जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी

स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले मन्त्री  ढकालविरुद्ध आइतबार अख्तियारको वेबसाइट मार्फत उजुरी  दिएका हुन्।

उजुरीमा भनिएको छ, ‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको देखिएको छ। साथै, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्।’

नेता पौडेलले उजुरी दिए लगत्तै अख्तियारको प्रवक्तासँग कुरा गरि उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन्। उजुरीमा बुँदागत विवरण समेत राखिएको जनाइएको छ।

एनआईसी एशिया बैंकले अब्बल र पृथक रुपमा बैकिङ्ग सेवा प्रदान गरेको छ

रोशन कुमार न्यौपाने बैकिङ्ग उद्योगमा चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम भित्रै पर्दछ । नेपालको सबै भन्दा धेरै शाखा सञ्जाल र ग्राहक भएको कर्जा प्रवाह, डिपोजिट र नाफामा सबै निजी क्षेत्रका बैंकहरुमा अब्बल र सक्षम सावित भैसकेको एनआईसी एशिया बैंकका सीइओ हुन रोशन कुमार न्यौपाने ।

सबै भन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको बैंकका सबै भन्दा कान्छा सीइओको उपनामले चिचिने रोशन कुमार न्यौपाने चाटर्ड एकाउटेण्ट पनि हुन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले सेवा प्रदान गरिरहेको अवस्ता देखिन्छ । । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको एनआईसी एशिया बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न शाखाहरु खोलेर सेवा दिइरहेका देखिन्छ ।

यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? एनआईसी एशिया बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुका सुरक्षा विधि कस्तो अपनाइएको छ ? बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यी आदि विषयमा एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० देश पूर्ण लकडाउनको अवस्थामा छ । कोरोना भाईरसका कारण जनता त्रसीत छन् । घरबाट बाहिर जाने अवस्था छैन । यस्तो बेला नेपालको सबैभन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकले कस्तो सेवा दिएको अवस्था छ ?
हामीले अब्बल र पृथक रुपमा सेवा प्रदान गरेका छौं । यो विशम परिस्थितिमा पनि हामी लगायत २७ वाणिज्य बैंकहरुले सेवा दिनु आफूमा राम्रो पक्ष पक्कै हो । तर, ग्राहकहरुको सख्या अत्यन्तै कम छ । साच्चै भन्नुपर्दा हामीले बैंक ग्यारेन्टी, एलसी जस्ता सेवा पनि ग्राहकहरुलाई दिएको अवस्था छ ।

यो समय घरमै बसी इन्टरनेत बैकिङ्गबाट कारोबार गर्ने बेला हो । अहिले हाम्रो डिजिटल बैंकिङ्गका धेरै सुविधा छन् । ग्राहकले यी सेवा प्रयोग गरेको देखिन्छ । हामीले भिडियो कन्फेन्सबाट देशभरी कुरा गरेर हाम्रा लाखौं ग्राहकलाई सेवा दिएका छौं ।

० कति शाखा सञ्जालबाट एनआईसी एशिया बैंकले सेवा प्रदान गरेको अवस्था छ ?
घरैमा बसी डिजिटल बैकिङ्ग सेवाबाटै कारोबार गरौं भनेको अवस्थामा पनि पनि एनआईसी एशिया बैंकले १ दिन विराएर फरक÷फरक शाखा खुलाएको छ । हामीले प्रदेश १ मा ९ वटा प्रदेश २ मा ११ वटा, प्रदेश ३ मा ७ वटा, प्रदेश ४ मा १ वटा, प्रदेश ५ मा २ वटा, प्रदेश ६ मा १ वटा, प्रदेश ७ मा ४ वटा शाखा कार्यालय सञ्चालन गरि ग्राहकहरुलाई सेवा प्रदान गरेका छौं । एनआईसी एशिया बैंकल ग्राहक मैत्री बैंक भएकाले सेवा दिनु कुरालाई कुनै कन्जुसी हामी कहिले गर्दैनौ ।

० यति धेरै शाखा खोलर एनआईसी एशिया बैंकले कारोबार गरेको तपाईले बताईरहँदा यो कोरोना भाईरसको महामारकिा बेला कर्मचारी साथीहरुको सुरक्षाबारे कति चिन्तित रहनु भएको छ सीइओ साब ?
अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी साथीहरुको हाम्रा सम्पत्ती हुन् उहाँहरुको सुरक्षा नै हामी बैंकरहरुको पहिलो दायित्व हो । त्यसकारण हामीले माक्स, सेनिटाइजर र पञ्जा प्रयोग लगायत एटिएमलाई समेत सेनिटाईजिङ्ग गरेका छौं । कर्मचारी कम मात्रामा छन् । ग्राहक अझै कम मात्रामा आएको अवस्था छ । कारोबार सानो भएको छ । यो अवस्था घरबाटै सूचना प्रधिवीबाट डिजिटल बैकिङ्ग गर्नु उचित हुन्छ । यो समय भनेको आफू बाँच्ने र अरुलाई पनि बचाउने समय हो ।

० राज्यले ग्राहकका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएके छ ।
यो अत्यन्तै सकारात्मक पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा दिएका छौं । यो साच्चै भन्दा आवश्यक नै थियो ।
अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ ।

अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व हो । असार मसान्तसम्म कर्जाहरुको सावाब्याज तिर्ने समय दिएको छ । यसले ग्राहकलाइ ठूलो राहत मिलेको देखिन्छ । भूपेन्द्रजी । हामी यहि समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ भन्ने हाम्रो पनि सोच छ । अप्ठयारो अवस्थामा ग्राहकहरुलाई साथ र सहयोग हामी बैंक र बैंकरले नदिए कसले दिन्छ ?

० नेपाल सरकारले विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस बिरुद्ध राष्ट्रिय स्तरको कोष स्थापना गरेको छ । यसमा तपाईको बैंकको कस्तो सहयोग रहन्छ त ?
पहिलो चरणमा हाम्रो एनआईसी एशिया बैंकले तत्कालै आवश्यकतालाई महसुस गरी खाद्यान्नका केही सामाग्री राज्यलाई दिएको अवस्था छ । केही बैंकर र उद्योगी धरानाहरुले कोषमा रकम दिएको अवस्था छ । दोस्रो कुरा यो अवस्थामा बैंक खोलेर सेवा दिनु नै महत्वपूूर्ण कुरा हो । राज्यलाई सहयोग गर्ने दायित्व हाम्रो पनि हो । हाम्रो दायित्व समाजमा बढेको छ । हामी यही समाजकै मान्छे हौं । बैंकरहरु यो विशम र अप्ठ्यारो परिस्थितिमा राज्यलाई साथ दिन तयार छन् ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले नेपालको बैंकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला ?
यो समय चिन्ताको विषय भनेको मानवीय क्षती बचाउनु, आफू बच्नु र अरुलाई पनि बचाउनु हो । अर्थतन्त्र आज नभएर भोलि राम्रो होला । विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ ।

यसले लामो समय यस्तै अवस्था भयो भने नेपालको बैकिङ्ग प्रणाली तग्रिन केही समय चाही पक्कै लाग्ने अनुमान छ । तर, मानव जीवन रहे अरु कुरा त विस्तारै भई हाल्छ नि । आत्तिनु पर्ने अवस्था छैन । यो बेला ग्राहकलाई पैसा नभएर दाल, चामल, औषधी मुलो किन्न नपाउने अवस्थामा हामी हाम्रा लाखैं ग्राहकहरुलाई अप्ठ्यारोमा पार्दैनौ । पैसा बैंकमा छ फोन गर्नुहोस् हामी तपाईलाई तत्कालै सेवा दिने तप्पर छौं । प्रतिवद्ध छौं । निराश नहुनुहोस । स्वास्थ्य जीवन जीउनु होस् परिवाससंग बस्नुहोस् ।

० लकडाउन बढेको बढेको छ । फेरि बढ्ने संकेत देखिन्छ । यस्तो अवस्थामा तपाईहरुले कस्तो पूर्व तयारी गर्नु भएको छ ?
यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ हामी बैंकरहरु बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर लड्नुपर्दछ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ । एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो ।

साँचै भन्दा हामी भन्दा विकशीत र शक्तिशाली राष्ट्रहरुले समेत पूर्व तयारी नगरेको बेला हामीले त के पो गर्न सक्दछौ । तर, यसले एउटा महत्वपूर्ण पाठ हामी नेपालीलाई सिकाएको चाही पक्कै छ ।

थप एक सातासम्म लकडाउन भइसकेको छ । यसले सबै कुरा स्तब्ध भइसकेको छ । अझै अर्थतन्त्रमा ठूलो क्षती पु¥याइसहेको छ । आगामी बजेटमा पनि यसको असर पक्कै पनि देखिन्छ । विकासका कुरा पनि पछाडी पार्छ । विकसित देशमा जस्तै ठूलो राहत प्याकेत ल्याउने अवस्था देखिदैन । चलिरहेको काम एक्कासी ठप्प बन्द हुँदा त्यसको असर पर्छ । तर, आत्तिनु पर्दैन समय बलवान छ । सबैकुरा ठीक हुँदै जान्छ । तर मानव क्षती हुनु भएन नि ।

० नेपालकै ठूलो शाखा सञ्जाल र ग्राहक भएको बैंकको सबै भन्दा कम उमेरको सीइओ तपाई लकडाउनमा घरमै समय विताएका करोडौं जनतालाई के सन्देश दिन चाहानुहुन्छ ?
पहिलो कुरा त आफू बचौं अरुलाई पनि बचाउ । मानव रहे जीवन रहे, सबै कुरा देखिन्छ । त्यसकारण घरभित्रै बसौ । अर्को कुरा आज कोरोना भाईरसले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध छटपटाईरहेका छन् ।

बिरामी छन् । सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं । घरमै बसी नयाँ नयाँ सृजना गरौं मोबाइलबाटै डिजिटल कारोबार गरौं । परिवारसंगै दिन विताउ ।
अर्को कुरा विदेशबाट आउनु भएका सबै साथीहरु घरमै क्वाराइनटाइनमा बसौ । केही भए अस्पताल जाउँ । आफूलाई बचाऔं र अरुलाई पनि बचाउ ।

कोरोना भाइरस नियन्त्रण कोषमा गरिमा विकास बैंकको ३५ लाख

विश्वभर कोरोना भाईरस (कोभिड–१९)को दुष्प्रभावबाट आक्रन्त भएको छ । स्वास्थ्य सजगता र सुविधाबाट उच्च कोटिमा पर्ने मुलुकको अवस्था नै दयनीय छ । यस्तो परिस्थितिमा कोभिड–१९ को प्रभाव न्यून होस भन्ने उद्देश्यले नेपाल सरकारले राज्यभर लकडाउनको घोषणा गरेको छ ।

यसको जनताबाट समेत पूर्ण समर्थन भएको महसुस गर्न सकिन्छ । कोरोना भाईरसले सङ्क्रमण रोकथामको लागि अधिकतम सम्भाव्य मानिसहरुको स्वास्थ्य परिक्षण् गर्न गराउनको अतिरिक्त लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको जोह गर्न समेत धौधौ पररिहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई नै कठिन परेको यस सम्बेदनशील घडीमा गरिमा विकास बैंक लिमिटेडले मुलुकका सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि रु ५ लाखको दरले रु ३५ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ । सो रकम प्रदेश सरकारको राहत कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागः प्रकाशनमा रोक छैन

प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, (पहिलो संशोधन २०७४) बमोजिम दर्ता÷सूचीकरण नभएका १७ वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो र उजुरी आउनाका साथै स्वअनुगमनबाट समेत सोको पुष्टि भएको जनाउँदै काउन्सिसले त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन÷प्रसारण हुन नसक्ने व्यवस्था मिलाइएको बताएको छ ।

कोरोना भाइरस सङ्क्रमणसम्बन्धी समाचार प्रकाशनप्रसारण गरेकै भरमा केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने प्रचारबाजीप्रति काउन्सिलले खण्डन गर्दै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका,२०७३ को दफा ३,उपदफा (४) मा “दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइनेछैन “ भन्ने उल्लेख गरेको छ । त्यसैगरी दफा १० को (क) मा नेपालको संविधान र प्रचलित कानूनबमोजिम प्रकाशन वा प्रसारण गर्न नहुने सामग्री र (ख) मा पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशनप्रसारण गर्न पाइने छैन भनिएको छ ।

त्यस्तै दफा १८ मा–दफा १० को विपरीत प्रकाशित वा प्रसारित सामग्री नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने व्यवस्थाका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र सोबमोजिम काउन्सिलबाट लेखिआएमा सम्बन्धित निकायले त्यस्तो सामाग्रीलाई नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ ।” भन्ने व्यवस्था छ ।

नेपाल पत्रकार महासंघसमेतको परामर्शमा जारी पत्रकार आचारसंहिता २०७३(पहिलो सम्शोधन ०७६) को दफा ५(१४) मा “पत्रकार तथा सञ्चार माध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसङ्ग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोहीकसैका बारेमा पनि सम्प्रेषण गर्न हुँदैन” भन्ने प्रावधान छ ।

नेपालमा दर्ता वा सूचीकृत भएका दुई हजार १७९ अनलाइनको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको जनाउँदै काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन, दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गरेको छ ।

सबै अनलाइन सञ्चारमाध्यमलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएको बताउँदै काउन्सिलले हल्लाको पछि नलाग्न र आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीका साथ तथ्यपरक र उत्साहवद्र्धक सामग्री सूचना सम्प्रेषणमा जुट्न पत्रकारलाई पुनःआग्रह गरेको छ ।

संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटका बेला भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै अख्तियारको ध्यानाकर्षण गराएका छन्।

कोरोना भाइरसँग लड्न सरकारले चीनमा खरिद गरेका स्वास्थ्य सामाग्रीमा अनियमितता भएका समाचार सार्वजनिक भइरहेका बेला शर्माले अख्यितारको ध्यानाकर्षण गराएका हुन्। उनले संकटको बेला सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको भन्दै दल र नागरिकले साथ दिइरहँदा अनियमितता नोटिसमा लिनु अख्तियारको दायित्व भएको बताएका छन्।

‘अख्तियारलाई स्मृति पत्र ! संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व। साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण,’ उनले ट्वीटमा भनेका छन्, ‘अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, ‘तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न  ।

सनराइज बैंकद्घारा उपकरण सहयोग जारी

सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ ।

मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनु भयो ।

सोही कार्यक्रममा महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीले सन्राइज बैंकद्घारा निभाएको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो भूमिका एकदम सराहनीय रहेको र यस्तो भूमिकाले सन्राइज बैंक अझै माथि पुग्ने बताउनु भयो ।

साथै प्रमुख कार्यकारी अधिकृत पौड्यालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न बैंकले थुपै्र योजना ल्याएको जनाएको छ ।

निजी अस्पताल र मेडिकल कलेजले सरकारलाई साथ दिनेछन्

सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताए ।

कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले सीमानाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

“भारतका विभिन्न स्थानमा रोजगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् । केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो”, मन्त्री पोखरेलको भनाइ छ । उनले भने, “भावनात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परेको विषय हो । विपदमा जो जहाँ छौँ, त्यहीँ बसौँ ।”

भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन उनहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्कालको लागि सबैभन्दा उत्तम विकल्प भएको उहाँको भनाइ छ । विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जोखिमपूर्ण वा सङ्कटको समयमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ ।

उनले कोरोनाको परीक्षण, रोकथाम तथा अन्य व्यवस्थाका लागि सरकारले जुनसुकै खालको पनि प्रयत्न गर्ने र त्यसमा साथ सहयोग नेपाली नागरिक तथा सम्बद्ध सरोकार भएका सबै क्षेत्र र निकायको रहनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । चीनबाट ल्याइएका मेडिकल सामग्री तथा अन्य उपकरणका विषयमा अनावश्यक हल्ला चलाइएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जोसुकै व्यापारी तथा सामान आयतकर्तालाई पनि सामान ल्याउन आग्रह गर्दासमेत नमानेका कारण छोटो बाटो अपनाउनुपरेको जानकारी दिए ।

विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उनको कथन छ । सरकारले आवश्यक परेको खण्डमा जुनसुकै देशबाट पनि ‘जि टु जि’ अवधारणमा सामान आयात गर्न सक्ने स्पष्ट पारे  । उनले भने, “सरकार नागरिकको अभिभावक पनि हो । आवश्यक पर्दा विषम परिस्थितिमा विषम निर्णय पनि लिन्छ । त्यसका लागि सरकार तयार छ ।” उनले निजी अस्पताल र मेडिकल कलेजले समेत सरकारलाई साथ दिने र सहयोग गर्ने बताएको र एकाधले केही कमजोरी गरेको भए पनि सरकारको आग्रहलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे  ।

