जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु बैंक लिमिटेडद्धारा PBL Mastercard सञ्चालनमा

प्रभु बैंक लिमिटेडद्धारा PBL Mastercard सञ्चालनमा

प्रभु बैंक लि. ले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आप्mना ग्राहकहरुको लागि PBL Mastercard सञ्चालनमा ल्याएको छ । काठमाण्डौस्थित सोल्टी होटेलमा आयोजित एक समारोहमा PBL Mastercard को औपचारिक शुभारम्भ गरी सञ्चालनमा ल्याईएको हो । Digital Payment क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी Mastercard र नेपालस्थित प्रभु बैंक लि. को साझेदारीमा EMV chip based PBL Mastercard सञ्चालनमा ल्याईएको हो ।

PBL Mastercard को औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लि.का सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो । उक्त समारोहमा उपस्थित महानुभावहरुलाई प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राख्नु हुँदै प्रभु बैंकले Mastercard सँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताउनुभयो ।

उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख श्री पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा EMV chip based PBL Mastercard सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । PBL Mastercard को औपचारिक शुभारम्भ कार्यक्रमको समापन गर्दै प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष देवि प्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको Mastercard मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताउनु भयो । यसबाट प्रभु बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने बताउनुभयो ।

6475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका