BzDJKqKrUSRP2TRMHyDOMmnBh7jScDFRkG74qTgFHjpO1nAOsLjwyMr6b81gbcDGjmxGga4xNYw9mxY_I4chXYhCLJ1u-DogaDkkSS_gFpK=s0-d-e1-ft#https://insurancekhabar.com/wp-content/uploads/2022/03/RLI-2-scaled.jpg)
उक्त कार्यक्रममा संस्थाका सेल्स हेड सन्दीप कसजु र सुर्य प्रकाश गुप्ताले सेलिङ टिप्सको सेसन संचालन गरेका थिए ।
गण्डकी र धवलागिरी क्षेत्रका राम्रो व्यवसाय गरेका अभिकर्तालाई लक्षित गरि बीमा अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको संस्थाका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।