लकडाउनको समयमा सबै नेपाली नागरिक इमान्दार भएर घर तथा आफ्नै निवासमा रहेर देश र आफ्नैसमेत सुरक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले विपद् समग्र मानव सभ्यता र संस्कृतिविरुद्धको प्रहार भएकाले यसमा सबैको उत्तिकै साथ र सहयोग रहनुुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । आइतबारको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी तथा श्रमिक वर्गका लागि विशेष राहत प्याकेज ल्याएको र त्यसको व्यावहारिक कार्यान्वयन गरिने भएकाले त्यस्ता व्यक्ति वा वर्गलाई नआत्तिनसमेत उपप्रधानमन्त्रीले आग्रह गरे ।

स्थानीय तहले नै कम आय भएका, ज्यालादारी तथा श्रमिक चिन्ने भएकाले विधिअनुसार नै उनीहरुले राहत पाउने र सरकारले उपलब्ध गराउने दृढता व्यक्त गरे  । उपप्रधानमन्त्रीले सरकारले गरेका हरेक निर्णय नेपाल र नेपाली जनताको हितलाई केन्दमा राखेर भएकाले कुनै दुविधा नराख्न र गलत मनसाय राख्नेले चलाएको हल्लामा नलाग्नसमेत आग्रह गरे ।

नेपाल ग्यासले उपत्यकाका ६ वटा चोकमा राखेर ग्यास बेच्ने

नेपाल ग्यासले अति समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट ग्यास बिक्री गर्ने भएको छ। बालाजु औद्योगिक क्षेत्रको गेटबाट ग्यास बिक्री गर्दै आएको कम्पनीले उपत्यकाको विभिन्न स्थानमा मिति तोकेर नै ग्यास बेच्न लागेको हो।

कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताले खाना पकाउनै नपाएको अवस्थालाई ध्यानमा राखेर ग्यास बिक्री गर्न लागेको जानकारी दिए। ‘हामीले डिलरमार्फत पनि ग्यास पठाइरहेका छौं। तर उपभोक्ताले ग्यास नपाएको भन्दै उद्योग परिसर बालाजुमै आउन थाले,’ उनले भने, ‘वैकल्पिक व्यवस्थाको रूपमा उपत्यकाको विभिन्न स्थानमा ग्यास बिक्री गर्न लागेका हौं।’

उनका अनुसार चाबहिल चोक र वाफल चोकमा चैत १९ गते बुधबार ग्यास बिक्री गरिनेछ। सुरक्षाकर्मीको समन्वयमा त्यो क्षेत्रमा ५ सय ६० वटा सिलिण्डर ग्यास बिक्री गरिने उनले बताए। त्यसैगरि कोटेश्वर र बानियाँटार चोकमा बिहीबार ग्यास बिक्री गरिने छ।

भनिमण्डल चोक र महाराजगंज चोकमा शुक्रबार ग्यास बिक्री गरिने उनले बताए। सबै क्षेत्रमा ५ सय ६० सिलिण्डर ग्यास बिक्री हुने बताउँदै उनले सुरक्षाकर्मीले त्यति संख्याका उपभोक्तालाई मात्रै लाइनमा राख्ने बताए।

कुमारी बैंकको राष्ट्रिय कोभिड राहत कोषमा सहयोग

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पु¥याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पु¥याउने भएको हो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू. १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो । सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त छ । यही चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रु १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गर्नुभयो ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

एक महिनाको विद्यालय शुल्क छुट दिँदा कोही टाट पल्टने अवस्था रहँदैन

डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उहाँ खटिरहनुभएको छ । अर्थतन्त्रमा कोरोनाको संक्रमण कम गर्ने महत्वपूर्ण कार्यमा अनवरतरुपमा खटिरहनुभएका डा खतिवडाले सरकारले चालेका कदमबारे थप प्रष्ट पार्नुभएको छ । लकडाउनका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभाव न्यून गर्ने लक्ष्यका साथ सरकारले गरेका निर्णयबारे उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)का प्रतिनिधिहरु रमेश लम्साल, हरि लामिछाने र अशोक घिमिरेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरेको कुराकानीको सम्पादित अंशः

कोरोनाविरुद्ध लडाईँ चलिरहँदा यहाँ अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । यो विषम परिस्थितिलाई कसरी बोध गरिरहनुभएको छ ?

मुलुक अप्ठ्यारो अवस्थामा छ । हामीमा आइपर्ने सबै समस्या हामी आफैँले सिर्जना गरेका हुँदैनन् । तर, अरुले सिर्जना गरेको समस्या पनि हामीले भोग्नुपर्ने हुन्छ । कोरोना सङ्क्रमणको जोखिम पनि त्यस्तै भोगाई हो । यो भोगाई सरकारको कारणले उत्पन्न भएको समस्या नभएकाले यो सबै नेपालीको साझा स्वास्थ्य र जीवनसँगको विषय भएकाले के राजनीतिक दल, के प्रतिपक्ष, नागरिक समाज, उद्योगी तथा व्यवसायी, प्रेस हामी सबै एक ठाँउमा उभिनुपर्छ । सही सूचना सम्प्रेषण गर्ने काम सरकारको हो ।

सामाजिक सञ्जालमा रहेकाले सही सूचना मात्र प्रवाह गर्नुपर्छ । सही सूचना मात्रै शेयर गर्ने, अनावश्यक त्रास र भय सिर्जना गर्ने काम कोही कसैले पनि गर्नुभएन । प्रेस जिम्मेवार छ, मैले बोल्नै पर्दैन । अहिले हाम्रो समाचार सम्प्रेषणको महत्वपूर्ण माध्यम सञ्चार नै हो । उनीहरु जिम्मेवार ढंगले प्रस्तुत होऊन् र सरकारलाई पनि सहयोग गरुन् भन्ने नै हाम्रो चाहना हुन्छ । त्यसमा विशेष गरी दुई तीन वटा कुराको अपेक्षा गर्दछु ।

सरकारको तर्फबाट पनि प्रर्याप्त सूचना तथा जानकारी, काम कारवाही, तयारी, कमी कमजोरी भएको भए आत्मबोध समेत हुनुपर्छ । सरकारको काम कारवाही प्रभावकारी भयो वा भएन, त्यो प्रभावकारी भएको छैन भने किन भएको छैन । थप प्रयास गर्नुपर्ने छ भने के गर्नुपर्छ । यो कुराको लागि सेवा लिने, लाभग्राही प्रभावित व्यक्ति सेवा तथा क्षेत्रलाई हामीले सम्पूर्ण राहत तथा उद्धार उपलब्ध गराउने कुरा गरेका छौँ । त्यसमा पृष्ठपोषण आउनुपर्छ । त्यसका लागि सूचना जानकारी दिने, मोफसल र प्रदेशबाट जानकारी लिएर सरकारले के गर्नुपर्दछ भन्ने कुराको सविस्तार जानकारी दिनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ ।

निजी क्षेत्रका सञ्चार माध्यमले राम्रो कुरा गर्नुभएको छ । यदी कतैबाट भ्रम फैलाउने काम भएको छ भने त्यसलाई यो भ्रम हो भनेर स्पष्ट पारिदिने काम पनि सञ्चार माध्यमकै हो । हामीसँग सरकारी सञ्चार माध्यम पनि छन् । उनीहरुले सरकारको कार्यक्रम मात्रै प्रस्तुत गर्ने, सरकारको धारणा मात्रै राख्नेभन्दा पनि अझ स्पष्ट भन्ने हो भने सत्य तथ्य कुरा राखिदिने हो । सम्पूर्ण सञ्चार क्षेत्रलाई भ्रममा बसेर र आग्रह तथा पूर्वाग्रह राखेर काम नगर्न म सञ्चार मन्त्रीको हैसियतले अनुरोध गर्छु ।

