जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१

पत्रपत्रीका

अब एक क्लिकमा भुक्तानी

अब एक क्लिकमा भुक्तानी

सेलकम प्राईभेट लिमिटेडले नयाँ पेमेन्ट प्रणाली सेलपे सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकको अनुमति पाएपछि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ र सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको जनाएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीचमा नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उक्त सेवाको उदघाटन गरे ।

विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर,P2P, P2B, P2G, B2P, B2B, B2G आदि वास्तविक समय (Real Time) मा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” (CellPay)को सुरुवात गरेको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन सेवा भएको सेलकमका अध्यक्ष दिपक महोत्राले बताए । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुने प्रणाली भएको उनको दावी छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । हाल यो प्रणालीमा १० वटा बैंकहरु आवद्ध भएका छन् ।

विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै (Real Time) मा आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने कम्पनीको दावी छ । अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त हुनेछ कम्पनीले बताएको छ । यसरी न्युन शुल्क तथा भुक्तानी रकम तुरुन्तै (Real Time) मा प्राप्त गरी दोहोरो फाईदा हुने छ।

१. सेलपे सेवा कस्तो सेवा हो ?
सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ ।

२. के सेलपे वालेट सेवा हो ?

होईन, सेलपे वालेट सेवा होईन । सेलपे सेवामा ग्राहकले वालेट बनाउनु पर्ने, वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् । सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने छ ।

३. सेलपे सेवा कसरी प्राप्त गर्न सकिन्छ ?

सर्वप्रथम गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाईटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने छ । ततपश्चात एप्पमा भनिए अनुरुप आफुलाई दर्ता गरी आवश्यक प्थ्ऋ जानकारीहरु भरी आफ्ना बैंक खाताहरु जोड्न सक्नु हुने छ । ततपश्चात तपाई आफ्ना भुक्तानीहरु गर्न सक्नु हुने छ ।

४. सेलपे सेवामा कति वटासम्म बैंक खाताहरु आवद्ध गर्न सकिन्छ ?
तपाईले आफुले चाहेको जति पनि बैंक खाताहरु सेलपे सेवामा आवद्ध गर्न सक्नु हुने छ । तर ती बैंकहरु हाम्रो साझेदार बैंक हुनु पर्ने छ ।

५. सेलपे सेवा एप्प जडित मोवाईल हराएमा के गर्ने ?

सेलपे सेवाले तपाईको मोवाईलमा तपाईको कुनै पनि जानकारीहरु भण्डारण गर्दैन तसर्थ यदि तपाईको मोवाईल हराएको खण्डमा पनि उक्त फोनबाट कुनै कारोवार हुन्छ कि भनी कुनै चिन्ता गर्नु पर्दैन । तैपनि तपाईले हामीलाई अथवा आफ्नो बैंकमा अथवा हामीलाई सम्पर्क गरी आफ्नो सेलपे सेवा ब्लक गर्न सक्नु हुने छ ।

६. मोवाईल सेट परिवर्तन गरेको खण्डमा के हुन्छ ?
सेलपे सेवा एप्प एक पटकमा केवल एक मोवाईल सेटसंग मात्र चल्ने गरी सिमित गरिएको हुन्छ । यदि तपाईले आफ्नो मोवाईल सेट परिवर्तन गर्नु भएको खण्डमा नयां मोवाईल सेटबाट लग ईन गर्नु भएपछि तपाईले आफ्नो मोवाईल नम्बरमा एस.एम.एस. मार्फत एक इत्ए प्राप्त गर्नु हुने छ उक्त इत्ए मोवाईल एप्पमा भनिएको ठाउंमा प्रविष्ट गरी सेलपे सेवा सुचारु गर्न सक्नु हुने छ ।

७. सिम कार्ड परिवर्तन गरेको खण्डमा के हुन्छ ?

सेलपे सेवा एप्प एक पटकमा केवल एक सिम कार्डसंग मात्र चल्ने गरी सिमित गरिएको हुन्छ । यदि तपाईले आफ्नो सिम कार्ड परिवर्तन गर्नु भएको खण्डमा नयां सिम कार्ड जडित मोवाईल सेटबाट लग ईन गर्नु भएपछि तपाईले आफ्नो मोवाईल नम्बरमा एस.एम.एस. मार्फत एक इत्ए प्राप्त गर्नु हुने छ उक्त इत्ए मोवाईल एप्पमा भनिएको ठाउंमा प्रविष्ट गरी सेलपे सेवा सुचारु गर्न सक्नु हुने छ ।

८. सेलपे लोयल्टी के हो ?

सेलपे लोयल्टी एक ग्राहक ईनाम योजना हो जुन योजनामा तपाईले तपाईको हरेक कारोवारमा एक निश्चित वोनस रकम प्राप्त गर्न सक्नु हुने छ जसबाट तपाईले दुरसंचार सेवा प्रदायकहरुको रिचार्ज गर्न सक्नु हुने छ ।

९. सेलपे सेवामा कारोवारका सीमाहरु के कस्ता छन् ?
सेलपे सेवामा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका कारोवारका सीमाहरु लागू हुने छन् जुन कारोवारको प्रकारमा आधारित हुने छन् ।

१०. सेलपे सेवामा कारोवार शुल्क एवं दस्तुरहरु के कस्ता छन् ?
सेलपेमा विभिन्न प्रकारका कारोवारहरुमा निम्न प्रकारका शुल्क एवं दस्तुरहरु निर्धारित गरिएका छन्

8450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?