जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नवलपूरको कावासोतीमा महालक्ष्मी विकास बैंकको शाखा

नवलपूरको कावासोतीमा महालक्ष्मी विकास बैंकको शाखा

महालक्ष्मी विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले शाखा उद्घाटन गरेकी हुन् ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य रहेको बताए । उनले महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यान्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए । बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या चार लाख ५० हजार भन्दा बढी रहेको छ ।

8195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका