जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। कम्पनीले यसअघि पनि सो अस्पतालका लागि आर्थिक सहयोग गरेको थियो।

कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य लाखौं नेपाली बालबालिकालाई विशेष गरी निम्न आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय, किफायती र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।

सिटिजन लाइफले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता महत्वपूर्ण परियोजनामा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीले समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ।

हिमालयनको पाकिस्तानी सेयर बिक्रीको अनुमति नदिएको स्पष्टोक्ति

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हविव बैंक लिमिटेडको सेयर बिक्रीलाई अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न सञ्चार माध्यममा राष्ट्र बैंकले सेयर बिक्री स्वीकृति दिएको समाचार आए पनि त्यो भ्रामक भएको राष्ट्र बैंकले जनाएको हो।

राष्ट्र बैंकका प्रवक्ता तथा बैंक सुपरिवेक्षण विभागका विभागीय प्रमुख रामु पौडेलले हविव बैंकको ११ प्रतिशत संस्थापक सेयर नेपाली कम्पनी हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्न अनुमति नदिएको बताए। उनका अनुसार, यस्तो सेयर कारोबारका लागि ‘फिट एन्ड प्रोपर टेस्ट’ अनिवार्य हुन्छ, तर हालसम्म सो प्रक्रिया पूरा गरिएको छैन।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच प्रारम्भिक मर्जर सम्झौता भए पनि त्यो निष्कर्षमा पुग्न सकेन। त्यसपछि हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर कारोबार सुरु गर्‍यो। मर्जरपछि संस्थागत संरचना परिवर्तन हुँदा हविव बैंकको सेयर हिस्सा २० प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको थियो।

विदेशी स्वामित्व हटाउने रणनीति अनुरूप हिमालयन बैंकले सो सेयर नेपाली लगानीकर्ताको कम्पनी हिमालयन रि-इन्स्योरेन्सलाई साढे तीन अर्ब रुपैयाँमा बिक्री गर्न प्रस्ताव गरेको थियो। उक्त कम्पनीमा शेखर गोल्छा, शाहिल अग्रवाल, दीपक भट्टजस्ता उद्योगी–व्यवसायीहरूको लगानी रहेको छ।

तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वीकृति दिन अस्वीकार गरेपछि सेयर कारोबार प्रक्रिया रोकिएको हो। राष्ट्र बैंकको यो निर्णयले न केवल विदेशी लगानी घटाउने बैंकको प्रयासलाई चुनौती दिएको छ, तर स्वामित्व व्यवस्थापनको भविष्य पनि अन्योलमा पारेको छ।

बिमा प्राधिकरणमा निर्देशकहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?

नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । उपनिर्देशकबाट बढुवा भएकाहरुको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो । प्राधिकरण्को अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखा प्रमुखको जिम्मेवारी तोकेको हुन् ।

प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी कार्यकारी निर्देशकमा बढुवा भएको र अन्य ३ वटा निर्देशक पद पनि रिक्त भएपछि हालै मात्र ४ जना उपनिर्देशककबाट निर्देशकमा बढुवा भएका थिए ।

बिहीबार देखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पुजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको प्राधिकरणले जनाएको छ ।

हालै निर्देशकमा बढुवा भएका शाम्भराज लामिछानेलाई नियमन महाशाखा, ध्रुब तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्मल अधिकारीलाई बीमालेख महाशाखा र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्ने गरी पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ ।

एमालेले प्राधिकरणको सिइओसंग गभर्नर साटेपछि कांग्रेसको कोटाबाट ढुंगाना गभर्नर बन्ने पक्का पक्की !

सरकारले अर्थमन्त्री विष्णु प्रसाद पौड्यालको नेतृत्वमा गभर्नर सिफारिस समिति बनाएसँगै यहि महिना भित्रै राष्ट्र बैंकले गभर्नर पाउने पक्का पक्की भएको छ भन्दा अब फरक पर्दैन । समाचार स्रोतका अनुसार गभर्नर सिफारिस समितिले राष्ट्र बैंककी डिपुटी गभर्नर नीलम ढुंगाना (तिम्सीना) प्रभु बैंकका सिइओ अशोक शेरचन र बैंकर एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको नाम गभर्नरमा सिफारिस गर्ने छ भन्दा अब फरक पर्दैन । यि तीन जना मध्ये कांग्रेसको कोटाबाट भेन्ट्रान बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगानालाई सरकारले गभर्नर बनाउने प्रायः निश्चित रहेको उच्च स्रोतको दाबी छ ।

भनिन्छ एमालेले नेपाल विद्युत प्राधिकरणको सिइओ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिइओ लिने र कांग्रेसले गभर्नर लिने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भित्री सहमती भएको छ । यतिबेला देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्रको गभर्नर को बन्ला ? भन्ने विषय चासोको रुपमा हेरिएको छ । भन्दा फरक पर्दैन । गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भइसकेको छ । मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।
एक डेपुटी गभर्नरसहित राष्ट्र बैंक ऐनले तोकेबमोजिम योग्यता पुगेका थप दुई सम्भावितसहित तीन जना आकांक्षीहरूको नाम समितिले मन्त्रिपरिषदमा पठाउनुपर्नेछ । यता मन्त्रिपरिषद्को बैठकले गत साता दुई महत्वपूर्ण नियुक्तिको निर्णय लिएको छ ।

दुवै एमाले कोटाबाट नियुक्त भएको देखिन्छ । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुइँटेल नियुक्त गरेको छ । यि दुवै एमाले कोटाबाट नियुक्त भएको देखिन्छ । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् । यसअघि पनि ओलीले नै २०७७ सालमा उनलाई कार्यकारी निर्देशक बनाएका थिए । अहिले कांग्रेस मन्त्रीले नै सम्हालेको मन्त्रालयमातहत पर्ने र निकै ठूलो स्रोतसाधन भएको संस्थाको प्रमुख कार्यकारी पद एमालेको भागमा पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहि महिनाको अन्तिम साता नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुँदै छ । हालका गभर्नर महाप्रसाद अधिकारी चैत २५ बाट कार्यकाल सकेर बिदा हुँदै छन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्।

गत सोमबार भएका दुवै नियुक्ति एमालेले पाउँदा अब गभर्नर कांग्रेसले पाउने आधार बन्दै गएको छ । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्। त्यसैले पनि अब विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेले पाइसकेपछि गभर्नर कांग्रेसले पाउने कांग्रेसका एक उच्च नेताले पंक्तिकारसंग दाबी गरे ।

को हुन ज्ञानेन्द्र प्रसाद ढुंगाना ?
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुंगानाले सोमबार मात्रै नबिल बैंकको सीईओबाट राजीनामा दिएका थिए । बोर्डले राजिनाका स्वीकृत समेत गरेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ज्ञानेन्द्र प्रसाद ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । ज्ञानेन्द्रका दाई गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ पनि भईसकेका व्यक्ति हुन् भन्दा फरक पर्दैन ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ज्ञानेन्द्र प्रसाद ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् ।

नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।

उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चामा छ । राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् ।

कस्तो छ गभर्नर छनोटः विधि र प्रक्रिया ?
गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा त स्पष्टै सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख छ । तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने परम्परा बसेको छ ।

ऐनमा के छ ?
गभर्नरको नियुक्तिः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (२) बमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम सिफारिस समितिको गठन गर्नेछः– (क) अर्थ मन्त्री – अध्यक्ष, (ख) पूर्व गभर्नरहरुमध्येबाट एकजना – सदस्य, (ग) आर्थिक, मौद्रिक,बैंकिङ , वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति – सदस्य,
(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।,
(४) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।

गभर्नरको काम, कर्तव्य र अधिकारः
(१) गभर्नरको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने । (ख) बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने । (ग) बैंकले गर्नु पर्ने कार्यहरु व्यवस्थित गर्ने । (घ) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने । (ङ) मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने÷गराउने । (च) वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (छ) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने तरलता सम्बन्धी नीति निर्माण गर्ने । (झ) वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले राख्नु पर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा सोको प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने । (ञ) वाणिज्य बैंक तथा वित्तीय संस्थाको पूँजी कोषको पर्याप्तता सम्बन्धी शर्त निर्धारण गर्ने । (ट) सुन तथा अन्य बहुमूल्य धातुको खरिद बिक्री गर्दा अपनाउनु पर्ने प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने । (ठ) बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने । (ड) आवश्यकता अनुरुप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने । (ढ) बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने । (ण) बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने । (त) वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने । (थ) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा निर्णय गर्ने । (द) सञ्चालक समितिद्वारा प्रत्यायोजित अधिकारको अधीनमा रही अन्य विषयमा निर्णय गर्ने ।
(२)अन्तर्राष्ट्रिय मान्यता अनुरुप केन्द्रीय बैंकका गभर्नरले प्रयोग गर्नु पर्ने अधिकार गभर्नरमा अन्तर्निहित हुनेछ । सचेत भया ।

जीवन बीमा कम्पनीहरुको ब्यापार डरलाग्दोः पहिलो नेपाल लाईफ, दोस्रो एलआईसी नेपाल, तेस्रो नेशनल लाईफ, चौथो हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी

जीवन बीमा कम्पनीहरुको व्यापार फागुन मसान्तसम्म ८५ अर्ब ६१ लाख भन्दा बढि नबिकरण शुल्क आर्जन गरेका छन् भन्दा अब फरक पर्दैन । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ८५ अर्ब ६१ लाख रुपैयाँ नबिकरण बीमा शुल्क आर्जन गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको नबिकरण बीमा शुल्क आर्जन ७.२० प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको यस अवधिमा कुल ७९ अर्ब ८६ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले ८ महिनाको अवधिमा २३ अर्ब ९२ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ८.४७ प्रतिशत बढी रहेको छ । दोस्रो स्थानमा रहेको एलआइसी नेपालले १० अर्ब ८४ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस्तो गत आर्थिक वर्षको तुलनामा ६.०४ प्रतिशतले बृद्धि भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन चार अर्ब ४७ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको तीन अर्ब ८२ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको तीन अर्ब १६ करोड रुपैयाँ नविकरण बीमा शुल्क मार्फत आर्जन गरेको छ ।

साथै, नेशनल लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क १६.८८ प्रतिशतले बद्धि भएर १० अर्ब १७ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको नौ अर्ब ५५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन रहेको देखिन्छ । सूर्यज्योति लाइफको नविकरण बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १३.५८ प्रतिशतले बढेर चार अर्ब ९६ करोड रुपैयाँ रहेको छ । साथै, एशियन लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन चार अर्ब ४७ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको तीन अर्ब ८२ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको तीन अर्ब १६ करोड रुपैयाँ नविकरण बीमा शुल्क मार्फत आर्जन गरेको छ ।
विवरण अनुसार सानिमा रिलायन्स लाइफको नविकरण बीमा शुल्क आर्जन १० प्रतिशतले बृद्धि भएर तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

रिलायवल नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेर दुई अर्ब १७ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ रहेको छ

यस अवधिमा मेट लाइफले तीन अर्ब तीन करोड रुपैयाँ, आइएमई लाइफले दुई अर्ब ३१ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले दुई अर्ब २९ करोड रुपैयाँ नविकरण बीमा शुल्क मार्फत आर्जन गरेको देखिन्छ । साथै, रिलायवल नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेर दुई अर्ब १७ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन गत आवको तुलनामा २० प्रतिशतले घटेको छ भने हिमालयन लाइफको २ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन घट्न पुगेको छ । सचे भया ।

निजीवन बीम कम्पनीहरुको व्यापारमा छलाङ्गः पहिलो शिखर इन्स्योरेन्स, दोस्रो सगरमाथा लुम्बिनी, तेस्रो सिद्धार्थ प्रिमियर, चौथो आईजिआई प्रडेन्सियल !

फागुन मसान्तसम्म निजीवन बीमा कम्पनीहरुले ब्यापारमा छलाङ्ग मारेको भेटिएको छ । सबैभन्दा बढि व्यापार शिखर इन्योरेन्स कम्पनीले गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ब्यापार गरेको देखिन्छ । चौथोमा आईजिआई प्रुडेन्सियलले गरेको देखिन्छ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ रहेको भेटिएको छ ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ७.१२ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँको ब्यवसाय गरेका थिए । चालु आर्थिक वर्षको ८ महिनामा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यता, गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा आक्रामकरुपमा अगाडी बढेको देखिन्छ । सबैभन्दा बढी व्यवसाय गरेको शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७.९४ प्रतिशतले बृद्धि भएर चार अर्ब एक करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले तीन अर्ब ७१ करोड रुपैयाँको ब्यवसाय गरेको थियो ।

समीक्षा अवधिमा एनएलजि इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १४.७१ प्रतिशतले बढेर एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । साथै द ओरियन्टलको ४४.०७ प्रतिशतले बढेर एक अर्ब ७० करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ०.६२ प्रतिशतले बढेर एक अर्ब ५७ करोड रुपैयाँ व्यवसाय रहेको छ ।

सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ९.२४ प्रतिशतले बृद्धि भएर तीन अर्ब ३२ करोड रुपैयाँ रहेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ७.५३ प्रतिशतले बढेर दुई अर्ब ७५ करोड रुपैयाँ रहेको छ । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३.२० प्रतिशतले बढेर दुई अर्ब ३७ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.८१ प्रतिशतले बढेर दुई अर्ब २१ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको ३.५७ प्रतिशतले बृद्धि भई दुई अर्ब १९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा एनएलजि इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १४.७१ प्रतिशतले बढेर एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । साथै द ओरियन्टलको ४४.०७ प्रतिशतले बढेर एक अर्ब ७० करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ०.६२ प्रतिशतले बढेर एक अर्ब ५७ करोड रुपैयाँ व्यवसाय रहेको छ । यस अवधिमा तीन निर्जीवन बीमा कम्पनीको बीमा व्यवसाय समान्य अंकले घटेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.३२ प्रतिशतले घटेर एक अर्ब नौ करोड रुपैयाँमा सीमित बनेको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू गरेको छ । सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ ।

ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।

बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ ।

यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले होटल बसाइ, खानपान तथा अन्य सेवाहरूमा छुट पाउने अवसर प्राप्त गर्नेछन् ।

माछापुच्छ्रे बैंकले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न तथा सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्य गर्दै आएको छ ।

एनआईसी एशिया बैंकले मनायो ग्लोबल मनी विक, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

एनआईसी एशिया बैंकले देशभरका विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियानअन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रम सञ्चालन गरेका थिए । जसबाट ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भए ।


विशेषगरी, वित्तीय साक्षरताको पहुँच न्यून रहेका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलालगायतका जिल्लाहरूमा समेत वित्तीय शिक्षाका कार्यक्रम सञ्चालन गरिएका थिए ।

यस अभियानलाई थप प्रभावकारी बनाउन बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू पनि निर्माण तथा प्रकाशन गरेको छ । बैंकले यी कार्यक्रममार्फत बालबालिका, विद्यार्थी तथा युवालाई वित्तीय ज्ञान, सीप र जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिएको छ ।

विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन सिद्धार्थ बैंकले ग्लोबल मनी विकमा गर्‍यो विभिन्न कार्यक्रम

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ लाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकले डिजिटल कारोबार, बैंकिङ सेवा, वित्तीय सचेतना र सुरक्षा उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी गराएको छ । १,२१२ विद्यार्थीहरू प्रत्यक्ष रूपमा वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका छन् भने ४४८ विद्यार्थीहरू बैंकका विभिन्न शाखाहरूमा भ्रमण गरी व्यवहारिक बैंकिङ प्रशिक्षण लिएका छन् ।

सप्ताहव्यापी रूपमा सम्पन्न ३८ विभिन्न कार्यक्रमहरूमार्फत १,६६० विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले देशभरका व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्‍याउने, वित्तीय चेतना अभिवृद्धि गर्ने र आर्थिक सशक्तीकरण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यस अभियानले वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यलाई सार्थक बनाउँदै ‘ग्लोबल मनी विक २०२५’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बैंकको विश्वास छ ।

नविल बैंकको कामु सीईओमा मनोज ज्ञवाली

नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरेको छ ।

बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ढुंगानाको राजीनामा चैत १० गतेदेखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । त्यस्तै कामु प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का रुपमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई तोकिएको छ ।
राष्ट्र बैंकको गभर्नर उम्मेदवार हुनका लागि ढुंगानाले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए ।

न्डाईले नेपालमा सार्वजनिक गर्‍यो ‘क्रेटा ईभी’ र ‘मेड इन क्रेटा आईसीई’

नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘क्रेटा ईभी’ तथा नेपालमा बनेको ‘आईसीई क्रेटा’ सार्वजनिक गरेको छ । सोमबार होटल सोल्टीमा कार्यक्रम आयोजना गर्दै कम्पनीले नयाँ गाडी सार्वजनिक गरेको हो । ‘चुज योर फ्युचर’ को थिमसहित हुन्डाईले नेपालले क्रेटा इलेक्ट्रिक र आइसीई दुवै मोडेल उपलब्ध गराएको जनाएको छ ।

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ । सन् २०२५ मा आयात गरिने आईसीई मोडेलहरूको मूल्यमा तुलना गर्दा यो ९ लाख रुपैयाँसम्म कम हो ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदतू पार्क ते यङको विशेष उपस्थिति थियो । हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटाको बिक्री सुरुवात गरेको थियो । हुन्डाई नेपालले इकोसिस्टम विकासमा पनि अगाडि बढ्दै आफ्नै चार्जिङ नेटवर्क ‘रि–ल्याक्स’ मार्फत डीसी चार्जिङ नेटवर्क निर्माण गरिरहेको जनाएको छ । जसमा रिपेयर सप पनि समाहित हुनेछन् ।

कम्पनीले ब्याट्री रिसाइक्लिङ र रिसेड्युल भ्यालु म्यानेजमेन्टका लागि एट्टेरो इन्डियासँग सहकार्य गरेको जनाएको छ ।