जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सिद्धबाबा, सिद्धार्थनगर र लुम्बिनी अस्पतालमा कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट

सिद्धबाबा, सिद्धार्थनगर र लुम्बिनी अस्पतालमा कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट

कामना सेवा विकास बैंकका ग्राहकले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.मा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले तीन वटै अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार, ग्राहकहरुले औषधी तथा उपचारमा विशेष छुट पाउने छन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई, सिद्धबाबा हस्पिटलको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल तथा लुम्बिनी सिटी अस्पतालको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका थिए ।

6335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका