जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सनराइज बैंकको शाखा विस्तार

सनराइज बैंकको शाखा विस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा गोदावरी स्थित अत्तरियामा ११० औँ शाखा संचालनमा ल्याएको छ । गोदावरीे नगरपालिकाको मेयर श्री हरि सिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रmपमा उद्घाटन गरेका थिए ।

सोहीदिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरे । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज तातेड उपस्थीती रहेको थियो ।
बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्ष चक्र बहादुर देउवाले उद्घाटन गरेका थिए ।
हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ ।

साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दैजाने योजना रहेको छ ।

7125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका