जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनआई सी एशिया बैंकर उद्यमशील महिला महासंघबीच सम्झौता

एनआई सी एशिया बैंकर उद्यमशील महिला महासंघबीच सम्झौता

एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहक मुखि योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजीक्षेत्रबाट सञ्चालित बैंकहरू मध्येकै ठूलो बैंक बन्न सफल भएको छ । यसै सिलसिलामा ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजनापनि सार्वजनिक गरेको छ ।

बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी सम्झौता पत्रमा एनआई सी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्ड लगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा रू. २ लाख देखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइनेछ ।
यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियत पुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

5140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?