जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

एन आई सी एशिया बैंकका ग्राहकलाई मेरो किराना सपिङ्गमा १०% छुट

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई मेरो किराना अनलाईन (merokirana.com) बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनुहुनेछ ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउनसक्नुहुनेछ । यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

संकटको समयमा निजी क्षेत्रले मन फु्काएर सहयोग गर्नुपर्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटको समयमा गरिब, असाहयहरुको सहयोगमा मुट्ठी फुकाएर सहयोग गर्न निजी क्षेत्रका व्यवसायीहरुसँग अपिल गरेका छन् ।

उनले संकटको समयमा गरिने सहयोगले मात्रै निजी क्षेत्रको साख र विश्वास समेत बढ्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले जोड दिँदै भनेका छन्– दैनिक ज्याला गरेर जिवीकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ ।

नेपाल सरकार र आम जनताले कोरोना विरुद्धको लडाईमा देखाएको सावधानी प्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन् । अध्यक्ष दाहालले शनिबार एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाती तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वास समेत व्यक्त गरेका छन् ।

सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उहाँले भनेका छन् – विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयमसेवीका रुपमा यस संकटको घडीमा परिचालित हुन र कोरोना विरुद्धको लडाईमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु ।

कोरोना भाइरसका कारण आजसम्म संसारभरका करिब ६ लाख मानिस प्रभावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

नेपालमा सक्रमण भएका नागरिकरको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको बनेको कोरोना जस्तो घातक भाइरसको विरुद्ध सचेततापूर्वक सावधानी अपनाउन समेत आग्रह गरेका छन् । उनले अगाडि भनेका छन् ‘सचेत नागरिक र आम सञ्चार माध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवम् शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात गर्न समेत विशेष आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष दाहालले कोभिड १९ को सक्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारीक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षाका गर्न र त्यस मार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गरेका छन् ।

कोरोना भाइरस विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी, र सुरक्षा निकायको मनोबल उच्च राख्न आवश्यक उत्प्रेरणा उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमलिाउने, हाछिऊ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकता अनुसार मास्क प्रयोग गर्ने, र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आम जनसमुदायसँग अनुरोध गरेका छन् ।

उनले चिकित्सकहरुका अनुसार चर्को ज्वरो, थकान, र श्वासप्रश्वासमा अप्ठ्यारो भए कोविड १९ को परीक्षण गर्न समेत भनेका छन् ।  आजसम्म चार जना नेपालीमा त्यो रोगको सक्रमण देखिएको र उहाँहरुको स्थिती सामान्य रहेकाले आत्तिनुपर्ने वस्था नभएको भएपनि चीन, कोरिया, इटाली, अमेरिका जस्ता मुलुकबाट पाठ सिकेर उच्च सकर्तकता अपनाउन विशेष ध्यान दिनै पर्ने बताएका छन् ।

कोविड १९ विरुद्धको मोर्चामा अग्रपंक्तिमा रहेर क्रियाशिल हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र आम सञ्चारकर्मीको क्रियाशिलताको अध्यक्ष दाहालले उच्च प्रशंसा गरेका छन् ।

उनले भनेका छन् –आम सञ्चार माध्यमले यथोचित र संयमित भएर यथोचित सूचना र स्वास्थ्य शिक्षा जनतामा पुर्याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।

अमेरिकामा एकैदिन चार सय जनाको मृत्यु

अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ९५ पुगेको छ ।

त्यस्तै, शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ४ हजार नाघेको छ । अमेरिकाले अर्थतन्त्रमा कोभिड-१९ को असर न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर (अप्रिल १२) सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या पाँच लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।

कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् ।

थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सर्वोच्च सेवाभाव देखाउन’ पनि भनेका छन् । थापाले भनेका छन्, ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौति दुवै हो । बहादुरी होइन, बुद्धि र विवेकको प्रयोग गर्नुस् ।’

संकेटको घडीमा संयम र धैर्यता देखाउन पनि उनले भनेका छन् । ‘कठिन समय केही समयका लागि मात्रै हो, सदैव ख्याल राख्नुस्’, थापाले निर्देशन दिएका छन्, ‘सबै नागरिकप्रति सदैव सहयोगको भावना राख्नुस् । सैनिक सेवाको मर्यादा र धर्म आफूले राम्ररी बुझेर सहकर्मीहरुलाई पनि बुझाउनुस् ।’ बोली र व्यवहारले मात्र पनि अरुको सोचमा परिवर्तन ल्याउन सक्ने जनाउँदै थापाले आ–आफ्नो दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्न पनि भनेका छन् ।

सकलदर्जालाई उनले विसञ्चो भए घर वा व्यारेकमा बस्न भनेका छन्, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आइसोलेसनमा राख्न भनेका छन् । ‘आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्वस्त हुन्छन्, विरामीले पनि निको भएको अनुभव गर्दछन्’, थापा भन्छन्, ‘नेपाली नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्नुस् ।’

उनले संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफू जोगिन पनि भनेका छन् ।

सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ

सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ । तर, केही स्थानमा व्यापारीले अनावश्यक रुपमा बढी मूल्य लिएर उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो पनि आएको छ ।

सरकारले खाना पकाउने एलपी ग्यासदेखि अन्य सामग्रीको सहज आपूर्तिका लागि विशेष व्यवस्था गरेको छ । यसै सन्दर्भमा रहेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग  गरेको अन्तर्वार्ताको सम्पादित अंश :

सरकारले लकडाउन घोषणा गरेपछि आपूर्ति व्यवस्थालाई कसरी अगाडि बढाइरहेको छ ?

कोरोनाको सबैभन्दा ठूलो उपचार लकडाउन नै हो । लकडाउनलाई कसरी बुझे भन्ने कुरा भन्ने कुरा महत्वपूर्ण छ । भारतमा पनि २१ दिने लकडाउन घोषणा भएको छ । यसबाट बच्ने सबैभन्दा सजिलो र सरल उपाय भनेको लकडाउन नै हो । भारत जस्तो मुलुकले पनि त्यसलाई नै प्रमुख सहारा लिएको छ । चीनले पनि नियन्त्रण गरेको पनि लकडाउनबाट नै हो । अझ हामीले हे¥र्यौँ भने सिंगापुर, ताइवान, दक्षिण कोरियाले पनि त्यसैलाई प्रमुख प्राथमिकता दिएका छन् । त्यो भएर अहिलेको परिस्थिति भनेको लकडाउन नै हो । हामी बाहिर निस्कनु हुँदैन । कुरा यही आउँछ, बाँचेपछि खाने हो । तर बाँच्नका लागि खाने कुरा नै चहियो । यो दुईवटै विषय अन्तरसम्बिन्धत नै छ । हल्ला चल्नेबित्तिकै जब मानिसहरु बजारतर्फ ओइरिए, तब भीड आतंक भयो ।

चामल, दाल, नुन, तेल आलु, तेलजस्ता खाद्य पदार्थ जहाँ आवश्यक छ, जहाँ जरुरी पर्छ त्यहाँ उपलब्ध गराउन लागेका छौँ । यो टोलमा समस्या छ भनेर खबर गर्न ११३७ नम्बरको टोल फ्रि नम्बर पनि तम्तयारी हालतमा राखेका छौँ । त्यसको तयारीमा लागेका छौँ । ललितपुर र भक्तपुरमा सात÷सात वटा मिनि ट्रक तयारी हालतमा राखेका छौँ । यसरी अब ‘मोबाइल’ मार्फत नै सामग्री उपलब्ध गराउनेतर्फ लागेका छौँ ।

धेरैले अर्थात् हुने खाने उपभोक्ताले ठूलो मात्रामा खाद्य पदार्थ सञ्चय गरेका छन् । ग्यासमा दुई चार वटा सिलिण्डर घरमा राखेका छन् । नहुनेले मात्रै केही जोहो गरेका छैनन् । लकडाउनपछि दूध, तरकारी जस्ता पदार्थमा समस्या आउँछ । कालीमाटीमा पर्याप्त तरकारी आइरहेको छ । खाद्यान्न पर्याप्त छ । वितरण प्रणाली कसरी मिलाउने भन्ने कुरा मात्रै हो । बाहिर ननिस्केपछि घरसम्म कसरी पु¥याउने भन्ने विषय जटिल छ ।

हामीले पूरा गर्नुपनि छ । हाम्रो दुई वटा संस्था साल्ट टे«डिङ र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उपत्यकामा केही पसल खुलाइएको छ । ती पसुलबाट केही सहज भएको छ । यस्तै, उपत्यकामा व्यवसायीलाई विशेष गरी खाद्य पदार्थका पसल खोल्नुस् भनेका छौँ ।

जनतालाई पनि अतिआवश्यक भएका खाद्यान्न लिन मात्रै बाहिर ्निस्कनुस भनेका छौँ । लकडाउनलाई जनताले नै सहयोग गरेका छन् । देशैभरी पनि सहयोग भएको छ । एक दुई वटा जिल्ला बाहेक अन्यत्र समस्या छैन । अर्को सञ्चार माध्यमबाट पनि सकारात्मक सन्देश गएको छ । त्यो हाम्रोमा मात्रै होइन विदेशमा पनि त्यस्तै देखिएको छ । सचेतनाका कार्यक्रम मात्रै गएको छ ।

काठमाडौँ उपत्यकामा बढी नागरिकको बसोबास छ, त्यसलाई व्यवस्थापन गर्ने विषय आफैँमा के कति चुनौतीपूर्ण रहेको छ ?

हो, उपत्यकामा व्यवस्थापनको विषय चुनौतीको रुपमा रहेको छ । हामीले लकडाउन गरेपछि लाखौँ मानिसहरु बाहिर पनि गएका छन् । अब हाम्रो हाम्रो चुनौती भनेको वितरण प्रणाली कसरी मिलाउने भन्ने हो । काठमाडौँमा मात्रै १५ वटा मिनि ट्रक तयार पार्न भनेको छौँ । चामल, दाल, नुन, तेल आलु, तेलजस्ता खाद्य पदार्थ जहाँ आवश्यक छ, जहाँ जरुरी पर्छ त्यहाँ उपलब्ध गराउन लागेका छौँ । यो टोलमा समस्या छ भनेर खबर गर्न ११३७ नम्बरको टोल फ्रि नम्बर पनि तम्तयारी हालतमा राखेका छौँ । त्यसको तयारीमा लागेका छौँ । ललितपुर र भक्तपुरमा सात÷सात वटा मिनि ट्रक तयारी हालतमा राखेका छौँ । यसरी अब ‘मोबाइल’ मार्फत नै सामग्री उपलब्ध गराउनेतर्फ लागेका छौँ ।

महामारी नै फैलिएको अवस्थामा पनि व्यवस्थापन गर्ने तयारी गरेका छौँ । जस्तोसुकै अवस्थामा पनि तयार रहनुपर्छ भनेर लागेर लागेका छौँ । ठूला व्यापारिक चेन सुपर मार्केटहरु जस्तै भाटभटेनी, बिग मार्ट, सेल्स बेरीलाई पनि तपाईंका ग्राहक जोजो छन्, उनीहरुसँग फोनबाटै अत्यावश्यक सामग्रीको आपूर्तिका लागि अर्डर लिने व्यवस्थापन गर्न भनेका छौँ । अनलाइनबाट पनि अर्डर लिन भनेका छौँ ।

सामान लैजाने सवारी साधनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराउने भनेका छौँ । त्यो मनस्थितिमा बस्नुस् भनेका छौँ । तरकारी, दूध, विशेष गरी काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट आउँछन् । त्यसका लागि आउने सवारी साधन सहज आउने व्यवस्था गरेका छौँ । यस्तै चालकलाई सहज रुपमा उपभोग्य वस्तु ल्याउने वातावरण बनाउन ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई नै मन्त्रालयमा बोलाएर छलफल गरेको छु । कुनै पनि हालतमा ढुवानीका साधन बन्द हुनु हुँदैन भनेका छौँ । चालकलाई विशेष भत्ता दिनुस् भनेका छौँ । मूल्य बढाउने काम नगर्नुस् भनेका छौँ । उनीहरुले सरकारको कदमलाई सहयोग गर्ने बताएका छन् ।

भारतले २१ दिने लकडाउन गरेपनि ग्यासलगायत पेट्रोलियम पदार्थ आयातमा समस्या पर्छ कि भन्ने गुनासो पनि आएको छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

ग्यास आयात गर्ने बुलेट नेपालको छैन । ती सबै भारतकै हुन् । पछिल्ला दिनमा लगातार ग्यासका बुलेट आयात भइरहेको छ । उताको चालकले नमाने समस्या हुन्छ भनेर भारतको सम्बन्धित पक्षसँग हाम्रो वाणिज्य सचिवले नियमित हटलाइनमा कुरा गरिरहनुभएको छ । उताबाट आयात हुने कुनै पनि वस्तु रोकिने छैन । रोकिएको पनि छैन । हामीले कूटनीतिक पहलमार्फत त्यसलाई सहजीकरण गरेका छौँ ।

खाद्यान्नको अवस्था चाही कस्तो छ ?

हामीलाई ६ महिना पुग्ने खाद्यान्न छ । उपत्यकामा पनि सहज छ । उपत्यकाको तीन जिल्ला छाडेर ७४ जिल्लाको अवस्था के हो भन्ने हेरेका छौँ । काठमाडौँ उपत्यका आसपासको जिल्लामा यहीबाट पनि जान्छ । स्वयम् त्यहाँ उत्पादन पनि हुन्छ । बाँकी जिल्लामा जिल्ला प्रशासनमार्फत के चाहिन्छ, के कस्तो व्यवस्था गर्नुपर्ने हो ? अभाव के छ भनेर रिपोर्ट गर्नुस् भनेका छौँ । हाम्रो वाणिज्य कार्यालय भएका स्थानमा त्यसैलाई सक्रिय बनाएका छौँ । अनुगमन भएको छ ।

मिडियाको सहयोग पनि चाहिन्छ । सरकारले केही गर्न सकेनभन्दा पनि यो स्थानमा छैन, त्यहाँ पुग्नु प¥यो भन्ने तरिकाले सुशुचित गराउनुपर्छ । समस्या भएको स्थानमा हाम्रो निकाय पुग्छ । हामीले भनेका छौँ, अभाव भएको स्थानका जनताले मलाई अत्यावश्यक सामान खरीद गर्न जानु प¥यो भनेर सुरक्षामा खटिएका प्रहरीलाई भनेर जान सक्नुहुन्छ । निस्कनै नसके सम्पर्क गर्नुपर्छ ।

जाजरकोट, पश्चिम रुकुम र मुगुमा खाद्यान्नको अभाव छ भन्ने जानकारी आएपछि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई तत्काल चामल पठाउन भनेका छौँ । दोस्रो स्थानीय र प्रदेश सरकारलाई पनि कुन सामानको अभाव हो भनेर जानकारी लिएका छौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । यस्तै, २० हजार मेट्रिक टन धान छ । त्यसबाट लभगभ १५ हजार मेट्रिक टन चामल बन्छ । खरिद पनि गर्ने भनेका छौँ । साल्ट टे«डिङसँग आगामी १० महिनालाई पुग्ने नून मौज्दात छ । त्यसलाई वितरण गर्ने प्रणाली बनाएका छौँ । चिनी दुई÷तीन महिनालाई पुग्ने छ । उद्योगले भर्खरै चिनी क्रसिङ गरेका छन् । उद्योगमा स्टक पनि छ, नयाँ पनि छ । दशै तिहारसम्म पुग्ने चिनी छ ।

हाम्रो आफ्नो भण्डारण क्षमताका हिसाबले पेट्रोलियम पदार्थमा केही दबाब परेको छ भन्ने पनि सुनिन्छ नी ?

पेट्रोलियम पदार्थ हामीसँग सात दिनलाई पुग्ने छ । पाइप लाइनमार्फत ल्याउँछौ । डिजलको अभाव हुँदैन । पेट्रोलको हकमा लकडाउन भएपछि माग पनि कमै हुन्छ । विशेष गरी, नेपाल सरकारका आवश्यक साधन, सुरक्षा निकायका सवारी मात्र चल्छन् । त्यसमा समस्या हुँदैन । ग्यासमा केही नयाँ तरिकाले अगाडि बढ्ने योजना बनाउँदैछाँै । केही गरी ग्यास आउन सकेन भने त्यसको व्यवस्थापनका लागि गृहकार्य गरिरहेका छौँ । केही गरी कोरोेना फैलिइ नै हाल्यो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयोजन गर्ने गरी एक लाख सिलिण्डर भरेको ग्यास उपलब्ध गराउने गरी व्यवस्थापन गर्न भनेका छौँ ।

एक लाख भरेको र एक लाख खाली सिलिण्डर तम्तयारी हालतमा राख्न उद्योगलाई भनेका छौँ । आवश्यक परेको खण्डमा उपलब्ध गराउने गरी तयारी हालतमा राखेका छौँ । जनताको सहयोग सरकारलाई चाहिन्छ । मिडियाको सहयोग पनि चाहिन्छ । सरकारले केही गर्न सकेनभन्दा पनि यो स्थानमा छैन, त्यहाँ पुग्नु प¥यो भन्ने तरिकाले सुशुचित गराउनुपर्छ । समस्या भएको स्थानमा हाम्रो निकाय पुग्छ । हामीले भनेका छौँ, अभाव भएको स्थानका जनताले मलाई अत्यावश्यक सामान खरीद गर्न जानु प¥यो भनेर सुरक्षामा खटिएका प्रहरीलाई भनेर जान सक्नुहुन्छ । निस्कनै नसके सम्पर्क गर्नुपर्छ ।

लकडाउनका कारण अरुले समस्या नभोगेपनि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका हकमा बढी समस्या परेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हो, यो विषय उठेको छ । मैले उच्चस्तरीय समितिमा समेत यो विषयलाई पटक पटक राखेको छु । काम नभईकन दैनिक ज्यालादारीले पैसा पाउँदैनन् । सरकारी, निजी क्षेत्रमा पनि दैनिक ज्यालादारीमा छन् । त्यसको व्यवस्थापन कसरी गर्ने भनेर छलफल गरिरहेका छौँ ।

यस्तो जटिल अवस्थालाई लिएर आपूर्ति प्रणालीलाई सहज बनाउने सन्दर्भमा प्रेसर चाहि कस्तो महसुस गरिरहनु भएको छ ?

अब अहिलेसम्म खासै, प्रेसर महसुस त भएको छैन । तैपनि केही न केही जटिलता नै छ । हामीले चाहेर पनि गर्न नसकिने अवस्था छ । सुरक्षाका केही विषय छन् । हाम्रो सामान समुन्द्रमा १४ दिन क्वारेन्टाइनमा राखेको छ । भारतले पनि समुन्द्रमा नै क्वारेन्टाइनमा राखेको छ । यता आउँदा पनि समय लाग्छ । समयका कारण यहाँ के हुने हो भन्ने दबाब परेको छ । विशेष गरी, अरु विषयमा भन्दा औषधि र पेट्रोलियम पदार्थ र ग्यासमा केही दबाब छ ।

उच्चस्तरीय समितिमा पनि छलफल भई निर्णय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको तयारी गरेको छ । नेपाल खाद्य व्यवस्था कम्पनीसँग पनि ६ हजार विद्युतीय चुल्हो थियो । ती चुल्होमध्ये धेरै बिक्री भएको छ । हामीले इन्डक्सनलाई पनि प्राथमिकतामा राखेका छौँ । माग आयो भने खरिद गरेर पनि जनतामा पु¥याउने योजना बनाएका छौँ । ग्यासको विकल्पमा त्यसलाई राखेका छौँ ।

ग्यास माग गरेभन्दा बढी आएको छ । सामान्य अवस्थामा ग्यासको माग ३५ हजार मेट्रिक टन हो । अहिले ५० हजार मेट्रिक टन आएको छ । केही उद्योगमा पनि सञ्चिति छ । केही जनताले पनि सञ्चिति गरेका छन् । यसले त जसले सञ्चिति गरेको छ, यसले माग गर्दैन । खाद्यान्न पनि त्यस्तै हो । दोस्रो पक्ष तरकारीलगायत दैनिकी सामग्री छ । त्यो बजारमा आएन भने के गर्ने भन्ने अवस्था छ । त्यसमा समस्या छ ।

ग्यास आफैँमा जोखिमपूर्ण र प्रज्वलनशील पदार्थ हो, यसको अनावश्यक भण्डारण गर्दा, त्यसबाट अन्य जोखिम पनि बढ्छ, त्यसबाट जोगाउन सरकारको तर्फबाट केही सचेतनाका कार्यक्रम अगाडि बढाइएको छ ?

हामीले माननीय कोमल ओलीको स्वरमा नै एउटा सचेतनामूलक सामग्री तयार पारेर प्रकाशन, प्रसारण गरिसकेका छौँ । यत्ति बेला त हामी सचेत हुनैपर्छ । पेट्रोलियम पदार्थ जस्तो प्रज्वलनशील पदार्थ बढी भण्डारण गर्ने हुँदैन । ग्यास लिकेज हुँदा आफैँमा खतरा हुन्छ । आवश्यक पर्ने जति मात्रै राखौँ । हामीले खाद्य वस्तु र औषधि उद्योग नियमित चलाउन भनेका छौँ ।

ग्यासको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्ने तथा गराउनेतर्फ सरकारको केही योजना छ ?

हो, देशभित्रै प्रर्याप्त मात्रामा विद्युत् उपलब्ध छ । त्यसलाई सदुपयोग गर्नेतर्फ पनि हामीले सोचका छौँ । उच्चस्तरीय समितिमा पनि छलफल भई निर्णय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको तयारी गरेको छ । नेपाल खाद्य व्यवस्था कम्पनीसँग पनि ६ हजार विद्युतीय चुल्हो थियो । ती चुल्होमध्ये धेरै बिक्री भएको छ । हामीले इन्डक्सनलाई पनि प्राथमिकतामा राखेका छौँ । माग आयो भने खरिद गरेर पनि जनतामा पु¥याउने योजना बनाएका छौँ । ग्यासको विकल्पमा त्यसलाई राखेका छौँ । यो योजनासँग जोडिएको छ । एक हजार इन्डक्सन चुल्हो बिक्री भएको छ ।

उद्योगी व्यवसायीका छाता सङ्गठनसँगको छलफल र तयारी कस्तो छ ?

मन्त्रालयका तर्फबाट हामीले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घसँग नियमित छलफल गरेका छौँ । उहाँहरु पनि संकटको घडीमा सरकारलाई सहयोग गर्न तयार नै हुनुहुन्छ । हामीले सहयोग गर्नुस् भनेका छौँ । उहाँहरु सहयोगी भएर आउनु भएको छ । कानून विपरित गर्नेलाई कारवाही भएको छ । यसबीचमा झण्डै रु ६० लाख बराबरको जरिवाना पनि भएको छ । अब उपभोक्ता ऐनलाई कार्यान्वयन गरेर, वाणिज्यको महानिर्देशकलाई पाँच वर्ष कैद र रु तीन लाख जरिवाना गर्ने अधिकार पनि दिएका छौँ ।

वाणिज्य विभागका महानिर्देशकको नेतृत्वमा रहेको अनुगमन टोलीले विभिन्न क्षेत्रमा अनुगमनमा गएको थियो । म आफैँ पनि केही पसलको अनुगमनमा गएको थिएँ । अनुगमन टोलीले कारबाही गर्न शुरु गरेपछि उपभोग्य वस्तुको बढी मूल्य लिने क्रम ह्वात्तै घटेको छ । अहिले मूल्य बढेको मैले पाएको छैन ।

सङ्कटको घडीमा मौका उठाउनेलाई सोझै कारबाही गर्छौ । अब जरिवाना मात्रै होइन, कैद नै गर्नुपर्छ भन्ने छ । ललकडाउनका आवश्यकभन्दा बढी कर्मचारी नराख्ने भने पनि हामीले वाणिज्यका अधिकांश कर्मचारी र मन्त्रालय मातहतका अन्य कर्मचारीलाई समेत एकीकृत रुपमा बजार अनुगमनमा समेत खटाएका छौँ । हामीले कर्मचारीलाई बिदा दिएका छैनौँ । समस्या देखिएको स्थानमा अनुगमन समूह गएको छ । गृहले पनि आवश्यक सहयोग गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) लाई पनि भनेका छौँ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुगमन गर्न भनेका छौँ । लकडाउनपछि सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

विषम परिस्थितिमा उपभोक्तामाथि ठगी गर्ने प्रवृत्ति देखिन्छ, अहिले कस्तो पाउनुभएको छ ?

सुरुआतका दिनहरुमा उपभोग्य वस्तु बढी मूल्यमा बेचेको देखियो । वाणिज्य विभागका महानिर्देशकको नेतृत्वमा रहेको अनुगमन टोलीले विभिन्न क्षेत्रमा अनुगमनमा गएको थियो । म आफैँ पनि केही पसलको अनुगमनमा गएको थिएँ । अनुगमन टोलीले कारबाही गर्न शुरु गरेपछि उपभोग्य वस्तुको बढी मूल्य लिने क्रम ह्वात्तै घटेको छ । अहिले मूल्य बढेको मैले पाएको छैन । पहिलेकै मूल्यमा वस्तुहरु खरिदबिक्री भइरहेको छ ।

बजारमा मूल्य बढेको देखिएको छैन । एकाध वस्तुमा मूल्य बढेको छ । जस्तो चिनियाँ स्याउ, लसुनको मूल्य केही बढेको देखिएको छ । चिनियाँ नाका धैरै समयदेखि बन्द हुँदा भाउ बढेको हो । केरुङ र तातोपानी नाका तत्काल खोल्ने विषयमा द्विपक्षीय कुराकानी भइरहेको छ । आन्तरिक अवस्थामा तरकारीलगायत वस्तुको उत्पादन बढेसँगै अघिको तुलानामा केही मूल्य घटेको छ ।

उद्योगी व्यवसायीले मास्क, स्यानिटाइजर, जनस्वास्थ्यसँग सम्बन्धित सामग्री स्वदेशमै उत्पादन थाल्ने तयारी गरेका छन् । सरकारले त्यस्ता व्यवसायीलाई कसरी सहजीकरण गरिरहेको छ ?

यसअघि मास्क, स्यानिटाइजरलगायतका सामग्री हामीले दैनिक प्रयोग गर्ने गरेका थिएनौँ । हिजोका दिनमा विशेषगरी स्वास्थ्य क्षेत्रमा मात्र त्यस्ता सामग्रीको प्रयोग हुन्थे । अहिले सबैलाई आवश्यक भयो । हिजोका दिनमा मासिक २५ हजार मास्क खपत हुन्थ्यो । अहिले एक्कासि माग बढेको छ । स्यानिटाइजर पनि नेपालमै उत्पादन हुन थालेको छ । चेम्बर अफ कमर्शले दैनिक ५० हजार मास्क उत्पादन गर्न शुरु गरेको छ । अन्य उद्योगले पनि उत्पादन थालेका छन् । अब हाम्रो आवश्यकतामा मास्कको अभाव हुँदैन । छिमेकी मुलुक भारतले कुनै प्रकारका स्वास्थ्य उपकरण निर्यात नगर्ने बताए पनि हामी कूटनीतिक माध्यमबाट नेपालका लागि खुला गर्नुपर्छ भन्ने ढङ्गले कुराकानी हुनेछ । अहिलेसम्म भारतीय पक्षबाट त्यस्ता सामग्रीमा कुनै रोकावट भएको छैन ।

सरकारले कोषमा रकम जम्मा गरिसकेको छ । यस्तै विविभन्न व्यक्तिले पनि कोषमा रकम जम्माको घोषणा गर्नुभएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले पनि कोषमा सहयोग दिने क्रम जारी छ । अहिलेको सङ्कट कोषबाटै पनि व्यवस्थापन गर्न सक्छौँ । अत्यावश्यक वस्तुको किन्ने प्रक्रिया पनि शुरु भइसकेको छ ।

अब नयाँ परिस्थिति आउँदा त नयाँ परिस्थितिअनुसार हामीले पनि रणनीति बदल्नुपर्छ । हामीले औषधि उद्योगीहरुलाई यतिबेला कुन औषधि चाहिन्छ त्यसको आत्मनिर्भरतातर्फ जाउँ भनेका छौँ । मेडिकल कीट, भेन्टिलेटर उत्पादनको त सम्भावना नै छैन । विदेशबाटै ल्याउनुपर्छ । चीन वा भारतसँग कुराकानी गरेर ल्याउनुपर्छ । विशेषगरी औषधिको कच्चा पदार्थ चीनबाट आउने हुँदा चिनियाँ नाका खुलाउनुपर्छ भन्नेमा हामी पुगेका हौँ । चीनले कोरोनाको सङ्क्रमणलाई शून्यमा झारेदेखि नै अत्यावश्यक वस्तुको उत्पादन बढाइरहेको अवस्था छ । त्यसकारण चीन, भारतलगायत अन्य मुलुकबाटबाट पनि औषधिलगायत अत्यावश्यक वस्तुको आयात गर्ने तयारीमा छौँ । नेपाल एयरलाइन्सको जहाज पठाएर त्यस्ता सामान ल्याउँछौँ ।

चीनले नेपाललाई अत्यावश्यक सामग्री उपलब्ध गराउने घोषणा गरेको सन्दर्भमा त्यस्ता सामग्री ल्याउन नेपालले के गरिरहेको छ ?

चीनले औषधिलगायत अत्यावश्यक वस्तु उपलब्ध गराउने बताएका छ । त्यसका लागि पहल भइरहेको छ । सरकारले केही सामग्री किन्ने तयारी पनि गरेको छ । सरकारले कोरोना विशेष कोष समेत खडा गरेको छ । सरकारले कोषमा रकम जम्मा गरिसकेको छ । यस्तै विविभन्न व्यक्तिले पनि कोषमा रकम जम्माको घोषणा गर्नुभएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले पनि कोषमा सहयोग दिने क्रम जारी छ । अहिलेको सङ्कट कोषबाटै पनि व्यवस्थापन गर्न सक्छौँ । अत्यावश्यक वस्तुको किन्ने प्रक्रिया पनि शुरु भइसकेको छ ।

चीनसँगको नाका खुलेपछि सहज होला ?

त्यही भएर हामीले तातोपानी र केरुङ नाका तत्काल खोल्ने निर्णय गरेका हाँै । दुई वटा नाका खुलेपछि अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुन्छ । केही आवश्यक वस्तु समुद्री मार्गबाट, केही स्थल मार्गबाट र केही कार्गो गरेर ल्याउँछौँ ।

सङ्कटका बेला उद्योगी व्यवसायीले दायित्व पूरा नगर्ने तर सरकारसँग बार्गेनिङ गर्ने चलन थियो । उद्योगी व्यवसायीको अवस्था के बुझ्नुभएको छ ?

उद्योगी व्यवसायीसँगको छलफलमा मैले अहिले तपाईँहरुले माग्ने बेला होइन दिने बेला हो भनेर स्पष्टसँग भनेको छु । यतिबेला तपाईं राज्यसँग नमाग्नुस्, त्याग गर्नुहोस् भने । अहिले उहाँहरुको माग्ने कुरा छैन । कोरोनाको विरुद्ध कसरी लड्ने भन्ने मै उहाँहरु पनि हुनुहुन्छ । भोलिका दिनमा उद्योग व्यवसायीलाई के गर्न सकिन्छ भनेर कोरोनाको त्रास हटेपछि बल्ल सोच्ने अवस्था आउँछ ।

जनताको सहयोगबिना राज्यले केही पनि गर्न सक्दैन । यसको स्रोत, साधान, क्षमता जति छ त्यति मात्र प्रयोग गर्ने हो । अहिले कोरोनासँग लड्ने भनेको आम जनता एक ठाउँमा हुने र नेपाल सरकारले गरेका निर्णयलाई अक्षरशः पालना गर्ने हो ।

लकडाउनको समयमा जनताको चुल्हो बलेन भने सरकारले कसरी ‘डेलिभरी’ दिन्छ ?

जसको घरमा दैनिक अत्यावश्यक वस्तुको अभाव छ, उसले नजिकको प्रहरी विटमा खबर गर्न सक्छ, अथवा सरकारले सञ्चालनमा ल्याएको टोलफ्री नम्बर ११३७ मा फोन गर्न सक्छ । हामीले ठूला सुपरमार्केटलाई पनि भनेका छौँ । त्यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको ‘मोबाइल’ पसल सञ्चालनमा ल्याउँछौँ । माहामारी फैलिएको अवस्थामा घरघरमा खाद्यान्न पु¥याउनु राज्यको दायित्व हो । राज्यले आफ्नो क्षमतालाई पूर्ण प्रयोग गरेर जान्छ । त्यसमा विश्वस्त हुन आग्रह गर्दछु ।

जनतामा तपाईंको अपिल के छ ?

