![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![कुमारी बैंक र ह्याम्स्बीच सम्झौता](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स्)बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्स्का अध्यक्ष आर.एस्. भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ९३ शाखा सञ्जाल, ८७ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।