जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

समाचार

कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

प्रधानसेनापति थापा

कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् ।

थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सर्वोच्च सेवाभाव देखाउन’ पनि भनेका छन् । थापाले भनेका छन्, ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौति दुवै हो । बहादुरी होइन, बुद्धि र विवेकको प्रयोग गर्नुस् ।’

संकेटको घडीमा संयम र धैर्यता देखाउन पनि उनले भनेका छन् । ‘कठिन समय केही समयका लागि मात्रै हो, सदैव ख्याल राख्नुस्’, थापाले निर्देशन दिएका छन्, ‘सबै नागरिकप्रति सदैव सहयोगको भावना राख्नुस् । सैनिक सेवाको मर्यादा र धर्म आफूले राम्ररी बुझेर सहकर्मीहरुलाई पनि बुझाउनुस् ।’ बोली र व्यवहारले मात्र पनि अरुको सोचमा परिवर्तन ल्याउन सक्ने जनाउँदै थापाले आ–आफ्नो दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्न पनि भनेका छन् ।

सकलदर्जालाई उनले विसञ्चो भए घर वा व्यारेकमा बस्न भनेका छन्, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आइसोलेसनमा राख्न भनेका छन् । ‘आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्वस्त हुन्छन्, विरामीले पनि निको भएको अनुभव गर्दछन्’, थापा भन्छन्, ‘नेपाली नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्नुस् ।’

उनले संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफू जोगिन पनि भनेका छन् ।

8615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?