जोडिनुहोस
शनिबार, साउन २, २०८३
शनिबार, साउन २, २०८३
  • होमपेज
  • नेपाल लाइफलाई ‘गोल्ड अवार्ड’

नेपाल लाइफलाई ‘गोल्ड अवार्ड’

आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा सोमबार (असार १६ गते) आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी प्रदान गरेको उल्लेख गरे।

कम्पनीले २०८३ चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरी २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ। हालसम्म १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरेको यस कम्पनीले नेपाल सरकारलाई १७ अर्बभन्दा बढी राजस्व तथा कर बुझाइसकेको छ।

वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपाल लाइफ पहिलो जीवन बीमा कम्पनी समेत हो। हाल कम्पनीका ७७ वटै जिल्लामा १९७ वटा कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेका छन्।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका