जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

जनतासँग शपथ लिएको सरकार हो, एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन्

(कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले समर्थन गरेका छन् । बाध्यात्मक यस लकडाउनका कारण समग्र आर्थिक गतिविधि र खासगरी ज्यालादारी, श्रमिक र गरिखाने वर्ग समस्यामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपचार नपाएर रोग वा खान नपाएर भोकका कारण कुनै पनि नागरिक मर्नु नपर्ने घोषणा गर्दै आएका छन्, तर सम्बन्धित तहमा कार्यान्वयन तथा समन्वयका क्षेत्रमा कतिपय गुनासो र कमजोरीहरु देखिएका छन् । यिनै सन्दर्भमा केन्द्रित रहेर प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समिति (रासस) का लागि श्याम रिमाल र  प्रकाश सिलवालसँग शनिबार साँझ गरेको कुराकानीको सम्पादित विवरण:

विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै भए पनि पछिल्लो समयमा आएका रिपोर्टहरुले सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका कारण सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि खडा गरेको छ । तपाईँ स्वयंको मूल्याङ्कनचाहिँ के छ ?  

कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो । यस भयावह महामारीले सिङ्गो विश्वलाई यसले लपेटेको छ । यो शताब्दिऔँपछिको एक गम्भीर चुनौती हो । यस सङ्मणबाट सुरक्षित हुन नेपालले बेलैमा रोकथामका उपायहरु अवलम्बन गरेको थियो । विदेशबाट हवाईमार्ग आउने नागरिकलाई हामीले अझै अगाडि रोक्न सक्ने थियौँ तर हामी विश्व व्यवस्थाभन्दा अलग्गै वा एक्लै अघि बढ्न सक्ने स्थिति पनि थिएन । कतिपय मुलुकले उडानहरु नरोकेको समयमा नेपालमा मात्रै रोकिँदा किन रोकियो ? भन्ने प्रश्न पनि आउन सक्ने थियो । अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले नेपालमा यस महामारीले विशाल रूप लिनसकेको छैन ।

जे होस्, हामीले बन्दाबन्दी जारी गर्यौँ । सामाजिक दूरी कायम गरी अन्य सचेतना अपनाउँदै स्वास्थ्य सुरक्षा, विश्व स्वास्थ्य सङ्गठनका मापदण्डको पालना, हाम्रा सिकाइहरुलाई लिएर परीक्षण र उपचारका काममा हामीले तदारुकता दिएका छौँ । म विस्तृत तथ्याङ्कमा जान चाहन्न तर अहिलेसम्म सङ्क्रमित भएका ३० मध्ये दुई जना उपचारपछि निको भएर फर्किएका छन् । सङ्क्रमितमध्ये एक जनाबाहेक सबै विदेशबाट नेपाल आउँदा सङ्क्रमित भएको देखिएको छ ।

यो कुनै पूर्वसङ्केतबिना आएकाले हामी कसैले यसको रोकथामका लागि पूर्वाभ्यास र तयारी गर्न पाउने कुनै भएन । विश्वका ठूला–ठूला शक्तिशाली मुलुकलाई पनि लपेटिरहेको छ । नेपालमा अहिले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको छ । सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसीआर दुवै परीक्षणलाई तीव्रता दिइएको छ, जबकि पहिलो सङ्क्रमितको ‘केस’लाई हामीले हङकङबाट परीक्षण गरेका थियौँ । दोस्रो सङ्क्रमतिपछि मात्रै नेपालमा परीक्षण गराउन थाल्यौँ ।

लकडाउन त आवश्यक नै देखिन्छ तर यसबाट परेका अरु असर पनि देखिन थालेका छन् । हुन त, विश्वका ठूला मुलुकमा पनि यो समस्याको विषय भएको छ । के लकडाउनलाई फरकरुपमा वा खुकुलो पार्ने सोच्नुभएको छ ?  

यस महामारीले नेपालमा विकराल रूप लिन नसकोस् भनेर हामीले काम गरिरहेका छौँ । जनतामा स्वास्थ्यसम्बन्धी सचेतना गराएका छौँ । सीमानाकालाई कडाइ गरेका छौँ । लुकीछिपी प्रवेश गर्नेलाई पनि हामीले कडाइ गरेका छौँ । अब लुकेर बस्ने प्रवृत्ति पनि मानिसहरुमा भएका कारण सम्भावित सङ्क्रमितलाई खोजेर परीक्षण गरी उपचार गराउनुपर्ने स्थिति छ । यद्यपि यो लुकाउन सकिने रोग होइन । यो रोग लुकाउँदा झन् विस्फोटक भएर फैलन सक्छ । जसरी आगोले भेटेपछि कसैलाई पोल्न छोड्दैन यसले पनि कुनै ठूलो, सानो, धनी गरिब र जात वा लिङ्ग भनेर चिन्दा पनि चिन्दैन । यसले सबैलाई लपेट्न सक्छ । कोरोना पनि एक प्रकारको ढडेलो हो ।

नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ । यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौँ । लकडाउन पनि त्यसैको उपज हो । मानिस बचेमा अर्थतन्त्र पुनः उठाउन सकिन्छ । अर्काे वर्ष आर्थिक उपार्जन गर्न सकिन्छ तर यस वर्ष मानिस मरेका अर्काे वर्ष उठाउन सकिन्न । बालबच्चाका अभिभावक गुमेर टुहुरा भए भने हामीले तिनलाई अर्को वर्ष अभिभावक उपलब्ध गराउन सक्दैनौँ । बूढाबूढी गुमे पनि हामीले छोराछोरीलाई सहारा दिलाउन सक्दैनौँ ।

लकडाउन घोषणाको झण्डै एक महिना पुग्न लागेको छ । यो अझै कहिलेसम्म लम्बिन्छ ? यसको विकल्पमा अरु कुनै उपाय सोचिरहनुभएको छ ?

लकडाउन एउटा विधि हो । यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । कोरोनाका कारण उत्पन्न आतङ्क समाप्त पार्नुपर्छ । कतिपय मुलुकमा हामीले देख्यौँ, बाकसमा लगेर लाशमाथि लाश पुरिएको छ । के हामी पनि खाल्डोमा लाशमाथि लाश पुरिएको हेर्न चाहान्छौँ ? यसले आतङ्क सिर्जना भएमा त्यसले ल्याउने डिप्रेशन र क्षतिको आँकलन गरेका छौँ ? ठूला भनिएकै मुलुकमा सङ्क्रमित सङ्ख्या बढेपछि अस्पतालमा उपचार गर्न नसकेर सडकमै पाल टाँगेर भेन्टिलेटर राखेर उपचार गराइएको छ । यस्तो स्थितिमा पुग्नुको साटो लकडाउन सहनु नै उपयुक्त हो । त्यसैले लकडाउन गरेर सरकारले जनतालाई दुःख दियो भन्न मिल्दैन ।

त्यसलाई कुनै राजनीतिको मुद्दा बनाउनु हुँदैन । यो सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जनता जोगाउन गरिएको विषय हो । यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन । म विश्व समुदायलाई पनि के आह्वान गर्न चाहन्छु भने यसका विरुद्ध विश्व समुदाय एकताबद्ध भएर सतर्क र राष्ट्रिय एकताका साथ हामी जुट्नुपर्छ । यो राजनीतिभन्दा माथिको कुरा हो । यस सन्दर्भमा म संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै गरेको आग्रहलाई पालना गरौँ भन्ने जोडदार समर्थन गर्न चाहन्छु । आगामी मे ५ (वैशाख २३)मा असंलग्न मुलुकहरुको सङ्गठन (नाम)ले चाल्ने कदमको पनि समर्थन गरी हामीले साझा शत्रुविरुद्ध एक हुन विश्व समुदायलाई आह्वान गर्दैछौँ ।

लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो । एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने कोरोनाको स्थिति सहज भएपछि हाम्रा जिल्ला–जिल्लामा स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकास र जनशक्तिको पर्याप्ततामा आमूल सुधार भएको हुनेछ । यही बीचमा हामीले अरु बिरामीको पनि हेरविचार गरिरहेका छौँ ।

म फेरि पनि आग्रह गर्न चाहान्छु, अर्थतन्त्रमा नकारात्मक असर पर्छ भनेर मानवीय मूल्यलाई पछाडि पार्न सकिँदैन । मान्छे बाँचेमा न अर्थतन्त्र र समृद्धिको अर्थ रहन्छ । मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ ।

कोभिड–१९ को उपचारका निम्ति हालसम्म औषधि वा खोपको त विकास भएको छैन । तर, पिपिइदेखि अन्य परीक्षणका सामग्रीको पनि राम्रोसँग व्यवस्थापन हुनसकेको छैन । अर्कातिर खरिदको विषय पनि विवादमा छ । यसलाई कसरी लिनुभएको छ ?  

हामीले कतिपय होटलमा जाँदा त्यहाँ एक प्रकारको धुन बजिरहेको सुन्छौँ । त्यो सुमधुर धुन हो तर नेपालमा एकथरि कर्कस धुन मात्र निकालिरहने समूह छन् । मैले पटक–पटक भनेको छु, मेरो र यो सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टचार गर्दिनँ र हुन दिन्न भनेर । मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु । मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो । मलाई पैसा कमाउनु छैन । म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिबद्ध छु ।

खाली कुरा के हो भने पहिले–पहिलो भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारवाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गर्ने गरिएको छ । जस्तो बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो । हामीले चाँजबुझ अघि बढायौँ । वाइडबडी प्रकरणको कुरा पहिल्यै शुरु भएको हो । ३८ केजी सुन प्रकरणमा हाल करिब ७३ जना कारागारमा छन् । धेरैलाई मुद्दा लागेको बताउँदै २२–२४ जनालाई जिउँदै पोल्ने पनि पहिले सांसद भएर बसेका थिए । तिनीहरु छानबिन आएपछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आरोप लगाइएको छ । तर सबै अनियमितता एकै पटक नरोकिन सक्छन् । सुशासन लामो यात्रा हो ।

प्रधानमन्त्री अहिले पहिलेको जस्तो खरिद बिक्रीको कारोवार गर्दैन । पहिला–पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन् । स्वास्थ्य सामग्रीसम्बन्धी सम्झौता र रद्द गर्ने काम स्वास्थ्य मन्त्रालयको सम्बन्धित विभाग हो । सम्झौता रद्द भएको मैले प्रेस ब्रिफिङबाटै थाहा पाएको हुँ । त्यसका प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जोडेर प्रचार गरिनु कर्कश धुन बजाउनुजस्तै हो । यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन् । स्वास्थ्य सामग्रीसम्बन्धी त्यो सम्झौता रद्द भयो, जमानत जफत भयो र कालोसूचीमा राखियो, अनियमितता गर्नेलाई कारवाही हुन्छ । अधिकार प्राप्त निकाय र व्यक्तिले सहीरूपमा त्यसको प्रयोग गर्नुपर्छ । आशङ्का गर्नु अन्यथा होइन, छानबिन हुँदा गलत पाइए कारवाही हुन्छ तर जेमा पनि शङ्का गरेर यस्तो स्थितिमा काम गर्ने मान्छेलाई हतोत्साहित गर्नु हुँदैन ।

रोकथाम र उपचारका लागि मन्त्रिपरिषद, उच्चस्तरीय समन्वय समिति र सिसीएमसीजस्ता संयन्त्र छन् । यी निकायबीच उपयुक्त समन्वय, कार्यविभाजन र कार्यान्वयन कसरी भइरहेको छ ? जति बढी संयन्त्र उति बढी अन्योल हुने त होइन ? यसमा जिम्मेवारी कसको ?  

जिम्मेवारी हामी सबैको हो । यस अभियानमा हरेक व्यक्ति एक सिपाही हो । विश्वकपहरुमा पनि हामीले देख्छौँ, फुटबलमा नि जगेडा खेलाडी हुन्छ । गोलकिपरले, स्ट्राइकर आदिले बल कहाँ जाँदैछ, कसले कसलाई पास गर्ने र जित्ने भन्ने हुन्छ । त्यसका कारण यहाँ पनि हामी सबैले आ–आफ्नो भूमिका खेल्ने हो । मन्त्रिपरिषद्ले समग्र नीतिगत निर्णय र निर्देशन दिन्छ । उच्चस्तरीय समितिले समन्वय गर्छ । सिसीएमसीले सामग्री व्यवस्थापन, प्राथमिकता निर्धारण र सूचना आदानप्रदान गर्छ । सेना, प्रहरी र निजी चिकित्सकसमेतलाई परिचालन गर्छ । यसमा कसैको भूमिकामा दोहोरोपन हुँदैन । हामीले आवश्यक जनशक्ति तयार गरेर बसेका छौँ । यी तयारी तमासा देखाउनका लागि होइन । तर सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार सही छैन । यो नकरात्मकताको बिम्ब हो । यथार्थ होइन ।

लकडाउन लम्बिँदै जाँदा देशभित्र रहेका र खासगरी भारतमा रहेका कतिपय मजदुर, श्रमिक र अन्य बेरोजगार बनेका असङ्गठित क्षेत्रका मजदुर र स्वरोजगारहरु स्वदेश र घर फर्किने चाहनाले लामो दूरीको कष्टकर यात्रा तय गरिरहेका देखिन्छन् । यस स्थितिलाई व्यवस्थित गर्न सरकारले के सोचिरहेको छ ?  

वास्तवमा विचारहीन र आग्रहपूर्ण ढङ्गले जे मा पनि विरोध र दुष्प्रचार झुठ र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो । यसरी आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो । अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिकस्तर देखाउँछ तर जनताको जीवनरक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन । यसमा सबैको साथ र समर्थन छ ।

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिऊँ । हेल्लो सरकार छ । या अरु माध्यम हुन सक्छन् । सिसीएमसीमा २० जना मान्छे २४सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन् । त्यहाँ खबर गरौँ । बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ । प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे ? के यो रहस्यपूर्ण छैन र ?

त्यसकारण सञ्चारमाध्यमले पनि यस्तो स्थितिमा अघिल्लो दिन लिइएको भिडियो भोलिपल्ट देखाउनुभन्दा तत्कालै सूचना दिएर सहयोग गर्न सक्छ । सरकारलाई गालीको फेहरिस्तभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गर्दै त्यस्तो स्थितिमा यात्रु र मजदूरहरु परेको थाहा पाएलगत्तै सरकारले बाटामा खाना खुवाउने र सुरक्षितरूपमा गन्तव्यमा पठाउने प्रबन्ध गरेको छ । यस्तो बेलामा सरकारलाई विरोध गर्न अस्त्रहरु तयार गरेर कसैले पनि खेल्नु हुँदैन । नेपालमा रोग या भोकले कोही मर्नु पर्दैन । यो देश भीखमङ्गाहरुको देश होइन । गरिखानेको देश हो । विशेष परिस्थिति भएकाले आमजनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ । पहिला त भाइरस रोगबाट जीवन बचाउनुपर्छ भनेर एकजुट भइ लाग्नुपर्छ । हामीले राहत वितरणलाई पनि निरन्तरता दिएका छौँ । त्यहाँ कुनै अपर्याप्ता छ भने हेर्न सकिन्छ ।

लकडाउनका बेला दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था पनि नियमित गर्नुपर्ने दायित्वलाई पूरा गर्न कस्तो प्रबन्ध भइरहेको छ ?

हामीले आपूर्ति व्यवस्थाका उचित प्रबन्धका लागि खरिद केन्द्रहरु खडा गरेका छौँ । मूल्यवृद्धि हुन दिएको छैनौँ । इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरिएको छ । मुलुकमा अनिकालको स्थिति छैन । अखाद्य वस्तु बिक्री गर्नेलाई कारवाही गरिएको छ । यो गरिब, निमुखा सबैको सरकार हो । यहाँ बाँच्ने स्थिति सबैको हुन्छ । नत्र किन जनता आवास कार्यक्रमजस्ता कार्यक्रम ल्याउँथ्यो ?

भारतमा रहेका कतिपय नेपाली स्वदेश फर्कन पाऊँ भनिरहेका छन् । कोही सीमामा अलपत्र छन् । खाडीलगायत मुलुकमा पनि श्रमिक नेपालीहरुको अवस्था गम्भीर हुँदै आएको छ । यसबारे केही सोच्नुभएको छ ?  

स्वदेश आउन पाउनुपर्छ । तर देशभक्ति उम्लिने कतिबेला ? हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ । के सङ्क्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ? हामीले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ । केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइयो । नेपालीलाई पारि पनि खानबस्न व्यवस्थाका लागि हामी सम्बन्धित सरकारसँग कुरा भएको छ । अनि जसरी पनि आउनुपर्ने ? हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ । सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो ।

मैले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्धरूपमा कुरा गरिरहेको छु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु । र अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन् । त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गछौँ भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन ।

श्रमिक र गरिखाने वर्गका लागि तत्कालीन राहतका कुरा त आयो तर आर्थिक क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले यसबारे आगामी नीति तथा कार्यक्रम र बजेटबाट कस्तो सम्बोधनको तयारी गर्दै हुनुहुन्छ ?

मैले अघि पनि भनेँ, हामी नेपालीलाई खाने, बस्ने र बाँच्ने प्रबन्ध गछौँ । अहिले कोरोना सङ्कट नआएको भए बेग्लै स्थिति हुन्थ्यो । हाम्रा अघि बढिरहेका विकास र समृद्धिका कामले रफ्तार लिइरहेका हुन्थे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकाङ्क्षा कायमै छ तर अब कोरोनामुक्त देशले मात्रै समृद्धि हासिल गर्न सक्छ । पहिलो सुनिश्चिता जनताको जीवन हो । यसबीचमा कठिनाइ व्यहोरेर मानिसको जीवन बचाउनुपर्छ । अर्थतन्त्रमा योगदान नै नगरेका वर्गलाई पनि उनीहरुको बाँच्ने हिस्सा छ भन्ने अनुभूति दिलाउनुपर्छ । गरिब, विपन्न, उद्यमी, व्यापारी सबैलाई यसको असर पर्छ ।

हामीले समृद्धिका लागि जुन रफ्तारका साथ काम गर्ने सोचेका थियौँ, त्यो गति धीमा त हुने नै भयो । आगामी दिनमा मजदूर, श्रमिक, किसान, उद्यमी, व्यावसायी सबैलाई बाँच्ने हिस्सा रहन्छ । अहिलेको सङ्कटबाट पार्ने असरलाई विचार गरेर उपयुक्त नीति र कार्यक्रम ल्याइनेछ ।

सरकारले यी काम त गरिरहेको छ । कोरोना भाइरसको सामनाका लागि उच्चस्तरीय संयन्त्र गठनको कुरा पनि आएको छ तर तपाईँले किन त्यसलाई अस्वीकार गर्नुभयो ?

यो प्रश्न म तिनैलाई सोध्न चाहन्छु कि आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन् । त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्काे संयन्त्र छ ? कुन प्रजातान्त्रिक वा व्यवस्थाको मुलुकको छ ? जबकि नेपालको वर्तमान सरकार दुईतिहाइ नजिकको बहुमत र जनादेशप्राप्त सरकार हो । सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य छ । सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ । सरकारले उचित समन्वय गरिरहेको छ । सरकारले संविधान र कानूनअनुसार उत्तरदायित्व पूर्णरूपमा काम गर्छ । त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो । अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् । नागरिक समाज पनि राख्नुपर्ने भनिएको छ ? अनि कुन नागरिक राख्ने वा छुटाउने ? त्यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छ । अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।

यस्तो विषम स्थितिमा सरकार र पार्टी नेतृत्व एकताबद्ध र समन्वयात्मकरूपमा अघि बढ्नुपर्नेमा सरकार एकातिर पार्टी अर्काेतिर जस्तो देखिएको छ । एकतापछि पार्टीमा पूर्वसमूह वा अन्य खेमामा नाममा विवाद कायमै देखिन्छ ?

सरकार एकजुट छ । एकताबद्ध छ । सरकार एउटै लय र तालमा अघि बढिरहेको छ । हाम्रो प्रणालीमा पुरानो ढाँचाको कर्मचारी संयन्त्र भएकाले हाम्रो गतिसँग अभ्यस्त हुनमा बिलम्ब भएको हुनसक्छ । यद्यपि, म कर्मचारीलाई दोष दिन चाहन्न । उहाँहरुले नयाँ स्पिरिट समात्न समय लागेको हुनसक्छ । पार्टी पनि एक छ । सरकारको काममा सबै नेताको समर्थन र साथ छ ।

केहीले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ । हुटिट्याउँ प्रवृत्ति छ । ती कुराहरु कति सान्दर्भिक छन् ? तिनले आफँैलाई असान्दर्भिक बनाउँछन् । तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट यो भन्दा बढी के अपेक्षा गर्ने ? आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठिक होइन । त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ ।

दश प्रतिशत छुटको फाइदा लिँदै कर्जाको किस्ता समयमै तिरौं

बैंकिङ क्षेत्रमा करिब ३ दर्शक बिताइसकेका अजयविक्रम शाह पछिल्लो समय २०७५ कात्तिक १५ गतेबाट लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंकिङ क्षेत्रमा लामो समय विताइसकेको भए पनि शाहले संस्थाको बागडोर सम्हालेको भने यो पहिलो अनुभव हो । शैक्षिक रूपमा गणित विषयमा स्नातकोत्तर गरेका शाहले तत्कालिन ग्रिलेज बैंकको टेलरदेखि बैंकिङ करिअर सुरु गरेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा करिब १० वर्ष विभिन्न विभागमा रहेर काम गरेका शाह लक्ष्मी बैंकमा पनि लामो समय बिताइसकेका छन् ।
नेपालको बैकिङ्ग क्षेत्रमा यूवा बैंकर बैंकिरहरुको सूचिमा पर्ने शाह सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने बैंकरहरुको सूचि भित्र पर्ने नाम हो ।

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको लक्ष्मी बैंक लिमिटेडले केही शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न अधिकाशं शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेका मात्रै छन् कि कारोबार पनि भएको छ । बैंकका कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको बैकिङ्ग क्षेत्रलाई कस्तो असर पर्ने देखिन्छ । केही दिन भित्र आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर यो विशम परिस्थितिमा किन घटायो ?
यिनै र यस्ता विषयमा युवा बैंकर एवं लक्ष्मी बैंक लिमिटेडका सीइओ अजय विक्रम शाहसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साब यस्तो विशम र कठिन घडीमा बैंकहरुले डिपोजिटका व्याजदर घटाएको र खातामा पैसा भएका ऋणीहरुको पैसा बैंकले किस्ता तानेको देखिन्छ । कारण के हो ? मौकाको फाइदा लिने बेला अहिले हो र ?
नेपाल बैंकर्स संघबाट डिपोजिटका व्याजदर घटाएको सबैलाई अवगत नै छ । यसमा धेरै बोल्नै पर्दैन । अर्को कुराकर्जाको किस्ता तानेकोबारे चाही के हो भने खातामा पैसा भएका ऋणीहरुको किस्ता तानेका हौं । पैसा छैन भने असारसम्म छुट छ । १० प्रतिशत पनि दिइने भनेकै छौं । जबरजस्ती किस्ता तानेको पक्कै होइन । उहाँहरुलाई चाहिन्छ भने हामी दिन तयार छौं ।

समयमै किस्ता तिर्दा ग्राहकलाई फाइदा हुन्छ । बैंकलाई पनि राहत हुन्छ । अर्को कुरा चैत्र, बैशाख र जेष्ठको किस्ता थपिदै जाँदा गाह्रो बैंकलाई होइन, ऋणीलाई नै हुन्छ । यो बुझ्नु जरुरी छ । बैंकले कहिले जबरजस्ती काम गर्दैन् । राष्ट्र बैंक्ले १९ बुँदे निर्देशन जारी गर्दै असारसम्म छुट दिएको छ कर्जा तिर्न । यसरी बुझ्नु जरुरी होला नि ।

० नेपालको सक्षम र सबल बैंक लक्ष्मी बैंक लिमिटेडले यो विषम र अप्ठ्यारो अवस्थामा कस्तो सेवा दिएको छ ?
अरु बैकंहरुको जस्तै सेवा हाम्रो पनि छ । ग्राहकहरुले खोजेको सेवा हामीले दिएका छौं । अहिले पैसा राख्ने र झिक्ने मात्रै काम भएको छ । सामान ल्याउनेहरुलाई पैसा दिन रोकिएको अवस्था छैन । हरेक दिन केही शाखा खोली सेवा दिएका छौ । कर्जा गएको छैन । माग आए त्यो पनि दिने अवस्थामा बैंक छन् । गत चैत्रमा ८०÷९० वटा शाखा सञ्चालनमा थिए । तर, आज भोलि भने ३० वटा जति शाखा खोली सेवा दिएका छौं ।

० अहिले नेपाल पूर्णरुपमा लकडाउनमा छ । सबै घर भित्रै छन् । यस्तो अवस्थामा बैंक् पुगेर काम गर्ने कर्मचारीको स्वास्थ्य सुरक्षा र सुविधाका बारेमा के सोच्नु भएको छ ?
बीमा अनिवार्य पहिला नै कर्मचारी साथीहरुका गरिएको छ । यो बेला सबैलो आ–आफ्नो ठाउँमा सेवा दिनुपर्दछ । योगदान दिनु पर्दछ । त्यो कर्मचारी साथीहरुबाट भएको छ । हामी यसको मुल्याकन गर्ने पक्षमा नै छौं ।

छलफल गर्दैछौं । यो लकडाउन कति लम्बिन्छ । त्यसमा पनि भर पर्ने कुरा हो । अर्को स्वास्थ्य सुरक्षाको कुरा हामीले रोगथामका सबै उपाय अपनाएका छौं । सोसल डिस्टेन्स मेन्टेन गरेका छौं । माक्स, पञ्जा र सेनिटाइजर अनिवार्य गरिएको छ । ग्राहकको घुँईचो छैन । कारोबार कम छ । कम कर्मचारीहरुबाट काम गर्नु परेको पनि छ ।

० राज्यले कोरोना भाईरस बिरुद्ध लड्न स्थापना गरेको राष्ट्रिय कोषमा लक्ष्मी बैंकले चाहीके कस्तो सहयोग गरेको छ त ?
हामीले जम्मा १ करोड दिने निर्णय गरेका छौं । त्यसमा ७ वटै प्रदेशमा १०÷१० लाख र केन्द्रिय कोषमा ३० लाख दिएका छौं ।
अर्को कुरा हाम्रो आफ्नै संस्था लक्ष्मी कियर छ । त्यसमा १ देखि ३ दिनको कर्मचारीहरुको तलब दिएका छौं । करिब २८ लाख जम्मा भएको छ । त्यो संस्थाले राहत उपलब्ध गराउँदै आएको छ ।

० लामो लकडाउनले बैंकहरुको अव आउन लागेको वित्तिय विवरण (रिजल्ट)लाई चाहि कति असर पर्ला ?
विश्वमै असर छ । नेपालमा त नपर्ने कुरै भएन । हिसाब किताब त हाम्रो भएके छैन । तर, यो बेला शुल्क मिनाह छ । कमिशन आउदैन । हामीले फिक्स डिपोजिट लगायत डिपोजिट गरेका सबै प्रकारका ग्राहकलाई ब्याज दिइरहेका छौं । कर्जा किस्त उठेको अवस्था कम छ । फरक त पर्ने पक्कै छ । अर्को कुरा भूपेन्द्रजी कर्जा प्रोभिजन बढ्न सक्दछ ।

रेमिटेन्स ठप्प छ । धेरै कुरा छन् । त्यसकारण गत यहि बेलाको वित्तिय विवरण र अहिलेकोमा फरक हुन्छ । नाफा घट्ने निश्चित छ । समय र परिस्थिति अनुसार चल्ने बेला हो । यो त्यसकारण आत्तिनु पर्ने, डराउनु पर्ने चाहि छैन । कति समय यो लम्बिने हो त्यसमै भर पर्दछ नि ।

० सीइओ साब कोरोना भाईरसले नेपाली अर्थतन्त्र र नेपालको चलायमान बौकिङ्ग प्रणालीलाई कति असर पर्ने देख्नु भएको छ ?
मेरो विचारमा अहिले नै विश्लेषण गर्न उचित नहोला । यो कति लम्बिने हो । अहिले भन्न सक्ने अवस्था नै छैन । यो भूकम्प जस्तो होइन । कति समय लम्बिन्छ त्यसमा निर्भर पर्ने देखिन्छ । र त्यसपछि आर्थिक क्रियाकलाप कसरी चल्दछन् । त्यसमा भर पर्ने प्रस्टै छ । सामान्य अवस्थामा आउने केही समय पक्कै लाग्ने देखिन्छ । मानवीय स्वास्थ्य रक्षासंगै हामी चलेको अवस्थामा केही भन्न सक्ने अवस्था नै छैन ।

० हामी नेपालीले नाकाबन्दी, भुकम्प, समाजका परिवर्तन, राजनीतिक परिर्वतनका कुरा देख्यौ र भोग्यो । तर, आज सुन्दै नसुनेको लकडाउन भोगिरहेको अवस्था छौं । यसबाट कस्तो पाठ सिक्नु पर्ला ?
भूपेन्द्रजी अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । अहिले संसारनै अप्ठ्यारोमा छ । अति राम्रा मुलुकहरुले त यो रोगलाई थेग्न हम्मे÷हम्मे परेको देखिन्छ । यसलाई रोगथाम गर्ने उपायहरुको चाडो खोजी गरिनु प¥यो । स्वास्थ्यकमीहरु जो डाक्टर, नर्स र अस्पतालका कर्मचारी हुन् । उहाँहरुको स्वास्थ्यबारे राज्यले सचेत र चनाखो बन्नै पर्दछ । यो विश्वभरी डरलाग्दो अवस्थामा छ । हामीले स्वास्थ्यका पूर्वाधार अब निर्माण गर्ने बेला पक्कै आयो जस्तो मलाई लागेको छ ।

अर्को कुरा उद्योगधन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । यी सबैका लागि नयाँ पोलिसी ल्याउनु पर्दछ । नत्र बैंक तग्रिन धेरै समय लाग्ने देखिन्छ । अर्थतन्त्रको महत्वपूर्ण अंग बैंक र वित्तिय क्षेत्र हुन् यो भुल्नु पटक्कै हुँदैन । अर्को कुरा राज्यले स्वास्थ्य क्षेत्रका पूर्वाधार बनाउन चाहे हामी बैंकहरुले सहयोग गर्नुपर्दछ नि ।

० नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । उहाँसंग तपाईहरु कति आशावादी रहनु भएको छ त ?
राष्ट्र बैंकले चाहे जस्तै नेतृत्व पाएको छ । अर्थतन्त्र बुझेका मान्छे गर्भनर नियुक्त हुनुभएको छ । त्यसकारण अनुभवी क्षमतावान र कुसल प्रशासक उहाँ हो भन्ने हाम्रो बुझाई छ । अर्को कुरा बैकिङ्ग क्षेत्रलाई ३० वर्ष नेपाल राष्ट्र बैंक भित्रै बसेर बुझेको अनुहार हामीले गर्भनर पाएका छौं । हामी सकारात्मक छौं । बैंकिङ्ग प्रणाली खुसी पनि छ । यो अप्ठ्यारो बेला आउनु भएको छ । चुनौती बढेका छन् । हामी सहयोग गर्ने नै छौं । र राष्ट्र बैंकका नीति निर्देशन बैंकले पालना गरिरहेका छन् नि ।

० ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । अर्को कुरा ठूला ठूला कलेज र विश्व विद्यालयहरुले अनलाईन क्लास सञ्चालन गरेकाछन् । त्यसमा सहभागी भई उत्पादन मुलक काम गर्न सकिन्छ । यो बेला फि लाग्दैन । छुट दिएका छन् । अर्को कुरा घरबाट मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्गका काम गर्न उचित बेला पनि हो नि ।

नेपाल एसबिआई बैंकद्वारा प्रदेश सरकारलाई सहयोग

नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्यमन्त्री लाल बावु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५÷५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत बाँकी रहेका प्रतेक प्रदेश सरकारलाई रकम रु पाँच लाख र केन्द«ीय सरकारलाई रु पचास लाख अविलम्ब उपलब्ध गराइनेछ । यसका साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ

रूमा कोरोना संक्रमण भएको कसरी थाहा पाउनु भयो ?
मलाई टेस्ट गर्ने समयमा लक्षणहरु देखिएको थिएन । फ्रान्सबाट घर आइसकेपछि म कडा आइसोलेसनमा थिए । तर म घर आएको चौथो दिनमा मसँगै पढ्ने एक जना साथीलाई मलाई कोभिड १९ को संक्रमण देखियो भनेपछि म परीक्षण गराउन आएकी हुँ । म पनि परीक्षण गरौं न त भनेर आउँदा लक्षणहरु पनि देखिएको थिएन । २ दिनपछि नतिजा आउँदा कोरोना पोटिजिभ देखिएको भन्ने थाहा पाएँ । र यसै गरी म नेपालको दोस्रो केस भएँ भन्ने थाहा पाएँ ।

अस्पतालमा कति दिन बस्नु भयो ?
२७ दिन भयो ।

अस्पतालमा बस्दा कस्तो अनुभव रह्यो । डाक्टर र नर्सहरुको व्यवहार कस्तो पाउनु भयो ?
पहिलो कुरा त मलाई रिपोर्ट आउने वित्तिकै यहाँका डाक्टरहरूले घरमै एम्बुलेन्स पठाउनु भएको थियो । त्यो निकै इफेक्टिभ भएको थियो । डाक्टर अनुपलगायतले नै मलाई तिमी चिन्ता नलेउ भन्नु भएको थियो, यु विल बि अलराइट भनेर भन्नु भएको थियो । त्यसपछि सबै जनाले प्रोफेशनल मात्रै होइन व्यक्तिगत रुपमा पनि मलाई हेर्नु भएको छ । जहिले पनि ठीक हुन्छौं भन्नु भएको थियो । डाक्टर सागरराज भण्डारी र डाक्टर अनुप बास्तोलाप्रति धन्यवाद भन्न चाहन्छु ।

यहाँ बस्दा, उपचारको सिलसिलामा केही कमी महसुस भयो कि भएन ?
एक पटक मलाई कफ हुँदा खेरी डाक्टर अनुपलाई भने त्यसको ४/५ मै मेरो छातीको एक्सरे पनि भइसकेको थियो । त्यसैले कुनै पनि प्रकारको कमी भएको मैले पाइन् । त्यस्तो अनुभव भएन ।

संक्रमण भएपछि शरीरमा के असजिलो हुँदो रहेछ ?
म अस्पतालमा भर्ना भएको १/२ दिनपछि मात्रै लक्षणहरु देखिन थालेको थियो । शुरुमा श्वास फेर्न अप्ठ्यारो भएको थियो । पेटमा दुखेको थियो भने खोकी पनि थियो । मुख्यरुपमा त्यही नै थियो ।

निको भएर घर जाँदै हुनुहुन्छ, सरकारले कोभिड १९ फैलिन नदिन पनि प्रयास गरिरहेको छ । सरकारलाई के भन्न चाहनुहुन्छ ?
मुख्यकुरा त म नेपाल आउने वित्तिकै आइसोलेसनमा बसेको भएर फैलिन पाएन । तर अहिले धेरै मानिसहरु सरकारले भने अनुसार आइलेसनमा पुग्न पाउनु भएको छैन । मसँग जति सुविधा पाउनु भएको छैन होला । तर सरकारले यसका लागि धेरै काम गरेको छ । त्यसैले सरकारले उहाँहरुलाई आइसोलेसनमा राख्न प्रयास गर्नुपर्छ भन्न चाहन्छु ।

मानिसहरु के कुरामा सचेत हुनुपर्छ जस्तो लाग्छ ?
कोरोना संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन महत्वपूर्ण हो भन्ने लाग्छ । म पनि आइसोलेसनमा बसेको भएर कोरोना भाइसर फैलिन पाएन । त्यसैले यो महत्वपूर्ण हो भन्न चाहन्छु ।

म सेल्फ आइसोलेसनमा नबसेको भए मेरो परिवारमा फैलिन्थ्यो र त्यहाँबाट अरुलाई फैलन सक्थ्यो । त्यसैले सेल्फ आइसोलेसन एकदमै जरुरी छ । यदी तपाईरु बाहिरबाट आउनु भएको हो भने सरकारले परीक्षणको सुविधा छ गरिदिनु होला । साथै मिडियाले पनि महामारीको बेलामा कोरोना भाइरस सम्बन्धि स्टिग्मा सिर्जना नगरौं भन्न चाहन्छु । मिडियोको महत्व अत्यन्तै छ । मेरो विषयमा पनि नकारात्मक पोस्टहरु आएको थियो । त्यस बेलामा सत्य कुरा लेख्नुहुनेलाई म धन्यवाद भन्न पनि चाहन्छु ।

जसलाई रोग लागेको छैन, उहाँहरुले के गर्यो भने संक्रमण हुँदैन ? के सल्लाह दिनुहुन्छ ?
आफू नै सुरक्षित हुनुपर्छ । मास्क लगाउनुपर्छ, पञ्जा, चश्मा पनि लगाउनुपर्छ । अनावश्यक हिँडडुल पनि नगरौं भन्न चाहन्छु ।

अहिले अन्य संक्रमित नेपालीहरु पनि हुनुहुन्छ, तपाई निको भएर अहिले कन्फिडेन्स पनि देखिनु भएको छ ? संक्रमितहरुलाई के अस्पतालमा बस्दा के गर्ने सल्लाह दिनुहुन्छ ?
सबैभन्दा पहिले त धैर्यतामा बस्नहोला । मेरो पनि एकैपटक निको भएको होइन । लगातार परीक्षणपछि नेगेटिभ आएको हो । मनलाई अत्याउँछ । श्वास फेर्न गाह्रो हुने भएकाले गाह्रो हुन्छ तर आत्मबल बढाउनुपर्छ । निको हुन्छ ।

भविष्यको योजना के छ ?
म अहिले निको भएकी छु । शरीरको प्लाज्मामा अझै एन्टिबडी छ । आशा छ कि भविष्यमा कोहीलाई पनि नहोस भन्ने कामना गर्छु साथै कोही सिरियस बिरामी हुनु भयो भने उहाँहरुलाई मैले डोनेट गरेको प्लाज्माले सहयोग गरोस भन्न चाहन्छु । जो निको हुनुहुन्छ उहाँलाई पनि प्लाज्मा दिएर सहयोग गरौं भन्न चाहन्छु । (उपचारपछि निको भइ घर फर्कने क्रममा नेपाल टेलिभिजनसँग गरेको कुराकानी)

हामी २४ सै घण्टा जनतालाई सेवा दिन लागि परेका छौं

ब्रजेशकुमार झा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको विभागीय प्रबन्धक हुनुहुन्छ । पिता स्व.जयचन्द्र झा र माता प्रभादेवी झाका सुपुत्र ब्रजेशकुमार झाको जन्म महोत्तरीमा २०२१ साल साउन १८ गते भएको हो । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको उत्कृष्ठ नमूनाको रुपमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापनाको उद्देश्य, यसले देश र जनताप्रति निर्वाह गरिरहेको भूमिका, कालाबजारियाहरुबाट बेला–बेला हुने गरेका मूल्य बृद्धिलाई नियन्त्रण गर्नका लागि गरिएका प्रयास, भूकम्प, नाकाबन्दी, प्राकृतिक प्रकोपका बेला नेपाली जनतालाई खाद्यान्न लगायत चिनी, ग्यास समेत सहज बनाउँदै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यो विशम परिस्थितिमा अहिले के गरिरहेको छ ?

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो अब रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यस्तो अवस्थामा सरकारको पनि लगानी रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कस्तो सेवा दिइरहेको छ ?
नुन, चिनी र ग्यास लगायत खाद्यान्न कसरी विक्री वितरण भईरहेको छ । कहाँ कहाँ सहुलियत पसल खोली सेवा दिईरहेको छ ? ग्यास चिनीको अभाव बजारमा देखिएको छ । यसलाई कसरी हेरिरहेको छ । यी र यस्तै विषयमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा विभागिय प्रबन्धक ब्रजेश कुमारझासंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० यो विषम परिस्थितिमा राज्यको समेत लगानी रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कस्तो सेवा दिएको अवस्ता छ ?
हामीले सदाझै सेवा दिएका छौं । यो विशम र अप्ठ्यारो अवस्थामा अलिक बढि सचेत र सजकता अपनाएर काम गरेका छौं । यो बेला जनतालाई ग्यास, नुन, अन्य खाद्यान्नका सामाग्री पु¥याउनु पहिलो कर्तव्य हाम्रो हो भन्ने भावनाका साथ हामीले सेवा पक्कै दिएका छौं । हामी २४ सै घण्टा सेवा दिइरहेका छौं । नुनको लागि हाम्रो जिम्मेवारी छौं । त्यो पूरा गरेका छौं । १० महिनाको लागि आयोडिनयुक्त नुन पर्याप्त छ । १ लाख ६५ हजार मेट्रिक्टन नुन छ ।

० नुन, ग्यास, चिनी लगायतका खाद्यान्न र आवश्यक बस्तुको चर्को अभाव देखिन्छ । कति स्टक छ त ?
नुन प्रसस्त छ । चिनी र ग्यास पनि छ । चिनीको कुरा गर्दा गत वर्ष देखि चिनी आयातमा हामीलाई रोक लगाएका थियौं । सरकारले तर, यो अवधिमा १० हजार मेट्रिक्टन ल्याउन फेरि सरकारले हामीलाई निर्देशन दिएको अवस्था छ र हामीले ल्याएको अवस्था छ । २ हजार मेट्रिक्टन बिक्री ग¥यौ । ८ हजार मेट्रिक्टन चिनी अझै छ ।

अर्को कुरा स्वदेशी उद्योगहरुसंग पनि चिनी पर्याप्त होला । अहिलेलाई अभाव छैन । तर, २÷३ महिनापछि चाडवार्ड आउने भएकाले तयारी अहिलेबाटै थालिनु पर्दछ । ग्यासको कुरा उठाउनु भयो । ग्यास हाम्रो एसटिसी हो । यसको बजार २ प्रतिशत मात्रै छ । बजारमा हामीले दिएकै छौं । आधा सिलिण्डर बिक्री भएपछि कम बिक्री भएको छ । अब फेरि फूल सिलिण्डरको तयारीमा छौं । धेरै परिवारले राजधानी छाडेकाले ३५प्रतिशतले बिक्री घटेको छ । अभाव चाही हुने छैन । हामी सचेत छौं ।

० बजारमा अहिले यो विशम परिस्थितिमा खाद्यान्न सामान कालाबजारी भएको कुरा छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चाहि कति ध्यान दिएको ?
राम्रो प्रश्न गर्नु भयो । मैले भनिसके हामी २४ सै घण्टा जनतालाई सेवा दिन लागि परेका छौं अफिस र घरबाट पनि टेलिफोनको माध्यामबाट सामान पु¥याउने काम हामीले गरेको अवस्था छ । तपाईलाई थाहा छ । हिजो २०४६ सालको आन्दोलन, ०६२÷०६३ को जन आन्दोलन मधेशका विभिन्न आन्दोलन, भारतको अघोषित नाकाबन्दी र भूकम्पका बेला हामीले पु¥याएको योगदान सबैलाई थाहा नै छ ।

यो चाहि फरक बेला पक्कै हो । अदृश्य शक्तिबाट आएको कोरोना भाईरससंग लड्दै सेवा दिनु जोखिम मोल्नु नै हो । तर, दुःख र पीडाको बेला हामी चुप लागेर बसेका छैंनौ । इतिहास साक्षी छ । त्यसकारण ढुक्क भए हुन्छ । नुन हामीसंग प्रसस्त छ ।

० यो अत्यन्तै विशम र असहज अवस्थामा राजधानी बाहिर चाही साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कस्तो सेवा दिएको छ त ?
हामी सेवा दिनै बसेका मान्छे सदा झै सेवा दिएका छौं । हाम्रा सबै राजधानी बाहिरका अफिस खुल्ला छन् । स्थानीय तहसंग सहकार्य गरेर खाद्यान्न सामाग्री गाउँगाउँ पु¥याएका छौं । धनगढी नगरपालिकासंग सहकार्य गरेर त्यहाँ गाउँ गाउँमा सामान पुर्याउका छौं । नियमित बाहेक २÷३ वटा गाडी थपी काम गरेको अवस्था चाही छ । यदि कतैबाट हामीलाई खबर गरिए हामीले तत्कालै चिनी, चामल, ग्यास, दाल, नुन पठाउन तयार छौं । कुनै प्रकारको अभाव हुन हामी दिँदैनौ ढुक्क भए हुन्छ ।

० अहिले कोरोना भाईरसबाट विश्व नै रोहिरहेको अवस्था छ । यसबाट अब नेपाल पनि अछुतो रहेन यस्तो बेला सबै कार्यलय खुलाएर सेवा दिएको बताउनु भयो । कर्मचरी साथीहरुको स्वास्थ्य सुरक्षा चाहि कसरी मिलाउनु भएको छ त ?
भूपेन्द्रजी बडो राम्रो प्रश्न सोध्नुभयो । अहिले मान्छे देखि मान्छे डराउनु पर्ने बेला आयो तर पनि हामीले जीवननै जोखिममा राखेर २४ सै घण्टा सबै उपत्यका र वाहिरका कार्यालय खोली सेवा दिएका छौं ।

अर्को पक्ष हाम्रा कर्मचारीहरुको सुरक्षाका कुरा उठाउनु भयो । रोगथामका सबै उपाय हामीले अपनाएका छौं । गाडीमा सेनिट्राइजिङ गरेका छौं । माक्स, पञ्जा, सेनिट्राइजर प्रयोग गरेका छौं । भिडभाड हुन दिएका छैनौ । सोसल डिस्टेन्स अपनाएका छौं । अफिसमा कम साथीहरुबाटै काम गराएका छौं ।
२ सिफ्ट गरि काम गरेका छौं । विहान र दिउँसो गरि कर्मचारीहरुले काम गर्नु भएको छ । बीचमा मेन टिम बसेर छलफल गरिरहेका छौ नि ।

० नेपाल सरकारको पनि स्वामित्व रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले राज्यद्वारा कोरोना बिरुद्ध लड्न स्थापना गरेको राष्ट्रिय कोषमा कस्तो सहयोग गर्नु भएको छ त ?
यति पैसा नै भनेर निर्णय चाहि भएको छैन । बिगतमा हामीले विपत र अप्ठ्यारोमा राज्यलाई सहयोग गरेको इतिहास छ । हामी लेगर्ने नै हो । अहिले चाही नाफा नै नखाएर कम मुल्यमा खाद्यान्न सामान बिक्री गरेका छौं । यो पनि राहत हो ।
हामीले चिनी ७८ मा बेच्नु पर्नेमा ७३ मै बेचिरहेका छौं । यो जनतालाई राहत नै हो । अरु दाल, चामल, नुन पनि नाफा नखाई दिएका छौं ।

० बजारमा सामान नपाएको गुनासो पनि छ नि ?
हामीसंग यस्ता गुनासो आएको छैन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बेच्ने नुन, चिनी, दाल, चामल, ग्यास प्रसस्तै छ । हामीसंग माग गरे जति दिन तयार छौं । अर्को कुरा सम्बन्धीत कार्यलय मार्फत डिलर र सब डिलरले सामान मागे हामी तत्कालै उपलब्ध गराउन तयार छौं ।

० सहुलियत पसल पनि सञ्चालन गर्नु भएको होला नि ?
छन् नि किन नहुने, सतुङ्गल, कालीमाटी, जडिबुटि, भक्तपुर थरी ४ ठाउँमा सहुलियत पसल हाम्रा सञ्चालनमा छन् ।

० यो विशम र अप्ठ्यारो बेला विशेष सेवा दिएको बताउनु भयो अन्यमा केही छ ?
साच्चै भन्नुपर्दा हामीले पृथक तरिकाले सेवा यो विशम र अप्ठ्यारो बेला दिएका छौं । अहिले सुरक्षाको च्यालेन्ज पक्कै छ । गाडी चलेका छैनन् । रोगबाट बच्नु पर्ने दायित्व थपिएको छ । पहिला जस्तो सहज छैन । तर, पनि कुनै कम्प्रमाईज गरेका छैनौ । अर्को कुरा राज्य र विश्व स्वास्थ्य संगठनले दिएका निर्देशन पूर्ण पालना गरौं । सोसल डिस्टेन्स अपनाउ स्वास्थ्य रहौं, सुरक्षीत रहौं ।

एसबिआइ बैंकका कर्मचारीमाथि मुद्धा एनआइसीका कर्मचारीलाई कारवाही

नक्कली एलसी खोलेर करोडौं रुपैयाँ भारत पुर्याउने नेपाल एसबिआइ बैंकका कर्मचारीमाथि मुद्धा दायर भएको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ती कर्मचारीउपर मुद्धा दायर गरेको हो । १० बर्ष पूरानो मुद्धामा विभागले तत्कालिन पर्सा जिल्लाको रामपुरक शाखा प्रवन्धक विभा चौधरी र वीरगन्जका शाखा प्रमुख जीवनबाबु सुवेदी सहित ३ जनामाथि बैसाख २ गते मुद्दा दायर गरेको हो ।
५ जनाले मिलोमतोमा गैरकानूनी रुपमा २५ करोड ९४ लाख ८० हजार भारतीय रुपैयाँ भारत पुर्याएर सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा दर्ता भएको उक्त मुद्धामा ४१ करोड ५१ लाख रुपैयाँको बिगो कायम राखेर त्यसको दोब्बर ८३ करोड रुपैयाँ जरिवाना र कसुर अनुसार जेल सजाय माग राखिएको छ ।
नक्कली एलसी खोलेर भारतमा २५ करोड ९४ लाख ७ सय ९७ भारतीय रुपैयाँ ४१ करोड २ सय ७५ रुपैयाँ भारत पुर्याइएको अभियोग उनीहरुमाथि छ । विभागले बैशाख २ गते मुद्दा दायर गरेको हो । विभागले रेहान ट्रेडर्स नामक नक्कली कम्पनी दर्ता गरी भारत रकम पठाउने भारतीय नागरिक प्रमोदकुमार जयसवाल, नेपाली नागरिक पप्पु ठाकुर र श्रीलाल रौनियारविरुद्ध पनि मुद्दा दायर गरेको छ । १० वर्ष अगाडिको घटनामा एनआईसी बैंकका वीरगन्जका कर्मचारी समेत मुछिएका थिए । उनलाई पनि विभागीय कारवाही गर्न निर्देशन दिइएको छ

मेगा बैंकका ग्राहकहरुलाई घरमै बसी सामान किन्दा विशेष छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् ।

दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । कोरोनाभाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ ।

जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।

भाटभटेनीले शुक्रबारबाट उपत्यकाका ६ आउटलेट खोल्ने

भाटभटेनी सुपरस्टोरको नामबाट देशमै सबैभन्दा ठूलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले लकडाउनकै अवधिमा पनि राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोल्ने भएको छ । गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिनुभयो ।

भाटभटेनी ग्रुपले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो । ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् ।
भाटभटेनी समूहले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका आउटलेट पनि खुला रहनेछन् ।

प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिन लागेको हो ।
उल्लेखित आउटलेटहरु बिहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म स्टोर खुल्नेछन् । कोरोना संक्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिने छ । एकपटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गर्ने नीति लिइएको छ ।

‘लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो,’ पौडेल भन्नुहुन्छ, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सोसियल डिस्ट्यान्स कायम गरेर ढुक्कले सामान खरिद गर्न सक्नुहुन्छ ।’

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

गृहमन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआइपी)को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिरिषदमा लगेको छ। सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो।
गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेश गरेका हुन्। मन्त्रालयले पूर्व प्रधानमन्त्रीहरु, पूर्व गृहमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाई अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी फिर्ता गर्ने र कार्यविधि छलेर लगिएका सुरक्षाकर्मीहरु फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश गरेको हो। पूर्वप्रधानमन्त्रीलाई ३ जना गृहमन्त्रीलाई दुई जना बाहेक सबै सुरक्षाकर्मीहरु फिर्ता गर्ने प्रस्ताव गरिएको छ।

गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदी पथिकले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गइसकेको बताए। ‘मन्त्रिपरिषदमा पठाइएको प्रस्ताव जस्ताको तस्तै पास भए ७५ प्रतिशत सुरक्षाकर्मीहरु व्यारेक फर्कनेछन’, गृहमन्त्रीका सल्लाहकार सूवेदीले भने। उनका अनुसार सुरक्षा चुनौतिको विश्लेषण गरेर पनि कटौति गर्ने प्रस्ताव गरिएको छ। ‘सुरक्षा थ्रेट पनि विश्लेषण हुन्छ, कार्यविधिनै छलेर लगेको हकमा भने सबै फिर्ता हुनेछन्’, सल्लाहकार सुवेदीले भने।

सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न दुवै प्रहरी संगठनलाई निर्दैशन दिएको थियो।। गृहमन्त्रालयका बसेको बैठकले सुरक्षा कार्यविधि छलेर मन्त्रिपरिषद बैठकबाट निर्णय गराई खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता गरी सीमा सुरक्षामा खटाउन निर्दैशन दिएपछि त्यसरी फिर्ता गर्न मन्त्रिपरिषदकै निर्णय आवश्यक भएकाले सो प्रस्ताव मन्त्रिपरिषदमा लगिएको मन्त्रालयले जनाएको छ।

गत हप्ता गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक ठाकुर ज्ञावाली र शैलेन्द्र खनाललाई बोलाएर सीमामा तत्काल जनशक्ति अभाव भए विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्दैशन दिएका थिए। गृहमन्त्रीको सो निर्दैशनपछि दुवै महानीरिक्षकले आफूहरु सुरक्षाकर्मी फिर्ता गर्न तयार रहेको तर त्यसका लागि मन्त्रिपरिषदको निर्णय बाधक रहेको र उच्च राजनीतिक दबाब गृहमन्त्रालयले झेल्नु पर्ने शर्त राखेको थिए। मन्त्रालय स्रोतका अनुसार राजनीतिक दबाब र मन्त्रिपरिषदको निर्णय दुबै सहजीकरण गर्न आफू तयार रहेको गृहमन्त्री थापाले आश्वासन दिएका थिए। त्यसपछि गृहमन्त्रालयमा सचिव सहित बसेको बैठकले कार्यविधि छलेर लगेका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरिएको थियो।

मन्त्रालयले सीमा सुरक्षामा सशस्त्रको जनशक्ति कम भएपछि हिमाली र पहाडी जिल्लामा रहेका सुरक्षाकर्मीहरुलाई समेत तानेर तराइको जिल्लामा खटाउन निर्देशन दिएको छ। गृहमन्त्रालयले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीले थप ८ हजार ३ सय ८३ जना सुरक्षाकर्मीलाई सिमा क्षेत्रमा तैनाथ गरेको छ। नेपाल भारत सीमा सुरक्षाका लागि सशस्त्रले थप जनशक्ति व्यवस्थापन गरेको हो। यसअघिनै सशस्त्रको १४ हजार २ सय ६३ जनशक्ति रहेकोमा अहिले थप ८ हजार ३८३ थप पछि २२ हजार ६ सय ४६ तैनाथ गरेको हो। सशस्त्र प्रहरी मूख्यालयले दिएको जानकारी अनुसार नम्बर १ बाहिनी मुख्यालय सुनसरीबाट १ हजार ५ सय ४९, नम्बर २ बाहिनी छिन्नमस्ता बाहिनी महोत्तरीबाट ३ हजार २ सय ६२, नम्बर ३ गढीमाई बाहिनी मकवानपुरबाट १९ जना, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, नम्बर ५ विन्ध्यावासिनी रुपन्देहीबाट २ हजार ४ सय २० र नम्बर ७ वैधानाथ बाहिनी कैलालीबाट ११ सय १५ जना खटाएको छ।

कोरोनाको संक्रमण लगत्तै यसअघि नै पाँच हजार जनशक्ति सीमा क्षेत्रमा थप गरिएको थियो। यही बैशाख १ मन्त्रालयले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सीमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी र हेडक्वार्टरका करिब ३ हजार जनशक्ति नेपाल भारत सीमा क्षेत्रमा पठाउन लागिएको हो। यो अवधिमा नियमविपरित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता बोलाएर सीमा सुरक्षामा खटाउन लागिएको हो। गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार मात्रै विशिष्ट व्यक्तिको सुरक्षामा खटाउने जनाएको छ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७०ले पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनौं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका छन्। सो कार्यविधिअनुसर पूर्वराष्ट्रपतिले अगुवा पछुवाको गाडीसहित आजीवन सुरक्षाकर्मी पाउने व्यवस्था गरिएको छ। त्यसैगरी पूर्वउपराष्ट्रपतिलाई ५ वर्षसम्म अगुवा पछुवा र सुरक्षाकर्मीसहितको सुरक्षा दिने प्रावधान रहेको छ। गृहमन्त्रालय स्रोतका अनुसार सो कार्यविधिअनुसार पूर्व राष्ट्रपतिबाहेक अन्य कसैले पनि आजीवन सुरक्षाकर्मी प्रयोग गर्न पाउने छैनन्।

राहतमा अलमल- अर्थतन्त्र चौपट हुने अवस्थामा

रमेश कुमार भट्टराई । कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ।बिकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ। सम्पुर्ण उधोग ब्यवसाय बन्द छ।भारतबाट फर्केका र देश मै स्वरोजगार मुलक साना ब्यवसाय गर्ने र दैनिक मजदुरि गर्ने दशौ लाख मजदुर बेरोजगार भएर भोकभोकै मर्ने अवस्था छन।

खाडि मुलुक, मलेशिया र भारतमा काम गर्ने ३० लाख भन्दा बढि बेरोजगार भएकोले रेमिटान्स अाउन कम भैसकेको छ।कृषि उपजको ब्यवस्थित अोसारपसार नहुदा लाखौ किसान बैकं ऋृणको चिन्ताले मर्ने अवस्थामा छन।समग्।मा देशको अवस्था अत्यन्त दयनिय भैसकेको देखिन्छ।अर्थतन्त्र चलायमान गर्न समय छदै राहतका प्याकेज ल्याईएन भने अर्थतन्त्र चौपट हुने र सरकारले अाशा गरेको २.५% को अार्थिक वृद्धि ऋृणात्मक भई मुलुक असफल राष्ट्र हुने संभावना देखिन्दै छ।

त्यसैले अहिले पनि ढिलो भएको छैन।सरकार,केन्द्रीय बैकं र साधन श्रोत हुने सरकारि निकायले तत्काल राहतका पैकेज र सुबिधा घोषणा गर्न ढिला गर्नु हुन्न।।अहिले मुनाफा कमाउने भन्दा देश र जनता बचाउने बेला हो भन्ने कुरा बुझ्नु जरुरि छ।त्यसैले अर्थतन्त्रलाइ चलायमान बनाउने र उकास्न सक्ने क्षेत्र बैकं,बित्त कंपनि र सहकारि भएकोले यी मार्फत गर्न सकिने निम्न काम गर्न गराउन नेपाल राष्ट्र बैकंले सरकारको समन्वयमा तत्काल निम्न कदम चाल्न अावस्यक देखिन्छ।

१) लकडाउनमा राहतको अाशा गरेको बेला ठिक बिपरित बैकंहरुले गएको हप्ता निक्षेपको अौसत ब्याज १% घटाए तर ऋणको ब्याज घटाएनन।३५६५ अर्ब निक्षेप मध्ये ४२% बचत र कल निक्षेपको ब्याज घटाएर मासिक १ अर्ब २५ करोड कमाउने बाटो बनाए। कोरोना कोषमा २२/२३ करोड चन्दा दिएर अरबौ कमाउन तिर लागे र नव नियुक्त गभर्नरबाट बैकंले कुनै मिन्हा दिदैन सरकारले राहत दिन्छ भनी भन्न पनि लगाए।राष्ट्रिय संकटको बेला बैकंको यस्तो सामन्ति काम लाजमर्दो देखिन्छ।त्यसैले निक्षेपको ब्याज घटाएर कमाएको सबै अाय कोरोना राहत कोषमा जम्मा गराउनु पर्छ।

2)भारत,अमेरिका, जर्मनि, अष्ट्रेलिया लगायतले राज्यकोषबाट अर्बौ डलर निकालि उधोग ब्यवसाय,स्वरोजगारमुलक साना उध्दमि र बेरोजगार श्रमिकलाई लगानि गर्दैछन।हामी कहाँ बर्सेनि अर्बौ कमाउने बैकं, बित्त कंपनि र कर्पोरेट क्षेत्रले देश र जनता प्रतिको दायित्व पूरा गर्नको लागि पनि मुनाफाको ठूलो हिस्सा दिनै पर्छ।३१८२ अर्ब ऋण रहेको ब्यवसायिलाई राहत दिन बैकं बित कंपनिले अाषाढको बासलात नेगेटिभ नहुने गरि ३ महिनाको ब्याज मिन्हा दिनु पर्छ।नेपाल राष्ट् बैकंले चाहेमा सक्छ।ऋणको सावा मिन्हा कसैले मागेको छैन र दिनु पनि हुन्न।

३)राष्ट्र संकटको बेला सबैको सहयोग चाहिन्छ।करोडौ निक्षेपकर्ताको निक्षेपमा अौसतमा २% ब्याज घटाई ३% को स्प्रेड हुने गरि सम्पुर्ण कर्जामा ५% को ब्याजदर घटाउन सकिन्छ।उद्धोग ब्यवसालाई यो सुबिधा १ बर्षलाई दिदा ठूलो राहत हुन्छ।

४)सरकारको सांसद बिकास कोष,बिकास निर्माणको कनम नभई बाकि रहेको ७५% रकम र अन्य अनुत्पादक रकम बाट उधोग ब्यवसायको पुनर्उत्थानको लागि ४/५ ब्याज दरमा थप कर्जा दिन ने.रा.बैकंले पहल गर्नु पर्छ।

५)सामाजिक उत्तदायित्वको अन्तरगत बैकं बित्त कंपनिको मुनाफाको १% खर्च गर्न छुट्याएको मध्ये बाकि रकम फ्रिज गरि कोरोना कोषमा दाखिल गर्न निर्देशन दिनु पर्छ।

६)२०७२ बैसाख ११ को भुईचालो जादा बैकं बित्त कंपनिले निक्षेपको ब्याज सिस्टमबाट सबैको घटाए पनि कर्जाको ब्याज अधिकांशको नघटाएर सकंमा पनि सबै जसो बैकंले मुनाफा बृध्दि गरेर सामन्ति र स्वार्थि चरित्र देखाए।कोरोना लकडाउनको नकारात्मक प्रभाव लामो समय पर्ने भएकोले बैकंले यस पटक सदासयता देखाउने अाशा गरौ।