चीनमा कोरोनाको प्रकोप आउनेबित्तिकै त्यसले नेपालमा पार्न सक्ने सम्भावित चुनौतिका बारेमा मैले छलफल गर्दै आएको छु । आपूर्तिसम्बन्धी जानकारी मिडियामार्फत जनतालाई दिइँदै आइएको छ । जनताको सहयोगबिना राज्यले केही पनि गर्न सक्दैन । यसको स्रोत, साधान, क्षमता जति छ त्यति मात्र प्रयोग गर्ने हो । अहिले कोरोनासँग लड्ने भनेको आम जनता एक ठाउँमा हुने र नेपाल सरकारले गरेका निर्णयलाई अक्षरशः पालना गर्ने हो ।

विशेष गरी घरभित्र बस्ने नै महत्वपूर्ण हो । यो नियमलाई सबैले पालना गर्र्दिएको अवस्थामा असहज अवस्था सहजतामा परिणत हुन्छ । आम नेपाली जनतासँग मेरो अपिल यही हो । हामी एकअर्कालाई सहयोग गरौँ, सहयोगी हातहरु अधि बढाऔँ र घरमा छैन भने जोसँग छ उसले छिमेकीलाई सहयोग गरौँ । अभावको भएको खण्डमा सरकारलाई जानकारी गराउनुहोस्, सरकार त्यहाँ आइपुग्छ । दुःख पर्दा एकअर्कालाई सहयोग गर्ने नेपालको पूरानो संस्कृतिलाई बचाऔँ । अहिले कोही पनि भोको नहोस्, जोसँग छ त्यसले बाडिचुडी खाऔँ ।

अन्त्यमा तपाईंले आमजनतालाई भन्नुपर्छ केही छ ?

दैनिक उपभोग्यका साथै अत्यावश्यकीय वस्तुको कुनै पनि अभाव नहोस् भन्नेमा हामी लागिरहेका छौँ । छिमेकी मुलुकसँग समन्वय आपूर्तिलाई सहजीकरण गरिएको छ । भारतका तर्फबाट आयातमा कुनै समस्या छैन । अन्य मुलुकको दाँजोमा राखेर नेपालमा निर्यात प्रतिबन्ध लगाउन हुँदैन भनेर भारतसँग कूटनीतिक संवाद भइरहेको छ । चिनियाँ पक्षबाट पनि सहयोगको प्रतिबद्धता व्यक्त भएको छ । खाद्यवस्तुको अनावश्यक सञ्चिती नगरौँ । कालोबजारी हुन नदिऔँ र सबैका सहयोगी हातले सबै चुनौतीको व्यवस्थापन र सामना गर्न सक्छौँ । सरकारलाई सहयोग गरौँ । आमनेपाली जनता पक्षविपक्ष नभनी एक ठाउँमा उभिनु नै महत्पूर्ण पक्ष र कोरोनाका विरुद्ध विजय हासिल गर्ने लक्षण हो ।

लकडाउनको अवधि लम्ब्याउने तयारी

शुक्रबार धनगढीमा पनि कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवधि बढाएर २१ दिन पुर्याउने तयारी गरेको छ । कारोना भाइरस ‘कोभिड–१९’ संक्रमितको संख्या थपिदै जाँदा सरकारले यस्तो रणनीति लिन लागेको हो । लकडाउनको अवधि लम्व्याएर २१ दिन पुर्याउने तयारी भएको उच्च स्रोतले बताएको छ ।

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट आएर नेपालका गाउँ गाउँ पुगेका नेपाली युवामा यो संक्रमण हुन सक्ने आँकलन गर्दै लकडाउन अवधि बढाउन लागेको समिति सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ । लकडाउनको अवधि बढाउन समितिको निर्देशनमा गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई  निर्देशन दिइसकेको बताइएको छ ।

अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेकोले सोही अनुरुप दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि उद्योगी र व्यवसायीहरूलाई समेत सरकारले आग्रह गरिसकेको छ ।

कोरोना संक्रमित युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।

उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको हो । एक चिकित्सकका अनुसार उनको आज पुनः परिक्षण गरिनेछ । यदि त्यसमा नेगेटिभ आएमा उनलाई डिस्चार्ज गरिने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिए । उनले कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ । फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएको युवतीमा कोभिडको सङ्क्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको हो । नेपालमा हालसम्म चार जनामा कोभिडको सङ्क्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न एन्टी भाइरस स्प्रे छर्कंदै

म्याग्दीको मुख्य प्रवेशद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छर्किंदै । सुरक्षाकर्मीको टोलीले शनिबार दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छर्केका हुन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकहरुमा कोरोना सङ्क्रमित ब्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको हो । तस्वीरः कमल खत्री÷रासस

 

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न एन्टी भाइरस स्प्रे छर्कंदै । तस्वीर ः रमेश गिरी÷रासस

 

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न एन्टी भाइरस स्प्रे छर्कंदै । तस्वीर ः रमेश गिरी÷रासस

५२६ पर्यटकको उद्धार गरिँदै

कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३०४ नागरिक स्वदेश फर्किएका थिए ।

आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ ।

यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालका विभिन्न गन्तव्यबाट अहिले ५२६ पर्यटकको उद्धार गर्नुपर्नेछ । तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १०० जनाको उद्धार गरी काठमाडौँ ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३०० पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ ।

मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै

छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाइडबडी जहजा काठमाडौँबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ । निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिनुभयो । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उहाँले बताउनुभयो । ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गर्नुभयो ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।¬ कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ ।

आन्तरिकमा नौ उडान विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो । आज पनि कतारको दोहाका लागि दुई उडान क्रमशः बिहान सबा १० र ११ बजे निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।

यसैबीच लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि आज अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुँदैछन् । प्राधिकरणका अनुसार निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ । त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन् । निगमको वाइ–१२ जहाजले पनि आज काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ । यो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट सङ्कलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कने बताइएको छ ।

भ्रम फैलाउने पक्राउ

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । क्वारेन्टाइन तयार सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मेची नगरपालिकामा ७० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई राखिएको छ ।

मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् । जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

यता बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा १०÷१० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । लकडाउनका समयमा सेवा पु¥याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले छ एम्बुलेन्स तयार गरेको छ ।

गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका छ । एम्बुलेन्स तयार गरेको हो । एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस ९पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट० लगाएको गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी दिनुभयो ।

जनतालाई सेवा दिने कुरामा विकास बैंकहरु प्रतिबद्ध छन्

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालका विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा विकास बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ।

बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र नेपालका विकास बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी दिन डेभलपमेन्ट बैंकर्स एशोसियनका अध्यक्ष एवं गरिमा विकास बैंकका सीइओ गोबिन्द प्रसाद ढकालसंग आर्थिक बजार न्यूजडटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० यो बिसम परिस्थितिमा विकाश बैंकहरुको वर्तमान अवस्था कस्तो छ अध्यक्षज्यू ?
तपाई हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा विकास बैंकहरुले सेवा दिइरहेको अवस्था छ ।

तर, हामीलाई सरकार स्थानीय निकाय र राष्ट्र बैंकबीच फरक फरक कुरा आउँदा केही असहज भने पक्कै भएको छ । आफै सर्तक भएर सेवा दिनु पर्ने बेला छ ।
हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ । जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेको छौं ।

० राहतको प्याकेज ग्राहकहरुलाई दिनुपर्ने अवस्था देखिन्छ । तपाईहरुको तयारी चाही के छ नि ?
हामीले ग्राहकहरुलाई दिनुपर्ने सेवा केही शाखाबाट दिएको अवस्था छ । एटिएम हाम्रा चौविसै घण्टा खुल्ला छन् ।

कुनै शुल्क हामीले लिदैनौ । अर्को कुरा के छ भने राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ग्राहकहरुलाई चैत्रसम्म कर्जाको साँवा ब्याज हाल्न छुट छ । कुनै शुल्क हामी लिदैनौ । बैंक भनेको ग्राहकमुखी सेवा हो । ग्राहकलाई नगद चाहिए हामी दिन तयार छौं ।

० सरकारले कोरोना भाइरस बिरुद्ध लड्न स्थापना गरेको कोषमा विकास बैंकहरुको छाता संस्था डेभलमपेन्ट बैंकर्स एसोशियसनले कस्तो सहयोग गरेको छ त ?
कुरा चलिरहेको छ । हाम्रो संस्थाको बैंठक बसेको छैन । हामी एउटा निर्णयमा पुग्ने नै छौं । आ–आफ्ना बैंकबाट पनि दिने हो कि भन्ने पक्षमा पनि छौं । यो बेला सबै नेपाली एक भएर लाग्नु पर्दछ । सरकारलाई हाम्रो साथ सधै रहने नै छ ।

आउँदो आर्थिक वर्षको सामाजिक उत्तरदायित्व कोषबाट निकासा गरेर भए पनि केही दिने पक्षमा हामी छौं । खास गरि पर्यटन व्यवसायलाई ठूलो असर परेको छ । यसका लागि पनि केही कार्यक्रम सरकारले ल्याउन जरुरी देखिन्छ ।

० विकास बैंकहरुका एटिएममा पैसा नभएको र केही साँझ नर्पदै बन्द गरिएको गुनासा भएको छन् नि ?
यो झुट हो । हाम्रा एटिएममा प्रसस्त पैसा छ । हामीले पाएका पासहरु दिएर एटिएममा कर्मचारीले पैसा हाल्नु भएको अवस्था छ । एटिएम चौविसै घण्टा खुल्ला नै छन् र कुनै पनि बैंकको कार्ड प्रयोग गरेपनि हामी शुल्क लिदैनौ ढुक्क भए हुन्छ ।

० कर्जाको साँवा व्याज मिनाहा बारे के गर्ने सोच्नु भएको छ त ?
मैले अगाडी नै भनिसके चैत्र मसान्त भरी छुट छ । हामीले फोन गरेका छैनौ । राष्ट्रिय समस्या आएको छ । कोरोना भाइरसले देश लकडाउनमा छ यो हामीले बुझेका छौं । हामी पनि यही समाजका मान्छे हौ । हामी सहयोग पक्कै गर्दछौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ अवस्थाबारे चाहि के सोच्नु भएके छ । अध्यक्ष ज्यू ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । हामीले प्रस्टै भनेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।

त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ नि ।

० कोरोनाको कारण लकडाउन लम्बिने देखिन्छ । यसको तयारी चाही कस्तो छ त ?
यो सक्रमणसंग आज संसारका कुनै पनि देशहरुले पूर्व तयारी गरेको थिएनन् । हामी भन्दा धेरै शक्तिशाली राष्ट्र आज रोहीरहेको छ । यसले ठूले मात्रामा अर्थतन्त्रलाई हानेको छ । त्यसकारण हामी नेपालीले पाठ सिक्दै पूर्व तयारी गर्नु पर्ने अवस्था छ । त्यो हामी गर्दछौं ।

० कोरोना भाइरसका कारण मुलुकको वित्तिय अवस्थालाई कस्तो असर पर्ने देख्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । हामी मात्रै होइन कोरोना भाइरसका काराण विश्व अर्थतन्त्रनै तहसनहस भएको छ । यसमा हामी पनि छुटेका पक्कै छैनौ । असर पर्ने संकेत देखा परेका छन् । १÷२ महिना भयो भने त फरक नपर्ला तर लामो समय यस्तै भयो भने हामीलाई तग्रिन निक्कै गाह्रो हुने अवस्था पक्कै आउने देखिन्छ ।

० अन्यमा के छ त ?
हामी विकास बैंकहरुले सेवा दिने कुरामा पटक्कै कन्जुसी गरेका छैनौ । ग्राहकमुखी सेवा दिने पक्षमा नै छौं । हामीले फोन नम्बरहरु दिएका छौं । सम्पर्क गरेर नगद लिन सकिन्छ । एटिएम खुल्ला छन् । स्वास्थ रहनुहोस् । घरबाट बाहिर ननिस्कनुहोस् । विकास बैंकहरु ग्राहकमुखी सेवा दिन प्रतिबद्ध छन् ।