जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सनराइज बैंकको सोलुखुम्बु जिल्लामा सीमित बैंकिङ्ग इकाई सञ्चालन

सनराइज बैंकको सोलुखुम्बु जिल्लामा सीमित बैंकिङ्ग इकाई सञ्चालन

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा सोलुखुम्बुस्थित किन्जा, लिखुपिके गाँउपालिका, वडा नंं ५ मा बैंकले सीमित बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ ।

चाँडै नै शाखा विस्तार गर्ने योजना लिई सोमबार आयोजित एक औपचारिक कार्यक्रममा सन्राइज बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका संचालक दिपक नेपाल, लिखुपिल्के गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले संयुतm रmपमा सीमित बैंकिङ्ग इकाईको उद्घाटन गरेका छन् । सो कार्यक्रममा एम. भी. हाइड्रोपावरका उपाध्यक्ष अंशुमन मोघा, लिखुपिल्के ३,४ र ५ का वडा अध्यक्षहरु लगायत सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

7090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?