जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सनराइज बैंकद्घारा उपकरण सहयोग जारी

सनराइज बैंकद्घारा उपकरण सहयोग जारी

सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ ।

मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनु भयो ।

सोही कार्यक्रममा महा निर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीले सन्राइज बैंकद्घारा निभाएको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो भूमिका एकदम सराहनीय रहेको र यस्तो भूमिकाले सन्राइज बैंक अझै माथि पुग्ने बताउनु भयो ।

साथै प्रमुख कार्यकारी अधिकृत पौड्यालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन गर्न बैंकले थुपै्र योजना ल्याएको जनाएको छ ।

8315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?