सरकारले पछिल्ला दिनमा एक दिन बिराएर केही न केही निर्णय गरिरहेको छ । आवश्यकता पर्दा दिन दिनै पनि निर्णय गरिरहेको छ । हाम्रा निर्णयहरु पूर्व तयारीका लागि नै धेरै छन् । खासगरी कोरोना सङ्क्रमण नहोस् भन्नका लागि हामीले अन्तर्राष्ट्रिय सीमा नाका बन्द ग¥यौँ । त्यसमा हवाई मार्ग, स्थलमार्ग बन्द ग¥यौँ । त्यो बन्द गरेपनि बन्द हुनुभन्दा अगावै प्रवेश गरेका नेपाली सङ्क्रमित पो थिए कि, छन् कि, लक्षण देखिएका छन् कि, स्थानीय तहबाट सूचना लिएर त्यस्ता बिरामी वा सङ्क्रमितको विषयमा जानकारी दिने कुरा पनि छ । त्यस्तै निश्चित देशबाट आएकालाई समय अवधि नै तोकेर क्वारेन्टाइनमा राख्ने कुरा गरेका थियौँ । त्यस्ता व्यक्ति क्वारेन्टाइनमा बसे नबसेको, सेवा पुगे नपुगेको जानकारी पनि लिनुपर्छ । त्यस आधारमा हामीले अझ बढी उच्च सतर्कता अपनाउँदै जाने कुरा पनि भयो ।

अहिले जनजीवन कष्टकर रहेको छ । यस्तो बेलामा हामी के चाहन्छौँ भने जीवन कुनै प्रकारको जोखिममा नहोस् । रोगको सन्त्रासले त भयावह स्थिती बनायो नै, तर त्योभन्दा बढी महत्वपूर्ण कुरा चाही न्यूनतम आवश्यक वस्तु खाद्य वस्तु तथा अत्यावश्यक वस्तु उपलब्ध नभएर नागरिक पीडित हुनु नपरोस् भन्ने हो भने त्यो स्वास्थ्य जोखिममा नपारीकन न्यूनतम आपूर्ति पनि गर्नु परेको छ । त्यहाँ कहीँ कतै ज्यादती भएको छ कि वा अभाव भएको छ कि , कहीँ कतै अस्वाभाविक भीडभाड भएर जोखिम पैदा भएको छ कि, यस्ता विषय पनि सञ्चार माध्यमले बाहिर ल्र्यादिनुपर्छ र सरकारलाई सचेत भएर काम गर्न बल मिल्दछ । हामीले त्यसलाई सुधार गर्ने र नागरिकको जीवनलाई जोखिममा नपार्ने गरी आपूर्ति व्यवस्थालाई सहज बनाउने नै हालको प्रमुख रणनीति हो । सरकारका काम कारवाहीलाई परिमार्जन गर्न र सर्वसाधारण नागरिकलाई पनि यस्तो सम्म गरे हुन्छ, र यस्तो गर्नु हुन्न भन्ने बोध हुने भएकाले कारवाहीमा पर्ने वा समस्यामा फस्ने जोखिमबाट बच्न सकिन्छ ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले केही यस्ता निर्णय गरेका छन्, ती कोरोनासँग जोडिएका विषय होइनन्, यस्तो बेला ती निर्णय किन गर्नुपरेको होला ?

म यसैमा आउँदै थिए । मरिच, छोकडा, हरियो केराऊ (मटर) र मदिराको आयात नियन्त्रण गर्ने भन्यौँ, हामीले । मरिच, मटर र छोकडा हामीलाई एक वर्षलाई होइन, धेरै वर्षलाई पुग्ने आयात गरिसकेका छौँ, कति आयात गर्ने ? आवश्यक छैन । सीमावर्ती क्षेत्रमा भन्ने हो भने त्यो अवैध व्यापारको क्षेत्र बन्यो । त्यो भएर हामीले रोकिदीयौँ । यो निर्णय यतिबेला नै किन गर्नुपरेको होला त भन्दा, हामीलाई अहिले पर्यटनको आम्दानी, विप्रेषण कम भयो, निर्यातमा पनि प्रभाव पर्न सक्छ । यसले विदेशी मुद्राको आर्जन कम हुन सक्छ । त्यसो हुनाले खर्च गर्ने ठाँउ पनि घटाऔँ, व्यापारको विचलन पनि रोक्ने र विदेशी मुद्राको खर्च पनि रोकौँ भनेर नै हो । त्यो गर्ने क्रममा मदिराको पनि गरियो ।

मुलुक समस्यामा छ, केही समय मदिरा नपिए पनि हुँदो हो नी ? त्यसबाट पनि विदेशी मुद्रा वचत हुन्छ । जहाँसम्म रह्यो, सवारी साधन । पचास हजार डलरभन्दा माथिको सवारी साधन भनेको निकै विलाशिसताको सवारी साधन हो ।

मुलुक समस्यामा छ, केही समय मदिरा नपिए पनि हुँदो हो नी ? त्यसबाट पनि विदेशी मुद्रा वचत हुन्छ । जहाँसम्म रह्यो, सवारी साधन । पचास हजार डलरभन्दा माथिको सवारी साधन भनेको निकै विलाशिसताको सवारी साधन हो । त्यस्तो गाडी नेपाल आउँदा डेड करोड बढीको त सोझै हुन्छ, नेपाल आउँदा । त्यत्ति महंगा गाडी चढ्नुभन्दा त्यो पूँजीलाई पूँजी निर्माण हुने अर्को काममा लगाऔ । जहाँ हामीलाई अवसर पनि सिर्जना हुन्छन्, अहिले निरुत्साहित गराँै भनेर आयात रोक्ने निर्णय भयो । अब सामान्य मान्छेले यसलाई कोरोनासँग जोडेर हेर्न खोज्यो भने उत्तर आउँदैन । विश्लेषण गरेपछि अन्तरसम्बन्ध देखिन्छ । आएका निर्णयलाई विश्लेषण गरेर राखिदिने काम तपार्इँहरुजस्ता सञ्चार माध्यमले गर्नुपर्दछ ।

मन्त्रिपरिषद्को बैठकले कोरोना प्रभावलाई कम गर्न केही महत्वपूर्ण निर्णय गरेको छ ? ती निर्णयको गम्भीरताका बारेमा थप प्रष्ट पारिदिनुस् न ?

मन्त्रिपरिषद्बाट पछिल्लो पटक भएको निर्णयका केही महत्वपूर्ण विशेषता छन् । हामीले सुरक्षा दिनुपर्ने र संरक्षण गर्नुपर्ने वर्ग को हो ? आधारभूत तहका वर्ग, दैनिक श्रमिक, ज्यालादारी हुन् । जो दैनिक कमाएर गुजारा गर्नुपर्ने वर्ग छ । उसलाई दुई प्रकारको समस्या भयो । एउटा समस्या के भयो भने ज्याला आएन, दोस्रो उसले सञ्चय गरेर राख्न सक्दैन र उसलाई खाने सामान पनि जोगाड गर्न सकेको छैन । त्यस्ता मान्छेलाई दैनिक रोजी रोटी सुरक्षित गरिदिनका लागि स्थानीय तहलाई परिचालित गरेर, वडा स्तरबाट त्यस्ता श्रमजीवी श्रमिकलाई, ज्यालादारी, तथा असंगठित क्षेत्रका श्रमिक जसको मासिक तलब वा ज्याला केही हुँदैन, त्यस्ताको पहिचान गर्ने र उनीहरुलाई दैनिक रुपमा न्यूनतम आवश्यक पर्ने खाद्य वस्तु उपलब्ध हुने गरी राहत सामग्री उपलब्ध गराउने भन्ने नै हो । त्यो नगदमा होस् वा जिन्सीमा नै किन नहोस् । तर, दुई छाक खान पुग्ने व्यवस्था गरौँ । त्यसका लागि आ–आफ्ना कोष खडा गरेको छैन भने राहत कोष खडा गरौँ । कोषमा आफ्नो पनि केही पैसा राखौँ, सामाजिक संघ, संस्था वा दाताको पैसा राखौँ र काम चलाऔँ , नपुग अवस्थामा संघको कोषबाट हामी पैसा दिन्छौँ । त्यसमा प्रदेशको कोषको पनि पैसा राखौँ । यसरी प्रदेशले समन्वय गर्ने, संघले आर्थिक सहयोग गर्ने र स्थानीय तहले सेवा प्रवाह गर्नेतर्फ ध्यान दिएका छौँ । सेवा लिनेहरुले पनि आफ्नो परिवारमा कोही रोजगार नभएको, विपन्न, भएको, आम्दानीको स्रोत नभएको प्रमाणाति गरेर सुविधा लिने भनेको हो ।

यस्तो अवस्थामा बढी दुःख कसलाई हुन्छ त भन्दा गर्भवती महिला, सुत्केरी, वृद्धवृद्धा, टुहुरा, टुहुरी बालबालिका, अपांगता भएका व्यक्तिहरुलाई विशेष सुरक्षा प्रदान गरौँ है, भनेका छौँ । बालगृहमा रहेका बालबालिकाहरु वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरु यस्तै, अपागंता भएकालाई विशेष व्यवस्था गरौँ भनिएको छ । विशेष व्यवस्था भनेको विशेष हेरचाह हो । पैसा नै चाहिन्छ भनेको होइन । उपचार गर्नुपर्ने, अस्पताल लानुपर्ने, औषधी दिनुपर्ने, परिवारका सदस्य एक ठाँउमा थुनिए, बाल बच्चा अर्को ठाँउमा भए, वृद्ध वृद्धाको अवस्था त्यस्तै भयो भने पनि हेरचाह गर्नुपर्ने भयो, आवश्यक पर्दाको बखतमा वित्तीय सहयोग गर्नुपर्ने नै भयो । त्यो विषय पनि राखेका छौँ ।

अर्को, संगठित क्षेत्रमा न्यून बैतनिक व्यवस्था भएका कर्मचारीको हकमा पनि हामीले केही विशेष व्यवस्था गरेका छौँ । श्रमिकको विषय पनि छ । उनीहरुलाई के भन्यौँ भने कामबाट निकाल्न पाइँदैन । चैत्र महिना भरी पूरा तबल साथ राख्नुस् । बरु सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट र रोजगारदाताको तर्फबाट राख्नुपर्ने योगदानको पैसा सरकारले राखिदिन्छ । सामािजक सुरक्षा कोषमा दर्ता हुनु भएकाको हकमा यो व्यवस्था गर्छौँ भनेका छौँ ।

घर बहालमा बस्नेलाई यहाँ नबस, कोरोना हुन्छ भनेर हप्काउने, पेल्ने, व्यावसायिक मान्छेहरु जस्तै डाक्टर, नर्सहरुसम्म पनि त्यस्तो त्रासमा परेको पाइएको छ । अहिले एकातिर लकडाउन छ, मुभमेन्ट छैन । यस्तो बेला घरबाट निकाल्ने कुरा यस्तो अमानवीय कुरा नगरौँ,

पछिल्ला दिनमा कोरोनाको डर भइसकेपछि अर्को प्रवृत्ति के देखियो भने घर बहालमा बस्नेलाई यहाँ नबस, कोरोना हुन्छ भनेर हप्काउने, पेल्ने, व्यावसायिक मान्छेहरु जस्तै डाक्टर, नर्सहरुसम्म पनि त्यस्तो त्रासमा परेको पाइएको छ । अहिले एकातिर लकडाउन छ, मुभमेन्ट छैन । यस्तो बेला घरबाट निकाल्ने कुरा यस्तो अमानवीय कुरा नगरौँ, सबै घर बहालमा दिने घरधनीलाई हामीले आह्वान ग¥यौँ, यस्तो विपद्को बेलामा घरबाट ननिकाल्नुस् । यस्तो बेलामा एक महिनाको घर भाडा छुट दिनुस् भनेका छौँ, यो आह्वान सदासयतापूवर्क सबैले मानिदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ । सरकारले यो आफ्नो लागि मात्रै नभई आम नेपाली नागरिकको हितका लागि गरेको हो । अर्को यो सदासयतालाई सरकारले उच्च मूल्यांकन गर्दछ ।

अब अरु केही विषय छन्, केही स्वास्थ्य सेवासँग सम्बन्धित । स्वास्थ्य उपकरण ल्याउनुप¥यो, ती उपकरण ल्याउँदा भन्सार नलाग्ने, कर छुट दिने यी सबै गरिएको छ । यी विषयका अलावा व्यावसायिक क्षेत्रलाई कोरोनाका कारणले परेको अप्ठ्यारो हेरेर उनीहरुले तिर्ने ऋणको साँवा र व्याजको समय नै असार मसान्तसम्म पु¥याइएको छ । यसैगरी बैंकहरुले कतिपय ऋण तथा अन्य केही विषय असारसम्म सार्दा, उनीहरुको तरलता र व्यालेन्स सिटमा केही असर पर्न सक्छ भनेर अहिले बजारमा थप तरलता प्रवाह गर्न केन्द्रीय बैंकले तोकेको नगद मौज्जादको अनुपात पनि घटाइदिएको छ । रिफाइनान्सको रेट पनि घटाइदिएको छ । त्यगरी पुनरकर्जा कोषको सीमा बढाएर रु ६० अर्ब बनाइएको छ । प्रर्याप्त पूँजी होस् र तरलता होस् भन्नका लागि यो व्यवस्था गरिएको हो । व्यवसायीहरुले लकडाउनको अवधि पछि व्यवसाय चलाएर असार मसान्तसम्ममा ऋणको साँवा व्याज तिर्न सक्ने अवस्था बन्यो भने राम्रै हुन्छ भन्ने हो ।

सरकारले विद्युत् महसुल छुटदेखि, विद्युत् खपत बढाउने निर्णयसमेत गरेको छ, सङ्कटको बेला पनि केही नयाँ गर्दैछौँ भन्ने सन्देश दिन खोजेको हो ?

सबै हाम्रा नेपाली परिवारलाई सरकारको आग्रह के हो भने विद्युतीय चुल्हो प्रयो गरौँ, विद्युत् खपत बढाऔँ भन्ने हो । त्यसतर्फ जाऔँ भन्ने सन्देश दिन लागिएको हो ।

विद्युत् महसुल छुट दिन लागिएको हो । अप्ठ्यारो अवस्थामा खाना पकाउने एलपी ग्यास पु¥याउन नसकिएला । यसै पनि एउटा सिलिण्डरमा रु २९० सरकारलाई घाटा छ । यो अवसरमा विद्युत् खेर जाने अवस्था छ, उता ग्यासमा प्रतिसिलिण्डर अनुदान दिनुपरेको छ । ग्यासमा अनुदान दिनुभन्दा विद्युत्मा छुट दिइयो भने त्यो हाम्रै उत्पादन हो भनेर उपभोक्तलाई १५० यूनिटसम्म विद्युत् खपत गर्दा २५ प्रतिशत दिइयो । त्यसबाट खेर जाने विद्युत्को प्रयोग बढ्यो । अर्को अनुदान दिन परेन, एलपीजीमा मारामार लाइन लाग्नुपर्ने अवस्था पनि भएन । इन्डक्सन चुल्होमा भन्सार छुट दिएका छौँ । सबै हाम्रा नेपाली परिवारलाई सरकारको आग्रह के हो भने विद्युतीय चुल्हो प्रयो गरौँ, विद्युत् खपत बढाऔँ भन्ने हो । त्यसतर्फ जाऔँ भन्ने सन्देश दिन लागिएको हो । ठूला उद्योगका लागि पनि राती खेर जाने विद्युत् ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिएर उद्योगलाई पनि अफ टाइममा काम गर्नुभयो भने छुट दिइन्छ भनिएको हो ।

सरकारका यी र यस्ता महत्वपूर्ण निर्णयहरु कार्यान्वयन गरिन्छ भनेर जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ ?

तपाईँहरुको विवरण मोटामोटी सरकारलाई थाहा छ, सहयोग गर्नुस् तपाईँहरुलाई त्यसवापत के मर्का पर्छ, के गर्नुपर्ने हुन्छ, हामी गर्दै गरौँला, नीति, कार्यक्रम बजेट आउँछ ।

