जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा तलका विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५% छुट, सबै सलोन सेवामा २०% छुट र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी मा हुने तालिम कार्यक्रममा ३०% छुट पाउन सकिनेछ ।
यो सुविधा सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइ डिशहोम एपमार्फत उपलब्ध हुनेछ ।

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

काठमाडौंमा अवस्थित TIBSA ले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।

कसरी छुट प्राप्त गर्ने ?
myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्नुहोस्।
कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस्।स साझेदारीलाई औपचारिक बनाउने क्रममा Tranquility Spa and Services का प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका Chief of New Product Development Officer सबिन महर्जन बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्ने डिशहोमका सिइओ तारा मानन्धरले बताए ।

DishHome Virtual Privilege Card कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।

आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।

नेपाल राष्ट्र बैंकले एकहजारका नायाँ नोट छपाउने

फेरि पनि नेपाली नोट छपाईको जिम्मा चिनियाँ कम्पनीलाई दिइने भएको छ । एकहजार रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट छपाइका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ कर्पोरेसनलाई जिम्मा लगाइने भएको छ । यी नोट छपाउँदा एक करोड उनान्सत्तरी लाख पचासी हजार अमेरिकी डलर खर्च हुने भएको छ ।

सोही रकममा उक्त कम्पनीले डिजाइन, पिन्टङ र डेलिभरीसम्मको जिम्मेवारी लिएको छ । राष्ट्र बैंकले तोकेको सर्तहरु पुरा गर्नेगरी कम शुल्कमा नोट छपाईको प्रस्ताव उक्त कम्पनीले गरेको थियो ।

लक्ष्मी सनराइज बैंक: प्रतिशेयर वितरणयोग्य आम्दानी १०.७८ पुग्यो

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा उल्लेख्य रूपमा ओरालो लागेको छ भने इम्पेयरमेन्ट चार्जको बोझले सञ्चालन मुनाफालाई समेत धराशायी बनाएको देखिन्छ।

बैंकले यस त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको असोज मसान्तको ५३ करोड ६३ लाख रुपैयाँको तुलनामा ३८.०४ प्रतिशतले कमी हो। यद्यपि, वितरणयोग्य मुनाफा भने २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कायम भएको छ र वितरणयोग्य प्रतिशेयर आम्दानी (Distributable EPS) १० रुपैयाँ ७८ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत ले वृद्धि भई २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत ले उक्लिएर ६१ करोड ६८ लाख रुपैयाँ कायम भएको छ। कुल सञ्चालन आम्दानी पनि १४.८० प्रतिशत ले बढेर ३ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ भएको छ।

तर, इम्पेयरमेन्ट चार्ज (कर्जा जोखिम वापतको प्रोभिजन) गत वर्षको १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट झन्डै दोब्बरले बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुग्यो। यसैको असरले सञ्चालन मुनाफा ४२.११ प्रतिशत ले खुम्चिएर ४३ करोड १७ लाख रुपैयाँमा सीमित भयो।ब्याज आम्दानी र सञ्चालन खर्च

बैंकको निवल ब्याज आम्दानी (Net Interest Income) यस त्रैमासमा २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। ब्याज खर्च घटेसँगै ब्याज आम्दानीमा सुधार आएको बैंकले जनाएको छ। तर, सञ्चालन खर्च र कर्मचारी खर्चमा वृद्धि हुँदा नाफामा केही दबाब परेको छ।

सञ्चालन खर्च १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने, गैरसञ्चालन खर्च पनि वृद्धि भएको विवरणमा देखिन्छ।

प्रतिशेयर आम्दानी र अन्य सूचकहरू
-EPS (प्रतिशेयर आम्दानी) : गत वर्ष ९.२५ रुपैयाँबाट घटेर ५.४६ रुपैयाँ (३.७९ रुपैयाँको गिरावट)
-प्रतिशेयर नेटवर्थ : १८४.८९ रुपैयाँ
-PE Ratio : ३९.७४ गुणा
-ननपरफर्मिङ लोन (NPL) : ५.४२ प्रतिशत
-क्रेडिट टु डिपोजिट अनुपात : ७७.०९ प्रतिशत
-बेस रेट : ५.८९ प्रतिशत

ब्यालेन्सशिटको अवस्था बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ कायम छ भने जगेडा कोषमा १८ अर्ब ४ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ७५ अर्ब ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। निक्षेपमा २.१७ प्रतिशत र कर्जामा २.६७ प्रतिशत को वृद्धि देखिएको छ।

मुक्तिनाथको वितरणयोग्य मुनाफामा उछाल

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ७ अर्ब ४ करोड चुक्ता पुँजी भएको यो विकास बैंकले खुद ब्याज आम्दानीमा राम्रो सुधार देखाए पनि कमिशन आम्दानीको गिरावट र इम्पेयरमेन्ट चार्जको बोझले नाफामा उल्लेख्य दबाब परेको छ।
खुद ब्याज आम्दानी : बलियो आधार (+६.७३%)
बैंकले यस त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको १ अर्ब ११ करोड ७४ लाख को तुलनामा ६.७३ प्रतिशत ले बढी हो।
कर्जा परिचालन : ९६ अर्ब ६५ करोड (गत वर्ष ९७ अर्ब २२ करोड, –०.५९%)
निक्षेप संकलन : १ खर्ब १४ अर्ब ८९ करोड (गत वर्ष १ खर्ब १७ अर्ब ४३ करोड, –२.१६%)
कर्जा र निक्षेप दुवै घटे पनि ब्याजदरको स्प्रेड (Interest Rate Spread) ४.५९% मा स्थिर रहेकाले NII बढ्न सक्यो। बेस रेट ६.५९% (गत वर्ष ८.२७%) मा झरेको छ, अर्थात् बैंकले कम ब्याजमा निक्षेप तान्न सफल भयो, जसले NIM (Net Interest Margin) लाई सहयोग पुर्‍यायो।
खुद फि तथा कमिशन आम्दानी १२ करोड ७० लाख बाट घटेर १० करोड १७ लाख मा झर्‍यो।

सम्भावित कारणहरू :
-डिजिटल कारोबारमा कमी
-रेमिट्यान्स/ट्रेड फाइनान्समा सुस्ती
-प्रतिस्पर्धी बैंकहरूको आक्रामक फि छुट नीति
कुल सञ्चालन आम्दानी : मध्यम वृद्धि (+५.७२%)
ब्याजले उकासे पनि कमिशनले तानेकाले कुल सञ्चालन आम्दानी १ अर्ब ३७ करोड ४७ लाख बाट बढेर १ अर्ब ४५ करोड ३५ लाख पुग्यो।

इम्पेयरमेन्ट चार्ज : नाफाको ‘ब्रेक’ (+३९.६%)
-गत वर्ष : ३८ करोड ७७ लाख
-यो वर्ष : ५४ करोड ११ लाख
NPL अनुपात : ४.०३% → ३.१६% (राम्रो सुधार)

तर प्रोभिजन किन बढ्यो ?
→ नयाँ कर्जाको जोखिम मूल्याङ्कन कडा भयो
→ पुरानो खराब कर्जाको रिकभरी सुस्त
→ नियामक दबाबमा अग्रिम प्रोभिजन
सञ्चालन मुनाफा र खुद नाफा : दुवैमा २०%+ को गिरावट
सञ्चालन मुनाफा : ४० करोड ३२ लाख → ३२ करोड १० लाख (–२०.३७%)
खुद नाफा : २८ करोड १८ लाख → २२ करोड ४७ लाख (–२०.२४%)

EPS र वितरणयोग्य मुनाफा
सूचक असोज २०८२ असोज २०८१ परिवर्तन
EPS रू. १२.७६ रू. १६.०० –३.२४
Distributable EPS रू. १७.३८ रू. ८.९३ +८.४५
Distributable Profit १२.२४ करोड ६.२९ करोड +९४.७१%
खुद नाफा घटे पनि वितरणयोग्य मुनाफा दोब्बरले बढ्यो। यसको अर्थ गत वर्षको Retained Earning बाट डिभिडेण्ड दिने बाटो खुला छ। लगानीकर्तालाई बोनस/क्यास डिभिडेण्डको सम्भावना बलियो बनेको छ।

ब्यालेन्स शिट : सन्तुलित तर सुस्त
चुक्ता पुँजी : ७ अर्ब ४ करोड ९३ लाख (स्थिर)
जगेडा कोष : ४ अर्ब ९३ करोड (३.५९% वृद्धि)
प्रति सेयर नेटवर्थ : १७०.०२ रुपैयाँ (गत वर्ष १५४.१०, +१५.९२ ले बढ्यो)
CD Ratio : ८५.६६% (नियामक सीमा ९०% भित्र, सुरक्षित)
Capital to RWA : १२.९२% (स्वस्थ)


लगानीकर्ताका लागि सिग्नलहरू
सिग्नल अर्थ
NII +६.७३% कोर व्यवसाय बलियो
फि –१९.८९% नन–इन्टरेस्ट इन्कममा कमजोरी
NPL ३.१६% जोखिम नियन्त्रणमा
Distributable Profit +९४% डिभिडेण्ड आशा
PE ३४.१३x हाल महँगो, तर EPS सुधारिए सस्तो बन्न सक्छ

महालक्ष्मी विकास बैंकले कमायो पौने १० करोड नाफा

महालक्ष्मी विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । बैंकले सो अवधिसम्म ५० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ५.३२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म भने बैंकले ४८ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

सो अवधिसम्म बैंकको खराब कर्जा अनुपात ५.५० प्रतिशत पुगेको छ । गत आवमा भने बैंकको यस्तो कर्जा अनुपात ४.९० प्रतिशत थियो । त्यस्तै, बैंकको बेस रेट ६.४५ प्रतिशत, कस्ट अफ फण्ड ४.३० प्रतिशत, रिटर्न अन इक्विटी ५.४८ प्रतिशत, रिटर्न अन एसेस्ट ०.६० प्रतिशत र स्प्रेड दर ४.३६ प्रतिशत पुगेको छ । बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेकोमा रिटर्न अर्निङ ३९ करोड ११ लाख, रिजर्भमा २ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ संचित र इपीएस ९.०८ रुपैयाँ, नेटवर्थ १६५.४३ रुपैयाँ, पीई रेसियो ४०.०८ गुणा र तरलता अनुपात ३०.७६ प्रतिशत रहेको छ । बैंकले सो अवधिसम्ममा वितरणयोग्य मुनाफा ३९ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । यसर्थमा बैंकको लाभांश क्षमता प्रतिसेयर ७.२२ प्रतिशत रहेको छ ।

गरिमा विकास बैंकको वितरणयोग्य प्रतिसेयर नाफा बढ्यो

गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा २२ करोड ५७ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा गरिमाको वितरणयोग्य मुनाफा ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ६८ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर नाफा १२ रुपैयाँ ८७ पैसा पुगेको छ। समीक्षा अवधिमा ३५ करोड ७६ लाख रुपैयाँ पुगेको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिमा ३२ करोड २३ लाखमा सीमित थियो । बैंकले खूद ब्याज आम्दानी पनि बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९८ करोड ६८ लाखमा सीमित खूद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ९९ करोड ८५ लाख पुगेको छ ।

अघिल्लो वर्षको यही अविधसम्म कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा ३७ करोड २१ लाख बढी रकम विनियोजन गरेकोमा यो वर्ष ३३ करोड ३१ लाख मात्र राखेको छ । नाफा बढ्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ रुपैयाँ ९० पैसा रहेको इपीएस बढेर यो वर्ष १७ रुपैयाँ ६४ पैसाको उचाईमा पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ३.८२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७३ प्रतिशत पुगेको पनि बैंकको रिटर्न अन इक्वीटी र रिटर्न अन एसेट भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९.९५ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी(आरओई) बढेर १०.७१ प्रतिशत पुगेको छ भने ०.९३ प्रतिशतमा सीमित रिटर्न अन एसेज(आरओए) बढेर ०.९६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले ९० अर्ब ९८ करोड बढी निक्षेप संकलन गरी ६९ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९० अर्ब ११ करोड निक्षेप संकलन गरी ६९ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ १६६.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८५ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८४७.८१ रुपैयाँ, तरलता अनुपात २९.५१ प्रतिशत र पूँजीकोष अनुपात १३.५७ प्रतिशत कायम भएको छ ।

कामना सेवा विकास बैंकको नाफा १२.९१ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकले खुद नाफा १२.९१ प्रतिशतले बढाएर लगानी क्षमता बलियो बनाएको छ। बैंकले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा १९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले पोहोर सोही अवधिमा १७ करोड ४९ लाख नाफा गरेको थियो।

यसपालि ब्याज आम्दानीमा सुधारका कारण बैंकको खुद नाफा बढेको हो। नाफा बढेपछि बैंकको लगानी क्षमता थप बलियो बनेको छ। असोज मसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.६१ प्रतिशत पुगेको छ। पोहोर यसै अवधिमा ९.४३ प्रतिशत थियो।

क्यापिटल एडुकेसी रेसियो २०१५, अनुसार बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्नुपर्ने प्रावधान छ। पुँजी कोषको सीमा बढ्नु भनेको लगानी क्षमता बढ्नु हो।

बैंकको फि आम्दानी १२.१९ प्रतिशतले बढेको छ। असोजसम्म बैंकले फि-कमिसनबापत ८ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। पोहोर तीन महिनामा यस्तो आम्दानी ७ करोड ६२ लाख रुपैयाँ थियो।

जेनजी आन्दोलनपछि ऋण असुली प्रभावित हुँदा बैंकको निष्कृय कर्जा भने बढेको छ। पोहोर असोजमा ३.९६ प्रतिशत रहेको निष्कृय कर्जा बढेर ४.४१ प्रतिशत पुगेको छ।

निष्कृय कर्जा बढेपछि त्यसका लागि बैंकले ११ करोड ६ लाख रुपैयाँ नोक्सानी छुट्याएको छ। पोहोर तीन महिनामा यस्तो प्रोभिजनिङ ४ करोड ८७ लाख रुपैयाँ थियो।

नोक्सानीका लागि छुट्याएको रकम ऋण असुली भएपछि नाफामा गणना हुन्छ। असोजसम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ छ। बैंकको प्रति सेयर आम्दानी २०.४६ पैसा र नेटवर्थ १५२.३१ रुपैयाँ छ।

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.९ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो ।

बैंकको सञ्चालन आम्दानी बढ्नु र लोन लस प्रोभिजन सामान्य घट्दा पनि नाफामा योगदान पुगेको देखिन्छ । खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी पहिले ४ अर्ब ११ करोड रहेकोमा अहिले ४ अर्ब १३ करोड रुपैयाँ छ । त्यस्तै फी तथा कमिसन आम्दानी पनि सामान्य बढेको छ ।

लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य घटेको छ । यस्तो रकम पहिले १ अर्ब ७ करोड रहेकोमा अहिले १ अर्ब १ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १६.७४ रहेकोमा अहिले १९.५१ रुपैयाँ छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ छ । असोज मसान्तसम्म वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड रुपैयाँ छ । वितरणयोग्य प्रतिसेयर नाफा २२.९५ रुपैयाँ हो । बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ ।

कुल कर्जामा यस्तो कर्जाको अंश गत वर्षको असोज मसान्तसम्म ४.६७ प्रतिशत रहेकोमा अहिले ४.९८ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा ७.२९ बाट ५.४० प्रतिशतमा झरेको छ ।

एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.५ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । खुद ब्याज आम्दानी पहिले २ अर्ब १३ करोड रहेकोमा अहिले २ अर्ब ४० करोड रुपैयाँ छ ।

लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढेको छ । यस्तो रकम पहिले १० करोड रहेकोमा अहिले ४२ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यस्तो आम्दानी पहिले ३४.८५ रुपैयाँ रहेकोमा अहिले ३६.४४ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ छ । असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश गत वर्षको असोज मसान्तसम्म ०.७७ प्रतिशत रहेकोमा अहिले ०.७४ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा ६.५८ बाट घटेर ४.८६ प्रतिशतमा झरेको छ ।

कुमारी बैंकको निष्क्रिय कर्जा करिब ७ प्रतिशत

कुमारी बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ४.९६ प्रतिशत थियो ।

बैंकको खुद नाफा २ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।

वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ । बैंकको साँवा तथा ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक हुनुका साथै निष्क्रिय कर्जा बढेको देखिन्छ ।

खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता १८५.४० रुपैयाँ छ ।

प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा ३ अर्ब

प्राइम कमर्सियल बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर वितरणयोग्य नाफा १९.६८ रुपैयाँ हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।

बैंकको खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब २८ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४० करोड रुपैयाँ छ ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढेको छ । यस्तो रकम पहिले ४१ करोड रुपैयाँ रहेकोमा अहिले ४८ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७९.३२ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ४.८६ प्रतिशत रहेकोमा अहिले ५.८६ प्रतिशत छ । बजार मूल्य प्रतिकित्ता २४५ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.९२ बाट घटेर ६.०८ प्रतिशतमा झरेको छ ।

कृषि विकास बैंकको नाफा करिब ९७ प्रतिशत घट्यो

कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरे पनि प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४२ करोड रुपैयाँ छ ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले बढेको छ । जसले नाफामा सिधा असर परेको छ । यस्तो रकम पहिले ९० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २३९.५२ रुपैयाँ छ । निष्क्रिय कर्जा उत्ति नै छ । कुल कर्जामा यस्तो कर्जा पहिले ४.७८ प्रतिशत रहेकोमा अहिले पनि त्यति नै छ । बजार मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.०७ बाट घटेर ५.४२ प्रतिशतमा झरेको छ ।