जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मुक्तिनाथ बैंकको महिला उद्यमीलक्षित वित्तीय साक्षरता कार्यक्रम, २६४ महिला उद्यमी सम्मानित

मुक्तिनाथ बैंकको महिला उद्यमीलक्षित वित्तीय साक्षरता कार्यक्रम, २६४ महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकले चालू आवमा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यहरुलाई गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान, व्यवसाय विस्तार तथा व्यवस्थापन गर्न वित्तीय ज्ञान र वित्तीय प्रणाली बारे जानकारी दिएको छ।

उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारी र विभिन्न पेसामा आबद्ध महिला उद्यमीहरुसहित लगभग ३५ सय जनाको उपस्थिति रहेको बैंकले जनाएको छ। उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार कृषिमा व्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखेर मुक्तिनाथ कृषि कम्पनीका अधिकारीहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ।

स्थानीय किसानहरुको समस्या सुन्ने, त्यसको समाधान र कृषि पेसालाई सम्मानित पेसाको रुपमा विकास गर्ने उपायहरु सिकाउने काम पनि भएको बताइएको छ।

3725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?