राम्रो कार्यक्रम आउँछ, कार्यान्वयन हुँदैन भनेर कार्यान्वयनमा जहिले पनि प्रश्न उठ्छ । यसको कार्यान्वयनको संयन्त्र कस्तो बनाइएको छ भने संघीय सरकारले ज्यालादारी श्रमिक खोज्नुप¥यो भने कसरी भेट्छ ? टोल टोलमा जाने, संघीय सरकारको संयन्त्र छैन । अहिलेका वडा कार्यालय भनेका स्थानीय तहका संयन्त्र हुन् । त्यसो हुँदा वडा कार्यालयबाट पहिचान गर्ने, त्यसलाई केन्द्र बनाएर राहतको कुरा अगाडि बढाउने, स्थानीय तहले समन्वय गर्ने र त्यसलाई सहयोग गर्ने भनेर जनप्रतिनिधिमूलक व्यवस्थामा उनीहरुलाई नै जिम्मेवार बनाइएको छ । श्रमिक को हो, विपन्न को हो, को अभावमा छ भन्ने कुरा वडाका पाँच जना मान्छे त गाँउ टोल पूरै चिनेको नै हुन्छ । त्यसबाट राहतको दुरुपयोग पनि हुँदैन, जसले पाउनुपर्ने हो, त्यसैले उसले नै पाउँछ । त्यो हिसाबले गर्न खोजिएको छ । एउटा प्रश्न यसमा आउँछ, त्यो क्षमता हामीसँग छ की छैन ? कुनै न कुनै वडामा अत्यन्तै धेरै जनसंख्या छ । एकै पटक सम्भव नहोला । थोरै जनसंख्या भएको वडामा समस्या नहोला, सहज नै हुन्छ । तर, ठूला र धेरै जनसंख्या भएका महानगरका वडामा वडा कार्यालयले स्वयम्सेवक परिचालन गर्न सक्छ । स्वयमसेवक परिचालन गर्ने भनेर हामीले निर्णय पनि गरेका छौँ । रेडक्रम, स्काउटलाई पनि परिचालन गर्न सकिन्छ । सबै स्वयम्सेवक संस्था परिचालन गरेर लक्षित वर्गलाई दिनुपर्ने सेवा सुविधा हामी दिन सक्छौँ । त्यसका लागि सामूहिक तवरले स्रोतको परिचालन गर्ने र अभाव हुने अवस्थामा संघको कोषबाट व्यवस्थापन गर्न हो । बैंकिङ प्रणालीका विषयमा नेपाल राष्ट्र बैंकले निर्णय गरिसकेको छ । घरभाडा, विद्यालयले लिने शुल्क र स्वास्थ्य सेवामा हाम्रो पुनः अनुरोध छ, एक महिना मानवीयता देखाउनुस् । शुल्क छुट दिँदै, एक महिनाको घर भाडा छुट दिँदा कोही टाट पल्टने अवस्था रहँदैन । तपाईँहरुको विवरण मोटामोटी सरकारलाई थाहा छ, सहयोग गर्नुस् तपाईँहरुलाई त्यसवापत के मर्का पर्छ, के गर्नुपर्ने हुन्छ, हामी गर्दै गरौँला, नीति, कार्यक्रम बजेट आउँछ । त्यो बेला तपाईहरुको स्थिती कस्तो रह्यो भनेर हामी छलफल गरौँला । तर, अहिले निशर्त रुपमा सहयोग गर्नुस् । सरकारले तपाईहरुको समस्या पछि हेर्छ । यसरी कार्यान्वनमा लैजाऔँ भन्ने हो ।

निजी अस्पतालले बिरामी भएर गएका नागरिकको उपचार गर्न छाडेको गुनासो आएका छन् । उता सरकारले गरेको आग्रहलाई निजी विद्यालय सञ्चालकहरुले त कार्यान्वयन गर्दैनौं भनेर ठाडै चुनौती दिएका छन्, यसलाई कसरी लिने ?

सामान्यतः सरकार लोकतात्रिक विधिबाट जान चाहन्छ । लोकतान्त्रिक विधिबाट अनुरोध गर्ने सरकारको प्रयत्नलाई कमजोरी ठान्नु हुँदैन। सबैले आ–आफ्नो कर्तव्य बोध गरौँ भन्ने ढङ्गले नै लोकतात्रिक विधि चल्ने हो । अहिले निजी क्षेत्रका अस्पताललाई त हामीले भनिसकेका छौँ, तपाईंहरुले दिने स्वास्थ्य सेवाका बारेमा पछि हट्नु भयो भने हामीले तपाईंहरुबाट के अपेक्षा गर्ने ? यो कुरा हाम्रा केही निर्णयमा पनि परिसकेका छन् । अब हुने निर्णयमा अझ परिस्कृत भएर ती आउनेछन् ।

हाम्रो काम स्वास्थ्य सामग्री, सुरक्षित उपकरण, औषधिहरुको बजारमा उपलब्ध हुने व्यवस्था गरिदिने हो । अहिले त्यो हुन थालेको छ । ‘यदि’, ‘तर’ भन्ने हुँदैहुँदैन । सरकारले निर्णय लिन चाह्यो भने त जेठ १५ मा जस्तो निर्णय पनि लिन सकिहाल्छ नि ?

आइतबारै हामीले कोभिड–१९ समन्वय गर्नका लागि ‘कोरोना कन्ट्रोल म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) भनेर व्यवस्थापन कमिटी गठन गरिसकेका छौँ । त्यो कमिटीले पनि यसको बारेमा अनुगमन गरिरहेको हुन्छ । सेवा नदिने अस्पताललाई कुनै छुट हुँदैन । उनीहरुले सेवा दिनुपर्छ । हाम्रो काम स्वास्थ्य सामग्री, सुरक्षित उपकरण, औषधिहरुको बजारमा उपलब्ध हुने व्यवस्था गरिदिने हो । अहिले त्यो हुन थालेको छ । ‘यदि’, ‘तर’ भन्ने हुँदैहुँदैन । सरकारले निर्णय लिन चाह्यो भने त जेठ १५ मा जस्तो निर्णय पनि लिन सकिहाल्छ नि ? त्यसो भएका कारण त्यो स्थितिमा आउन नै नपरोस्, सरकारले जेठ १५ गते ल्याउने बजेटबाट उठाउनुपर्ने कर र शुल्क त उठाइहाल्छ । अहिले सहयोग गर्नुभयो भने सरकारले बजेट, नीति तथा कार्यक्रमबाट सहुलित दिने कुरा हेर्छ पनि । त्यसो हुनाले मेरो अनुरोध फेरि पनि के हो भने त्यो बुझिदिनुप¥यो । अहिलेको विशेष अवस्थामा त्यति सदासयता देखाइदिनु प¥यो ।

लकडाउनको समय थप गर्ने बारेमा सरकारले स्पष्ट पार्न सकेन भनेर केही टिप्पणी पनि सुनिएको छ, यसमा सरकारको धारणा के हो ?

हामीले यही चैत २५ गते राति १२ बजेसम्म अन्तर्राष्ट्रिय सीमा नाका (स्थल र हवाई) बन्द गर्ने र सोही समयसम्म लकडाउनको अवधि कायम गर्ने निर्णय गरेका हौँ । यो निरन्तरता दिने भन्ने कुरामा त हिजो जे थियो, त्यहि नै हो । थप स्पष्ट हुनुपर्छ जस्तो लाग्दैन । अत्यावश्यक वस्तुको ढुवानी भने निर्वाध रहन्छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यसहित अघि बढिरहँदा कोरोनाका कारण नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्ने आँकलन गर्नुभएको छ ?

अहिले त प्रारम्भिक अनुमान मात्र हो । अहिले सबै कुरा प्रक्षेपण गर्न कठिन छ । यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभो जाँदैछ । छिमेकी मुलुक भारतमा पनि पहिलो सङ्क्रमितको सङ्ख्या १०० पुग्न कति दिन लाग्यो ? २०० हुँदै एक हजार माथि जान धेरै दिन लागेन । त्यसो हुनाले छिमेकी भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदासम्म हामीलाई जोखिम त हुन्छ नै । त्यो हुनाले हामीले पनि तदअनुरुप कदम चाल्नुपर्छ । त्यसैले अहिले हामीले लकडाउन गरेको र सीमा बन्द गरेको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गयो । अब हाम्रो विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ हो । मुख्य समय हाम्रो खेर गयो । दोस्रो फेब्रुअरी र मार्च पर्यटकको सिजन हो । त्यो पनि खेर गयो । तेस्रो यो सिजन नभनिए पनि वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भयो । त्यसो हुनाले समग्र अर्थतन्त्रमा हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो । तर, कति कम हुन्छ भन्ने कुराको हामी आँकलन गर्दैछौँ । विश्वका अन्य मुलुकमा हेर्ने हो भने कोरोनाका कारणले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने अनुमान गरिएको छ । ६ प्रतिशतको वृद्धि भनियो भने ५ वा ४.५ या ४ भनिएको छ । हामीकहाँ पनि १–२ प्रतिशतको असर त पर्छ नै । छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशतमा होला, लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला । तर, समृद्धिको मार्ग भनेको महिना, वर्ष या दिनले हिसाब गर्ने कुरा होइन, यो दशकौँको कुरा हो । त्यसो हुनाले अहिले हामीले कोरोनाका कारणले दुई महिना पछि प¥यौँ भने पनि त्यो गति फेरि पक्डिन सकिन्छ । हाम्रो साधनस्रोत र क्षमतालाई हामीले ‘इन्ट्याक्ट’ राख्न सक्नुपर्छ । अप्ठ्यारो अवस्थामा हाम्रो संगठित शक्ति कहीँकतै छिन्नभिन्न हुने सम्भावना पनि हुन्छ । हाम्रो राष्ट्रिय एकता एक होस्, हाम्रो मनोबल नगिरुन्, उच्च मनोबलका साथ बस्यौँ भने सङ्क्रमणको अवधि सकिने वित्तिकै फेरि हामी गति समातिहाल्छौँ । मार्ग त्यही हो गति अलि छिटो गर्नुपर्ने हो । हामी लक्ष्य तिरै जान्छौँ ।

सामान्य अवस्थामा भए अहिले बजेट निर्माणको चटारो लाग्ने बेला भइसक्यो । सङ्क्रमणकै बीचमा बजेट निर्माणको कामलाई कसरी अगाडि बढाई रहनुभएको छ ?

अहिले लकडाउनको अवधि भरी हामीले भेटघाट गरेर बजेटसम्बन्धी छलफल भने गरेका छैनौँ । राष्ट्रिय योजना आयोगमा हुने बजेट छलफललाई पनि पर सारियो । मन्त्रालयगत हुने बजेट छलफललाई पनि पर सारियो । तर, मन्त्रालयलहरुले आआफूले गर्ने आफ्नो तयारी र अर्थ मन्त्रालयले गर्ने आफ्नो तयारी गरिराखेको छ ।

कोरोना वा अन्य कुनै समस्या भए पनि विगतजस्तो जेठ १५ त टालिँदैन । त्यसो भएर हाम्रो बजेटको तयारी चलिराखेको छ । हामी विभिन्न सिनारियोमा काम गरिरहेका छौँ । चालु वर्षको कोरोनाको सङ्क्रमणको जोखिम छिट्टै सक्कियो भने एउटा सिनारियो हुन्छ । यो लम्बियो भने अर्को सिनारियो हुन्छ । बजेटका आधारभूत सिलिङहरु प्रत्येक मन्त्रालयलाई दिने कुरा भइरहेको छ । मुख्यमुख्य कार्यक्रम छलफलमा छन् । मन्त्रालयले पनि बजेटसम्बन्धी छलफल गर्दैछन् । तर अहिले लकडाउनको अवधि भरी हामीले भेटघाट गरेर बजेटसम्बन्धी छलफल भने गरेका छैनौँ । राष्ट्रिय योजना आयोगमा हुने बजेट छलफललाई पनि पर सारियो । मन्त्रालयगत हुने बजेट छलफललाई पनि पर सारियो । तर, मन्त्रालयलहरुले आआफूले गर्ने आफ्नो तयारी र अर्थ मन्त्रालयले गर्ने आफ्नो तयारी गरिराखेको छ । अब यो लकडाउनको अवधि सकिने बित्तिकै हामी एक ठाउँ बसेर टुङ्ग्याउँछौँ । नीतिगत सुधार गर्नुपर्ने ठाउँमा हामीले दैनिकै छलफल गरिरहेका छौँ । लकडाउनको अवधिभर पनि हामीले राम्रै काम गर्न सक्छौँ ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक पनि कोरोनाविरुद्ध लडिरहेका छन् । गन्तव्य मुलुकबाट रेमिट््यान्स आउन कमी हुने देखिन्छ, यसलाई कसरी लिनुभएको छ ?

रेमिट्यान्सको असर दुई/तीन ठाउँमा पर्छ । पहिलो त यहाँबाट गएर पठाउनेहरु रोकिए, दोस्रो उता बसेकाहरु पनि रेमिट्यान्स पठाउने अवस्थामा छैनन् । भलै धेरै श्रमिकहरु रोजगारदाताको आश्रयमा, उहाँहरुकै संरक्षणमा रहीरहनुभएको छ । यो राम्रो सुखद् पक्ष छ । तर, पैसा पठाउन सक्ने स्थितिमा हुनुहुन्न । कोरोना सङ्क्रमणको जोखिम घट्दै गएर काममा फर्कनुभयो भने पनि केही महिना त्यो निरन्तर नहुने डर पनि छ । त्यसो हुनाले रेमिट्यान्स अघिल्ला वर्षको तुलनामा नबढ्ला । अघिल्लै वर्षको हाराहारीमा रहन्छ । रु आठ खर्बको हाराहारीमा आउँछ भन्ने हाम्रो अनुमान छ । रेमिट्यान्सको कारणले बैङ्किङ प्रणालीमा तरलता देखिन्छ कि भन्ने हो । त्यसका लागि राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएर तरलता व्यवस्थापन गरेको छ । रेमिट्यान्स कम आउँदा मुलुकभित्र उपभोग कम हुन्छ । रेमिट्यान्सको प्रभाव खुद (नेट)मा हेर्ने हो भने उस्तैउस्तै देखिन्छ । आयात पनि कम हुन्छ, रेमिट्यान्सपनि कम हुन्छ तर आन्तरिक रुपमा अर्थतन्त्रलाई चलायमान बनाउन जुन वस्तु र सेवाको माग बढ्नुपर्ने हुन्छ, त्यो अलिकति सिथिल हुँदा हाम्रो आर्थिक वृद्धिलाई थोरै असर पार्छ । नेटमा कति हुन्छ भनेर अहिले ठ्याक्कै भन्न सकिँदैन ।

लकडाउनको समय केही व्यापारीले कमाउने अवसरका रुपमा लिएका छन् । यसलाई सरकारले कसरी हेरेको छ ?

अस्वभाविक ढङ्गले नाफा कमाउनु भएन । हाम्रो अनुरोध फेरि पनि के हो भने, त्यसो नगरौँ, नेपालको कानून त मरेको छैन नि ! अहिले पो थाहा नहोला, सरकारको ध्यान सङ्क्रमण रोक्नेतर्फ अलि बढी केन्द्रित भएको छ । भोलि त फेरि पनि विवरण प्राप्त हुन्छ ।

जसले सहयोग गर्नुभएको छ, उहाँहरुलाई धन्यवाद, सरकार उहाँहरुको कामको सरहाना गर्छ । व्यवसाय गर्नेको जवाफदेहिता पनि हुन्छ । अहिलेको जमानामा हामी ‘इथिकल विजनेस’ भन्छौँ । त्यो इथिकल विजनेस भनेको केही मूल्य मान्यतासहितको व्यवसाय हो । नाफा कमाउनुपर्छ तर अस्वभाविक मूल्यमा कम गुणस्तरको वस्तु बिक्री गरेर होइन, अस्वभाविक ढङ्गले नाफा कमाउनु भएन । हाम्रो अनुरोध फेरि पनि के हो भने, त्यसो नगरौँ, नेपालको कानून त मरेको छैन नि ! अहिले पो थाहा नहोला, सरकारको ध्यान सङ्क्रमण रोक्नेतर्फ अलि बढी केन्द्रित भएको छ । भोलि त फेरि पनि विवरण प्राप्त हुन्छ । कसले के ग¥यो भन्ने थाहा हुन्छ । त्यसो हुनाले कानूनअनुसार व्यवसाय गरौँ । अफ्ठ्यारो अवस्थामा अलि सदासयतापूर्वक व्यवसाय गरौँ । जसले सक्नुहुन्छ उहाँले योगदान गर्ने बेला छ । खाना खुवाउनुहुन्छ कि राशन वितरण गर्नुहुन्छ । कतिपय व्यवसायीले हामी खाद्यान्न वितरण गर्छौँ भन्नुभएको छ । उहाँहरुलाई स्थानीय तह र वडामार्फत संयोजन गरेर यस्ता राहत सामग्री बाढ्नु छ भने स्थानीय तहमार्फत जानुस् भनेका छौँ ।

सङ्क्रमणकै बीचमा गभर्नरको नियुक्ति कहिले हुन्छ भन्ने चासोको विषय रहेको छ, यसमा सरकारको तयारी के छ ?

अब यो लकडाउनको अवधि सकियोस् । त्यसपछि हामी निर्णय गर्छौँ ।

अन्त्यमा नेपाली जनतालाई केही भन्नुहुन्छ ?

अहिले कोरोनाको सङ्क्रमण नहोस् भनेर सरकारले चालेको कदमको जनता आफैँले स्वस्फूर्त अघि बढाउनुपर्ने कदम हो । किनभने यो सरकारमा बस्ने, पदमा बस्नेको मात्र जीवन रक्षाका लागि होइन, यो आम नागरिकको जीवन रक्षाका लागि हो । त्यसैले जनता आफैँ अनुशासनमा बसौँ भनेर सरकारले आह्वान गरेको हो । यो कफ्र्यू होइन कि तोड्दै हिँड्नका लागि । यो त आफैँले आफैँलाई आज्ञापालक भएर राख्न खोजेको विषय हो । त्यसो हुनाले सबै नेपाली नागरिकले यो सोच्नु प¥यो कि यो हामीले हामीलाई नै लगाइदिएको सीमा हो । हाम्रै सुरक्षाका लागि हो । हामीबाट अर्कोमा नजाओस्, अर्कोबाट हामीमा नआओस् भनेर आफ्नै सुरक्षाका लागि भएको हुनाले सरकारले भनेर मानिदिएको रुपमा नलिन आग्रह गर्दछु । अतिआवश्यक काम नपरी घरबाट बाहिर नजाऔँ । सुरक्षाकर्मीले पनि औचित्यका आधारमा व्यवहार गरौँ ।

मुद्दतिको ब्याज घटाउने दबाबमा बैंक

कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र संकटमा पर्न थालेपछि बैंकहरुलाई निक्षेपको ब्याज दर घटाउन दबाब परेको छ। बचतको ब्याज दर क्रमिक रुपमा घटाइरहेका बैंकहरुलाई ऋणको ब्याज कम गर्नका लागि मुद्दति निक्षेपको पनि ब्याज घटाउन दबाब परेको हो।

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा मुद्दति निक्षेपको ब्याज दर घटाउन अनौपचारिक छलफल सुरु भएको छ। संघले मुद्दति निक्षेपको ब्याज दर साढे १३ प्रतिशतसम्म पुगेपछि डेढ बर्षअघि ‘भद्र सहमति’ नामको ‘कार्टेलिङ’ बाट एकल अंकमा कायम गरेका थिए।

अहिले ब्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ९.७५ प्रतिशत छ भने संस्थागतको ९.५  तथा नवीकरण गर्दा ९.६ प्रतिशत छ। बचतको ब्याज पनि साढे ६ प्रतिशतभन्दा बढि दिन नहुने सहमति छ।

बचतको ब्याज दर बैंकहरुले बिस्तारै घटाएर ५ प्रतिशतसम्म झारेका छन्। यद्यपी अधिकांस बैंकले बचतको ब्याज दर साढे ६ प्रतिशत नै कायम गरिरहेका छन्।

‘बचतको ब्याज क्रमिक रुपमा घटिरहेको छ। अब मुद्दति निक्षेपको ब्याज पनि घटाउने दबाब छ’ संघका अध्यक्ष भुवन दाहालले बिजमाण्डूसँग भने, ‘ब्यक्तिगत मुद्दतिको नघटाइहाले पनि संस्थागततर्फको घट्ने अवस्था छ।’

उनले विगतमा भएको ब्याज दरको भद्र सहमतिमाथि अनौपचारिक छलफल हुन थालेको जानकारी दिए।

मुद्दति निक्षेपको ब्याज घट्दा बैंकहरुको कोष लागत (कष्ट अफ फण्ड) कम भएर आधार दर तल आउँछ। यसो हुँदा ऋणीले बैंकबाट सस्तोमा पैसा पाउँछन्।

कोरोना भाइरसका कारण अर्थतन्त्र संकटमा परेको छ। यस्तो बेलामा सस्तो पैसा बजारलाई उपलब्ध गराउनु पर्ने दबाब सरकार, राष्ट्र बैंक र बैंकहरुलाई छ। त्यही भएर पनि पुरानो भद्र सहमति खारेज गर्दै मुद्दतिको ब्याज दर घटाउनु पर्ने बेला भएको बैंकरहरु बताउँछन्।

‘अहिले एउटा/दुईटा बैंकले ब्याज घटाए भने उनीहरुको निक्षेप धेरै ब्याज भएको बैंकमा सर्छ’ एक बैंकरले भने, ‘त्यसैलेम मुद्दति निक्षेपको ब्याज घटाउन फेरि पनि सहमति बन्न आवश्यक छ। सहमति बनेमा सबैको एकै पटक ब्याज कम हुन्छ र निक्षेप सर्न पाउँदैन।’

बैंकहरुले संस्थागत निक्षेपकर्ताको ब्याज दर ९.६ प्रतिशतबाट घटाएर ८ प्रतिशतमा झार्न खोजेका छन्। बाणिज्य बैंकहरुले घटाएपछि तुलनात्मक रुपमा महँगो ब्याज दिने विकास बैंक र फाइनान्स कम्पनीले पनि घटाउने छन्। यद्यपी अधिकांस संस्थागत निक्षेपकर्तालाई विकास बैंक र फाइनान्स कम्पनीमा पैसा राख्न उनीहरुको कार्यविधिले छेक्ने गरेको छ।

सुरुमा संस्थागतको घटेपछि विस्तारै ब्यक्तिगत निक्षेपकर्ताको पनि घटाइने ती बैंकरले जानकारी दिए। ६ बर्षअघि मुद्दतिमा कुल निक्षेपको साढे ३० प्रतिशत पैसा हुन्थियो। अहिले बढेर ५० प्रतिशत पुगेको छ। ब्याज बढेपछि बचतको हिस्सा घटेर मुद्दतिको बढेको हो। त्यसबेला बचतको हिस्सा ४३ प्रतिशत रहेकोमा अहिले घटेर ३१ प्रतिशतमा आएको छ।

राष्ट्र बैंकले पनि बैंकहरुको आधार दर कम भएर सस्तोमै ऋण उपलब्ध होस् भन्दै आइतबार साँझबाट बजारमा करिव ३५ अर्ब रुपैयाँ अतिरिक्त तरलता उपलब्ध गराउने घोषणा गरेको छ। यसका लागि राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सीआरआर) ४ बाट ३ प्रतिशतमा झारेको छ।

३५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्रलगायतका मौद्रिक औजारमा लगानी गर्न पाउँछन्। यसबाट केही आम्दानी हुने हुँदा कोष लागत घटेर आधार दर तल आउँछ। आधार दरमा प्रिमियम थपेर बैंकहरुले ऋणको ब्याज दर निर्धारण गर्छन्। आधार दर घट्यो भने ऋणको ब्याज पनि कम हुन्छ।

यसैगरी पुनर्कर्जा कोषलाई ५० अर्बबाट ६० अर्ब पुर्याएको छ भने स्थायी तरलता सुविधा (एसएलआर) को दर ६ बाट ५ प्रतिशतमा झारेको छ। लगानी बिस्तारका लागि साढे २ प्रतिशतको काउन्टर साइक्लिकल बफर स्थगित गरेको छ। अहिले पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत कामय गर्नु पर्छ। थप साढे २ प्रतिशत कायम गर्दा लगानी गर्ने क्षमता घटेको थियो।

२०७७ सालभरी सरकारले सार्वजनिक गर्यो बिदा सूची

सरकारले आगामी बर्षको सार्वजनिक विदाको सूची सार्बजनिक गरेको छ। राजपत्रमा सुचना प्रकाशित गर्दै सरकारले वर्षभरी कुन कुन दिन विदा दिने भन्ने सुची सार्वजनिक गरेको हो।

नयाँ बर्ष वैशाख १ गतेका दिन विदा हुने छ। यसैगरी महाशिवरात्री फागुन २७ गते, फागुपुर्णिमा चैत १५ र १६ गते पनि विदा हुने भएको छ।

महिला कर्मचारीले भदौ पाँच गते विदा पाउने छन् भने बसन्त पञ्चमीका दिन फागुन ४ गते पनि बिदा हुने छ। तर यो दिन शैक्षिक संस्थाहरु मात्र बन्द हुने छन्।

काठमाडौंमा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने र घोडेजात्राको बिदा हुने छन्।

दसैं विदा कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म हुने छ। यो भनेको फुलपातीदेखि एकादशीसम्म हो।

तिहारको विदा लक्ष्मीपुजाका दिनबाट सुरु हुने छ। लक्ष्मी पुजा कात्तिक २९ गते पर्छ। ३ गते म्हपुजा र मंसिर १ गते भाइटीकाको विदा हुने छ।

विश्व मजदुर दिवश वैशाख १९ गते, संविधा दिवस असोज ३ गते, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते विदा हुने छ।  वैशाख २५ गते बुद्ध जयन्तीको विदा हुने छ भने फाल्गुनन्द विदा कात्तिक २५ र गुरु नानक विदा मंसिर १५ गते पनि विदा हुने छ।

जेठ १५ गणतन्त्र दिवस, जेठ २१ गते जातिय भेदभाव उन्मुलन दिवसमा पनि विदा हुने छ।