जोडिनुहोस
बुधबार, मंसिर ५, २०८१
बुधबार, मंसिर ५, २०८१
  • होमपेज
  • ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्स बीच एक समझदारी पत्र साइन भएको छ । जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा कामना सेवा विकास बैंकका उप महाप्रबंधक हरी प्रसाद लाम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका उज्वल ढुंगाना सहितका प्रतिनिधिहरू उपस्थित थिए । यस सहकार्यले बैंकका ग्राहकहरूको सम्पत्ति सुरक्षा सुनिश्चित गर्ने र उनीहरूलाई बीमा सम्बन्धी जानकारी र सुविधा थप प्रदान गर्ने लक्ष्य राख्दछ ।

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सको यो सहकार्यले नेपालको वित्तीय क्षेत्र र बीमा क्षेत्रमा नयाँ अवधारणा कायम गर्ने विश्वास लिएको छ । यस समझदारी पत्रले ग्राहकहरूको विश्वास जित्न र उनीहरूको आवश्यकता अनुसार सेवाहरू प्रदान गर्न थप मद्धत पुर्याउनेछ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका