एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले अनावरण गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ
महालक्ष्मी विकास बैंकले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सकिने छ ।
बैंकले सदैव ग्राहकहरूको आवश्यकता अनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।
नेपाल लाइफले राउण्ड टेबल नेपालसँग सहकार्यमा सगरमाथामा फोहोर संकलन गर्ने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । आज काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्लन गरेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका थिए ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा क्यालेन्डर सार्वजनिक
सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।
सिद्वार्थ कम्पनीको केन्द्रिय कार्यालय बबरमहलमा संचालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ , संचालक पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, सुमित कुमार केडिया तथा हसना शर्मा द्वारा संयुक्त रुपमा एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो ।
नेपाल सरकार द्वारा स्वीकृत विदा, पर्व, दिवस, पञ्चाङ्ग विधि तारेख समेत समावेस गरी जलवायु परिवर्तन सम्वन्धी अवधारणामा आधारित फोटो समेत क्यालेण्डरमा संलग्न भएको छ ।
एनआईसी एशिया बैंकको सहयोगमा सिद्धार्थ माविको पुस्तकालय भवनको उद्घाटन
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ ।
विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकको सहयोगमा विद्यालयसँगको सहकार्यमा पुस्तकालय भवन निर्माण गरिएको हो । चैत १२ गते सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमित केसी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
पुस्तकालय सञ्चालनमा आएसँगै झन्डै १५०० विद्यार्थी र शिक्षकहरूले आधुनिक पुस्तकालय सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले शैक्षिक गुणस्तर सुधार्न पुस्तकालयको महत्वलाई प्राथमिकतामा राख्दै आएको छ ।
यसअघि बैंकले बागमती प्रदेशको चितवन जिल्लाको राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपियामा अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय सञ्चालनमा आईसकेका छन् ।
एनआईसी एशिया बैंकले देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ।
बैंकका अनुसार, ११,००० भन्दा बढी विद्यार्थीहरूले यी पुस्तकालय सुविधाबाट प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पुस्तकालय स्थापना कार्यक्रममार्फत विद्यार्थीहरूलाई ज्ञानमा पहुँच पुर्याई उनीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र व्यक्तित्व विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी छिटो हुने
माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने दाबी गरिएको छ ।
सिटीटेकले विकास गरेको गेटपे प्लेटफर्म बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न अझ सजिलो बनाउने लक्ष्यका साथ ल्याइएको हो । माछापुच्छ्रे बैंकमा यो सेवा कार्यान्वयन भएपछि व्यवसायीहरूले आफ्ना सबै कारोबार एउटै स्थानबाट ट्र्याक गर्न सक्नेछन् ।
गेटपे सेवाले भुक्तानी, कारोबार हिसाब र व्यापारिक गतिविधि एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्नेछ । यसबाट डिजिटल भुक्तानीको अनुभव सुधारिने र आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ ।
यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ ।
सिटीटेकका अनुसार गेटपे सेवाले डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै सही आर्थिक निर्णय लिन मद्दत गर्नेछ ।
ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताअनुसार, विश्व बैंक समुहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।
यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरु विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताउनुभयो ।
उहाँले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरुमा निजी क्षेत्रको प्रवद्र्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।
अझै लागू भएन बीमा कारोबारमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने प्रावधान
बीमा कारोबारका क्रममा ग्राहक वा बीमितको राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्यरूपमा समावेश गर्न नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशन बीमकले लागू गरेका छैनन् ।
गृह मन्त्रालयले गत असार १० गते नेपाल राजपत्र भाग ५ मा बैंकिङ्ग तथा वित्तीय सेवा प्रवाहमा माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सूचना प्रकाशन गरेको थियो। यसै सूचनाका आ धारमा प्राधिकरणले इजाजत प्राप्त सम्पूर्ण बीमकलाई पनि बीमा कारोबार, मध्यस्थकर्ता दर्ता, नविकरण, दाबी भुक्तानीमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको थियो। साथै प्राधिकरणले व्यक्तिगत परिचय पत्रकारूपमा नागरिकता प्रमाण पत्रको साटो राष्ट्रिय परिचय पत्र स्वीकार गर्न समेत निर्देशन दिएको थियो।
बीमा प्राधिकरणले २०८१ असार १५ गते बीमकलाइ जारी गरेको परिपत्र
बैंक तथा वित्तीय संस्थामा सेवाका लागि ग्राहक स्वतःस्फूर्त जाने भएकाले त्यहाँको नियम पालना गर्न इच्छुक देखिन्छन् वा सुविधाबाट वञ्चित हुने भयले बाध्य हुन्छन् । तर अधिकांशले जीवनबीमा चाहिँ स्वतःस्फूर्तरूपमा नगर्ने भएकाले ग्राहक पहिचान प्रकृया पुरा गर्न, राष्ट्रिय परिचय पत्र पेश गर्न वा ठूलो बीमाङ्कको जीवन बीमाका लागि विस्तृत स्वास्थ्य परिक्षण गराउन अनिच्छुक देखिने प्रवृत्ति देखिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। कम्पनीले यसअघि पनि सो अस्पतालका लागि आर्थिक सहयोग गरेको थियो।
कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य लाखौं नेपाली बालबालिकालाई विशेष गरी निम्न आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय, किफायती र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।
सिटिजन लाइफले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता महत्वपूर्ण परियोजनामा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीले समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ।
हिमालयनको पाकिस्तानी सेयर बिक्रीको अनुमति नदिएको स्पष्टोक्ति
नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हविव बैंक लिमिटेडको सेयर बिक्रीलाई अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न सञ्चार माध्यममा राष्ट्र बैंकले सेयर बिक्री स्वीकृति दिएको समाचार आए पनि त्यो भ्रामक भएको राष्ट्र बैंकले जनाएको हो।
राष्ट्र बैंकका प्रवक्ता तथा बैंक सुपरिवेक्षण विभागका विभागीय प्रमुख रामु पौडेलले हविव बैंकको ११ प्रतिशत संस्थापक सेयर नेपाली कम्पनी हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्न अनुमति नदिएको बताए। उनका अनुसार, यस्तो सेयर कारोबारका लागि ‘फिट एन्ड प्रोपर टेस्ट’ अनिवार्य हुन्छ, तर हालसम्म सो प्रक्रिया पूरा गरिएको छैन।
२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच प्रारम्भिक मर्जर सम्झौता भए पनि त्यो निष्कर्षमा पुग्न सकेन। त्यसपछि हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर कारोबार सुरु गर्यो। मर्जरपछि संस्थागत संरचना परिवर्तन हुँदा हविव बैंकको सेयर हिस्सा २० प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको थियो।
विदेशी स्वामित्व हटाउने रणनीति अनुरूप हिमालयन बैंकले सो सेयर नेपाली लगानीकर्ताको कम्पनी हिमालयन रि-इन्स्योरेन्सलाई साढे तीन अर्ब रुपैयाँमा बिक्री गर्न प्रस्ताव गरेको थियो। उक्त कम्पनीमा शेखर गोल्छा, शाहिल अग्रवाल, दीपक भट्टजस्ता उद्योगी–व्यवसायीहरूको लगानी रहेको छ।
तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वीकृति दिन अस्वीकार गरेपछि सेयर कारोबार प्रक्रिया रोकिएको हो। राष्ट्र बैंकको यो निर्णयले न केवल विदेशी लगानी घटाउने बैंकको प्रयासलाई चुनौती दिएको छ, तर स्वामित्व व्यवस्थापनको भविष्य पनि अन्योलमा पारेको छ।
बिमा प्राधिकरणमा निर्देशकहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?
नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । उपनिर्देशकबाट बढुवा भएकाहरुको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो । प्राधिकरण्को अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखा प्रमुखको जिम्मेवारी तोकेको हुन् ।
प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी कार्यकारी निर्देशकमा बढुवा भएको र अन्य ३ वटा निर्देशक पद पनि रिक्त भएपछि हालै मात्र ४ जना उपनिर्देशककबाट निर्देशकमा बढुवा भएका थिए ।
बिहीबार देखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पुजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको प्राधिकरणले जनाएको छ ।
हालै निर्देशकमा बढुवा भएका शाम्भराज लामिछानेलाई नियमन महाशाखा, ध्रुब तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्मल अधिकारीलाई बीमालेख महाशाखा र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्ने गरी पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ ।
एमालेले प्राधिकरणको सिइओसंग गभर्नर साटेपछि कांग्रेसको कोटाबाट ढुंगाना गभर्नर बन्ने पक्का पक्की !
सरकारले अर्थमन्त्री विष्णु प्रसाद पौड्यालको नेतृत्वमा गभर्नर सिफारिस समिति बनाएसँगै यहि महिना भित्रै राष्ट्र बैंकले गभर्नर पाउने पक्का पक्की भएको छ भन्दा अब फरक पर्दैन । समाचार स्रोतका अनुसार गभर्नर सिफारिस समितिले राष्ट्र बैंककी डिपुटी गभर्नर नीलम ढुंगाना (तिम्सीना) प्रभु बैंकका सिइओ अशोक शेरचन र बैंकर एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको नाम गभर्नरमा सिफारिस गर्ने छ भन्दा अब फरक पर्दैन । यि तीन जना मध्ये कांग्रेसको कोटाबाट भेन्ट्रान बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगानालाई सरकारले गभर्नर बनाउने प्रायः निश्चित रहेको उच्च स्रोतको दाबी छ ।
भनिन्छ एमालेले नेपाल विद्युत प्राधिकरणको सिइओ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिइओ लिने र कांग्रेसले गभर्नर लिने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भित्री सहमती भएको छ । यतिबेला देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्रको गभर्नर को बन्ला ? भन्ने विषय चासोको रुपमा हेरिएको छ । भन्दा फरक पर्दैन । गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भइसकेको छ । मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।
एक डेपुटी गभर्नरसहित राष्ट्र बैंक ऐनले तोकेबमोजिम योग्यता पुगेका थप दुई सम्भावितसहित तीन जना आकांक्षीहरूको नाम समितिले मन्त्रिपरिषदमा पठाउनुपर्नेछ । यता मन्त्रिपरिषद्को बैठकले गत साता दुई महत्वपूर्ण नियुक्तिको निर्णय लिएको छ ।
दुवै एमाले कोटाबाट नियुक्त भएको देखिन्छ । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुइँटेल नियुक्त गरेको छ । यि दुवै एमाले कोटाबाट नियुक्त भएको देखिन्छ । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् । यसअघि पनि ओलीले नै २०७७ सालमा उनलाई कार्यकारी निर्देशक बनाएका थिए । अहिले कांग्रेस मन्त्रीले नै सम्हालेको मन्त्रालयमातहत पर्ने र निकै ठूलो स्रोतसाधन भएको संस्थाको प्रमुख कार्यकारी पद एमालेको भागमा पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहि महिनाको अन्तिम साता नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुँदै छ । हालका गभर्नर महाप्रसाद अधिकारी चैत २५ बाट कार्यकाल सकेर बिदा हुँदै छन् ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्।
गत सोमबार भएका दुवै नियुक्ति एमालेले पाउँदा अब गभर्नर कांग्रेसले पाउने आधार बन्दै गएको छ । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्। त्यसैले पनि अब विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेले पाइसकेपछि गभर्नर कांग्रेसले पाउने कांग्रेसका एक उच्च नेताले पंक्तिकारसंग दाबी गरे ।
को हुन ज्ञानेन्द्र प्रसाद ढुंगाना ?
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुंगानाले सोमबार मात्रै नबिल बैंकको सीईओबाट राजीनामा दिएका थिए । बोर्डले राजिनाका स्वीकृत समेत गरेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ज्ञानेन्द्र प्रसाद ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । ज्ञानेन्द्रका दाई गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ पनि भईसकेका व्यक्ति हुन् भन्दा फरक पर्दैन ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ज्ञानेन्द्र प्रसाद ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् ।
नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।
उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चामा छ । राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् ।
कस्तो छ गभर्नर छनोटः विधि र प्रक्रिया ?
गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा त स्पष्टै सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख छ । तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने परम्परा बसेको छ ।
ऐनमा के छ ?
गभर्नरको नियुक्तिः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (२) बमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम सिफारिस समितिको गठन गर्नेछः– (क) अर्थ मन्त्री – अध्यक्ष, (ख) पूर्व गभर्नरहरुमध्येबाट एकजना – सदस्य, (ग) आर्थिक, मौद्रिक,बैंकिङ , वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति – सदस्य,
(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।,
(४) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।
गभर्नरको काम, कर्तव्य र अधिकारः
(१) गभर्नरको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने । (ख) बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने । (ग) बैंकले गर्नु पर्ने कार्यहरु व्यवस्थित गर्ने । (घ) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने । (ङ) मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने÷गराउने । (च) वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (छ) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने तरलता सम्बन्धी नीति निर्माण गर्ने । (झ) वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले राख्नु पर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा सोको प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने । (ञ) वाणिज्य बैंक तथा वित्तीय संस्थाको पूँजी कोषको पर्याप्तता सम्बन्धी शर्त निर्धारण गर्ने । (ट) सुन तथा अन्य बहुमूल्य धातुको खरिद बिक्री गर्दा अपनाउनु पर्ने प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने । (ठ) बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने । (ड) आवश्यकता अनुरुप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने । (ढ) बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने । (ण) बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने । (त) वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने । (थ) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा निर्णय गर्ने । (द) सञ्चालक समितिद्वारा प्रत्यायोजित अधिकारको अधीनमा रही अन्य विषयमा निर्णय गर्ने ।
(२)अन्तर्राष्ट्रिय मान्यता अनुरुप केन्द्रीय बैंकका गभर्नरले प्रयोग गर्नु पर्ने अधिकार गभर्नरमा अन्तर्निहित हुनेछ । सचेत भया ।












