जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं वर्षमा प्रवेश, उत्कृष्ट कर्मचारीहरु पुरस्कृत

सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं वर्षमा प्रवेश, उत्कृष्ट कर्मचारीहरु पुरस्कृत

सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ बसन्त पार गरेर १९ औं बर्षमा प्रबेश गरेको छ ।

यही  १९ औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान–हामी सबैको योगदान”भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  

सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

साथै १९ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको  उत्कृष्ट कर्मचारीहरुलाई  पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।  

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका