![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![गरिमा विकास बैंकको शाखा कुमारीपाटीमा](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
गरिमा विकास बैंक लिमिटेडले विहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन ।
विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्ने जनाएको छ ।
बैंकले आर्थिक बर्ष २०७५ चैत्र ६ गतेसम्म रु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको बताएको छ ।