७)२०७२ को भुईचालो २०७३/०३/०९ मा राष्ट्र बैकंले अाश्विन मसान्त सम्म उठेको ब्याज अामदानि जनाउने र पुजिं समायोजन कोषमा राख्ने निर्देशन बैकंहरु र ब्यवसायिलाई राहत भएको थियो।कोरोना त्यो भन्दा ठलो सकंट भएकोले २०७७ पौष सम्म उठेको ब्याज अामदानि जनाउन दिई ढिलै साधारण सभा गर्ने स्वीकृति राष्ट्र बैकंले दिनु पर्छ।

८) २०७६ पौष सम्म सावा र ब्याज वा ब्याज नियमित भएको कर्जाको धितो सुरक्षणको अवस्था र ऋणिको बिगत भुक्तानि हिष्ट्रि हेरि अाषाढ सम्म चैत्रको ब्याज मात्र तिरेमा(३ महिने ब्याज छुट नदिदा) असल कर्जामा गणना गर्ने ब्यवस्था राष्ट्र बैकंले गर्नु पर्छ।

९)परियोजना कर्जाको काम सम्मन्न भएको वा बाकि छ भने लकडाउनको कारण तिर्ने अवस्था हदैन।अतः बाकि सावा ब्याज पुजिंकरण गरि अावस्यकत्ता हेरि १ देखि २ बर्ष ग्रेस अवधि थप गरि पुनरतालिकरणको सुबिधा दिनु उपयुक्त हुन्छ।

१०)कोरोना र लकडाउनको कारण देश भित्र र भारत लगायत बिदेशबाट फर्केका बिसौ लाख नेपाली श्रमिकलाई बेरोजगार छोडेमा खाना र काम नपाउदा तिनबाट बिद्रोह हुने संभावना रहन्छ।तिनलाई राज्यले सधै पालेर पनि राख्न सक्दैन।अतः तिनलाई सकिएमा निर्ब्याजि नसकेमा ३/४ प्रतिसत ब्याजमा बैकं बित्त कंपनि र सहकारि मनर्फत साना साना कर्जा दिई साना ब्यवसाय र अझ कृषिमा लगाउन सकिएमा रोजगारि नि बढाउन र बाझो खेतहरुमा उत्पादन गराई कृषिमा क्रान्ति नै ल्याउन सकिन्छ। नेपाल राष्ट्र बैकंले यश तर्फ निर्देशन दिन सक्छ।

११) सामाजिक सुरक्षामा अाबध्द कंपनिको चैत्रको रकम सरकारले तिरी दिने सकारात्मक राहतको घोषणरा गरेको छ।यसलाई कमसे कम लकडाउन अवधि भरि गरिनु पर्छ।
बिकास निर्माण नहुदा बजारमा पैसा नअाउने र भएको पनि कोरोना कोषमा जादा बैकंमा लगानि योग्य रकम नभई तरलताको कमि हुन जान्छ।अतः पौष मसान्त सम्म कर्जा निक्षेप अनुपात ८५ प्रतिसत बनाउनु पर्ने देखिन्छ।

१२) उधोग ब्यवसायलाई राहतको लागि अाषाढ सम्म बिध्युत डिमान्ड चार्ज, पेनाल्टि छुट लगायत अाश्विन मसान्त सम्म खपत बिध्युतमा २०% छुट दिई राहत प्रदान गरिनु पर्छ।  (लेखक पुर्व बैंकर तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)

सनराइज बैंकका सीईओ पौडेलले कोरोना चेक गराए, रिजल्ट–नेगेटिभ

कोरोना भाइरस महामारीका कारण सरकारले लकडाउन गरे पनि अत्यावश्यक सेवाहरु भने सुचारु छन् । चैत ११ गतेदेखि मुलुक लकडाउन हुँदा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलले अत्यावश्यक बैंकिङ सेवा दिदैं विभिन्न अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री पुराउन तल्लिन भए ।

मुलुकमा स्वास्थ्य सामाग्री पीपीइ, मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका सामान सहज उपलब्ध नभैरहेको समयमा पौडेलले हात्तिवनस्थित ३२ वर्ष पुरानो सप्लायर्ससँग सामान अर्डर गरेर झिकाए । विभिन्न अस्पतालसँग समन्वय गरेपछि उनी आफैं उपस्थित भएर पिपिईलगायतका सामान वितरण गरे ।

अस्पतालमा स्वास्थ्य सामाग्री अभाव भैरहेको बेला पौडेलले निरन्तर स्वास्थ्य वितरण गरिरहेकै समयमा सनसिटी अपार्टमेन्टमा कोरोना पोजेटिभ संक्रमित देखिए । त्यहि अपार्टमेन्टमा अर्थमन्त्री डा.युवराज खतिवडाका छोरा जो सनराइज बैंकमा कार्यरत छन् उनी बस्छन् ।

बाबुछोराको भेट भएको र उनीहरु जोखिम रहेको आशंका गरियो । यहिबीचमा सीईओ र अर्थमन्त्रीको भेट भएको साथै तिलक खतिवडासँग दैनिक भेट भएको भन्दै केहि सञ्चारमाध्यमा समाचार आयो । यसले पौडेल हैरानीमा परे ।

‘मैले अर्थमन्त्रीलाई भेटेकै थिएन तर केहि अनलाइनले भेटेको, लापरवाही गरेको भन्दै समाचार प्रकाशित गरे,’ उनले भने । भेट्दै नभेटेको कुरालाई अफवाह फैलाएपछि म बस्ने कोलोनीमा समेत सोध्न थालियो । केहिले फोनसमेत गर्न थालेको उनले बताए ।

‘अनाश्यक समाचारले सारै हैरानी दियो,’ उनले भने । त्यसैले बुधबार विहान वीर अस्पतालमा गएर उनले कोरोना परीक्षण गरे, साँझ रिपोर्ट आयो – नेगेटिभ ।

नयाँ गर्भनरलाई भेटेर बधाई दिंदासमेत नकारात्मक हुने गरि हल्ला चलाइयो । यसले गर्दा पनि आफु सुरक्षित छु भन्नका लागि पनि परीक्षण आवश्यक देखेर चेक गराएको पौडेल बताउँछन् ।

‘स्वास्थ्य परीक्षण गर्नु आफैंमा राम्रो हो तर कसैलाई मानसिक तनाव दिएर नभएको कुरा यस्तो संकटको बेला गर्नु राम्रो होइन,’ उनले भने ।

बिहिबार अस्पतालले उनलाई कोरोना नेगेटिभ भएको स्वास्थ्य प्रमाणपत्रसमेत दिएको छ । सनसिटी अपार्टमेन्टमा बस्ने अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडाको पनि कोरोना परिक्षण गर्दा नेगेटिभ देखिसकेको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बेला हो त्यहि भएर विभिन्न अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री पुराउन हाम्रो टिम लागेको हो, त्यो शिलशिला अझै जारी रहेको पौडेलले बताए ।

घर, अफिस र अस्पताल पुग्दा उच्च सतर्कता अपनाएको छु । स्यानिटाइजर गरेपछि मात्र घरभित्र छिर्ने गरेको छु । जोखिम लिएर हिड्ने रहर होइन तर तत्काल स्वास्थ्य सामाग्री पुराउनुपर्छ भनेर हिडेको उनी बताउँछन् ।

सनराइज बैंकले प्रहरी अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, विपी स्मृती अस्पताल, पाटन अस्पताल, आर्मी अस्पताल, भक्तपुरस्थित क्यान्सर अस्पताल, तिलगंगा अस्पतालमा वितरण गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सीईओ पौडेल आफैं उपस्थित भए ।

‘यस्तो बेला म घरभित्रै बसेर स्टाफलाई मात्र सामाग्री पठाउन पनि सक्थे तर संकटमा स्टाफको उत्प्रेरणा जगाउन पनि आफैं हिडेको हो । सुरक्षित र सजग भए जोखिम हुँदैन,’ उनले भने । सनराइज बैंकले देशका सातै प्रदेशका साथै केहि जिल्लामासमेत स्वास्थ्य सामाग्री पठाएको छ ।

कोरोना महामारीको प्रकोपमा एन आई सी एशिया बैंकका ऋणीहरूलाई बैंकद्वारा भारी सहुलियत

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रुपमा आवतजावतमा प्रतिवन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्र समेत प्रभावित भैरहेको यस असहज परिस्थितिमा एन आई सी एशिया बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशन अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ग्राहकहरूले चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाउनुभएमा किस्तामा समाविष्ट ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरिसकेको तथा अन्य विभिन्न छुट तथा सहुलियतहरू प्रदान गरेको सर्वविदितै छ ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उद्दार गर्न ऋणीले बुझाउन पर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यस अन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गर्नुभएका सम्पुर्ण ग्राहक महानुभावहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गर्नुभएमा बुझाउनु भएको साधारण ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहक महानुभावले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन ।

यस किसिमको सहुलियत नेपालको बैकिङ्ग इतिहासमा दुर्लभ नै उपलब्ध हुनेहुँदा सम्पूर्ण ग्राहक महानुभावहरुलाई यस मौकाको सदुपयोग गरी अधिकतम लाभ प्राप्त गर्नुहुन बैंकले अनुरोध समेत गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।