जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकद्वारा प्रदेश सरकारलाई सहयोग

नेपाल एसबिआई बैंकद्वारा प्रदेश सरकारलाई सहयोग

नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्यमन्त्री लाल बावु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५÷५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत बाँकी रहेका प्रतेक प्रदेश सरकारलाई रकम रु पाँच लाख र केन्द«ीय सरकारलाई रु पचास लाख अविलम्ब उपलब्ध गराइनेछ । यसका साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।

9795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका