जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी, स्थित कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गर्नुभयो ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु

बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’

6055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?